धनगढी – धनगढी जेसिजले आयोजना गरेको ‘धनगढी हाफ म्याराथन’को उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन्। नयाँ वर्षको अवसरमा आयोजित २१ दशमलव १ किलोमिटर दुरीको म्याराथन बुढाले लगातार दोस्रो पटक जितेका हुन्।
निर्धारित दुरी १ घण्टा ७ मिनेट ३५ सेकेण्डमा पूरा गरेका बुढाले उपाधिसँगै बुढाले नगद ५५ हजार ५ सय ५५ प्राप्त गरेका छन्। जुम्लामा हरि रोका फाउण्डेशनले सञ्चालन गरेको कर्णाली क्लबका धावक बुढाले निरन्तरको प्रयास र दृढ विश्वासका कारण उपाधि जित्न सकेको बताए।
यस्तै नेपाली सेनाका होमलाल श्रेष्ठ प्रतियोगितामा दोस्रो भएका छन्। श्रेष्ठले १ घण्टा ९ मिनेट ४७ दशमलव ३९ सेकेण्डमा सो दुरी पार गरेका थिए। उनले ३३ हजार ३ सय ३३ नगद पुरस्कार पाए। तेस्रो भएका खगेन्द्र भाटले २२ हजार २ सय २२ हात पारे। उनले १ घण्टा १० मिनेट ५ दशमलव १३ सेकेण्डमा निर्धारित दुरी पार गरेका थिए।
यस्तै, कर्पोरेटतर्फ ५ किलोमिटरमा सरद चौधरी प्रथम, भीमबहादुर चौधरी द्वितीय र पारस सोनी तृतीय भए। उनीहरुले क्रमश ५ हजार ५ सय ५५, ३ हजार ३ सय ३३, २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाए।
धनगढी जेसिजले ‘अब धनगढी दौडिन्छ’ भन्ने मुल नाराका साथ हाफ म्याराथनको आयोजना गर्दै आएको छ। कीर्तिमानी खेलाडीहरुको धनगढी हाफ म्याराथुनमा सहभागिता वढ्दै गएको छ। पछिल्लो समय प्रतियोगिताको लोकप्रियता बढ्दै गएकाले आगामी वर्ष यसलाई थप व्यापक बनाउँदै लगिने आयोजक समितिका संयोजक लोकराज भट्टले बताए।
म्याराथनमा एसियनदेखि ओलम्पिक खेलेका धावकहरु पनि सहभागी हुन थालेका छन्। प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।


लोकप्रिय

‘छैन मलाई डर’ बाट अन्जु पन्त र बालकुमार श्रेष्ठको चर्चा…
२०७६, २४ मंसिर मंगलवार १८:४०

द्रुतमार्ग पाँच वर्षभित्र सक्ने गरी समष्टिगत गुरुयोजना
२०७६, २३ मंसिर सोमबार १९:१७

भारतविरुद्ध हारको बदला लिँदै ऐतिहासिक स्वर्ण जित्ने दाउमा नेपाल
२०७६, २३ मंसिर सोमबार ११:०२

महिनावारी समयमै गराउने घरेलु उपाय
२०७६, २३ मंसिर सोमबार १४:२९

अब स्मार्टफोनमा ह्वाट्सएप नचल्ने
२०७६, २५ मंसिर बुधबार १८:१३

लज्जावती झारः जण्डिस र मधुमेहको एक अचुक औषधी
२०७६, २३ मंसिर सोमबार ११:४०

चौथो स्वर्ण जित्दै गौरिकाले रचिन् यस्ताे कीर्तिमान
२०७६, २३ मंसिर सोमबार १७:४०

रिचार्ज कार्डको पिन नम्बर मेटिएको अवस्थामा पनि रिचार्ज गर्न यसो…
२०७६, २४ मंसिर मंगलवार १३:५२

इलामको किवी बेच्न एक्स्पो आयोजना गरिदैं
२०७६, २३ मंसिर सोमबार १७:४१

फुटबलको फाइनलमा भुटानसँग भिड्दै नेपाल, स्वर्ण जित्ने लक्ष्य
२०७६, २४ मंसिर मंगलवार ०७:१५

भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण
२०७६, २४ मंसिर मंगलवार १६:५८

कीर्तिमानी गौरिकालाई सर्वाधिक ५६ लाख पुरस्कार
२०७६, २५ मंसिर बुधबार १८:०४

भ्रष्टाचारविरुद्ध अख्तियारको सक्रियता, पाँच हजार उजुरी थपिए
२०७६, २३ मंसिर सोमबार ०७:१८

कोलम्बियामा एक नवजात शिशु जन्मँदै गर्भवति
२०७६, २४ मंसिर मंगलवार १४:०७

विवादित सूचीबाट हट्यो जम्मु र कस्मिर
२०७६, २५ मंसिर बुधबार १५:५३
