डमरुबल्लभ भट्टराई

उपसचिव मुक्तिबहादुर मानन्धर मातहत प्रशासन व्यवस्था विभागमा कार्यरत भएकै अवस्था २०२८ मा तालिम कार्यक्रमका लागि अमेरिका जाने तारताम्य मिल्यो। नेपालबाट लन्डन, वाशिङ्टन हुँदै एक हप्ता पछि पुगियो– युनिभर्सिटी अफ कनेक्टिकट। कार्यक्रममा दक्षिण भियतनाम, इण्डोनेशिया, युगाण्डाबाट पनि प्रशिक्षार्थी रहेछन्। भियतनामको साथीले मिलेर डेरा लिने प्रस्ताव राख्यो। हाम्रो देशमा युद्ध हुँदाहुँदा भर्खरै रोकिएको छ। हामी सबै गरीब भएका छौँ, केही बचत भए परिवारलाई मद्दत हुन्थ्यो– यो पीडाको आवाज थियो। मलाई पनि केही बचत गर्नुपर्छ भन्ने लागकै थियो। मभन्दा अघि जाने साथीहरूले पनि बचत गर्न सकिने उपायहरू सिकाएका थिए। मिलेर डेरा लिँदा र आफैँ खाना बनाउँदा राम्रो बचत हुने कुरा थाहा थियो।

युगान्डाली ‘किवानुका’ले पनि हामीसँग मिसिने विचार राख्यो। उसले भन्यो– म काला जातिको युगाण्डा निवासी विदेशी हँु भन्दा यहाँकाले बुझ्दैनन्। यहीँको काले सम्झेर नराम्रो व्यवहार गर्दा रहेछन्। तपाईंसँग बस्दा र हिँड्डुल गर्दा मलाई पनि विदेशीको व्यवहार हुन्छ। दोस्रो कुरा, मेरी श्रीमती भर्खरै मेरो सबै सम्पत्ति लिएर पोइल गई। मलाई पैसा बचाउनु छ। हामी सबैको चाहना मिल्यो, हामी एउटै फ्ल्याटमा बस्ने भयौँ।

एक्लै न्यूयोर्क शहर घुम्न निस्केको एउटा इन्डोनेसियन साथीलाई एउटी केटीले बिजोग पारिछ। घुम्दाघुम्दै त्यससँग भेट भएछ। त्यसपछि होटल गएछन्। होटलको कोठामा लगेर उससँग भएको सबै पैसा र लुगासमेत लिएर हिंडिछ। कट्टुको भरमा होटलको लवीमा आगो तापेर रात बिताएछ।

केन्या, टान्जानिया र युगान्डासमेत तीन मुलुक मिलेर बनाएको टेलिकम्युनिकेसनसम्बन्धी ठूलो संगठनको माथिल्लो तहको अधिकारी रहेछ। कुरा स्तरीय किसिमको गथ्र्यो। युगान्डाको बिट्रिस युनिभर्सिटीबाट ग्य्राजुयट रहेछ, कक्षामा सबैभन्दा राम्रो अंग्रेजी पनि। धेरै कालो, कपाल पनि घुगुरी परेको, आँखा पहेँलो। हामीबेगर एक्लै बाहिर निस्कन नसक्ने। कसैले केही भन्छ कि, केही गर्छ कि सधैँ सतर्क।

एकपटक युनिभर्सिटीको आयोजनामा न्यूयोर्क भ्रमणमा प्रशिक्षार्थी सबै सहभागी थियौँ। समुद्री किनारको रमाइलो स्थलमा बस रोकियो। समुद्रको रसास्वादन गर्ने फोटो खिच्न सबै सरीक भयौँ। युनिभर्सिटीमा विदेशी विद्यार्थीसँग सम्बन्धित विषयहरू हेर्ने सानो अफिस थियो। त्यहाँ महिला स्टाफ थिए। त्यसमध्ये दुई जना त्यो टूरमा सम्मिलित थिए। एक निकै मोटी। मोटीले मुख फोरी, ‘अब क्लबमा जाऔँ,’ त्यसका लागि म मानसिक रूपमा तयार थिइनँ।

पैसा खर्च गर्ने पक्षमा पनि थिइनँ। त्यहाँको चलनअनुसार मैले नै खर्च गर्नुपर्थ्यो होला। अर्को कुरा, त्यो मोटी किन हो शुरुदेखि नै मलाई त्यति मन परेकी थिइनँ। मैले सरी भनिदिएँ। त्यसपछि त्यो केटी कहिल्यै पनि मसँग बोलिन, आँखा पनि जुधाइन। उसको मनलाई ठेस पुर्‍याएकोमा मलाई त्यहाँ बसुञ्जेल ग्लानि भइरह्यो।

डेराको केही पर खाद्यान्न आदि सामग्री पाइने स्टोर छ। एक दिन त्यहाँ एक भारतीय भेटिए। नेपाली नभेटेको धेरै भएको थियो। भारतको कोही भेटिँदा पनि आफ्नैनजिकको मानिस भेटिएजस्तो लाग्ने। त्यसबेला २०२८ सालतिर त्यहाँ नेपाली थोरै रहेछन्।

होटलको ठेगाना र नक्सा लिएर हामी आफू खुशीसाथ छरियौ। म नक्सा भेटेपछि बाटो सजिलै पत्ता लगाउन सक्थेँ। त्यही काले मेरोपछि लाग्यो। एकछिन पनि छोड्न नमान्ने। हातै समातेर लैजा भन्थ्यो। हेप्छन्, हिर्काउछन्, अभद्र व्यवहार गर्छन् भनेर सधैँ डराउने। न्यूयोर्कका ती व्यस्त सडकहरूमा त्यो कालेको हात समाउँदै भाैँतारिएर तीन घण्टा बिताएँ।

उता एक्लै न्यूयोर्क शहर घुम्न निस्केको एउटा इन्डोनेसियन साथीलाई एउटी केटीले बिजोग पारिछ। घुम्दाघुम्दै त्यससँग भेट भएछ। त्यसपछि होटल गएछन्। होटलको कोठामा लगेर उससँग भएको सबै पैसा र लुगासमेत लिएर हिंडिछ। कट्टुको भरमा होटलको लवीमा आगो तापेर रात बिताएछ। बिहान मात्र निर्धारित होटल आइपुगेको थियो। उसको शारीरिक बनावट पनि त्यस्तै रमाइलो जोकर टाइपको। सबैको हाँसो – विचराको मर्म।

डेराको केही पर खाद्यान्न आदि सामग्री पाइने स्टोर छ। एक दिन त्यहाँ एक भारतीय भेटिए। नेपाली नभेटेको धेरै भएको थियो। भारतको कोही भेटिँदा पनि आफ्नैनजिकको मानिस भेटिएजस्तो लाग्ने। त्यसबेला २०२८ सालतिर त्यहाँ नेपाली थोरै रहेछन्। फाट्टफुट्ट कताकता मात्र भेटिने। नेपाली महिला त झन् नभेटिने। सडकमा घुम्दा यदाकदा सारी लगाएका महिला देखिन्थे। नजिकमा गएर हेरौँ, बोलुँबोँलु जस्तो लाग्ने। भारतीय मात्र नभएर पाकिस्तानी पनि सारी लगाउँदा रहेछन्। तर, देख्दै पनि मलाई आफ्नै दिदीबहिनीजस्तो न्यायो अनुभव हुन्थ्यो।

त्यहाँ पुग्दा देखेँ– अग्लो, लामो कपाल, राम्रो चेहरा, सुगठित शरीर, बनोट राम्रो भएकी अट्ठाईस/तीस वर्षकी आकर्षक एक्ली महिला। न्यानो औपचारिकता, असाध्यै खुशी देखिइन्।

भारतीय नवमित्रलाई यो कुरा सुनाउँदा तपाईंलाई ‘होमसिक’ भएछ भन्यो। तर, मलाई ‘सारी सिक’ हुने भए त्यही भएको होला भनेँ, मित्र मुर्छा पर्नेगरी हाँस्यो। ऊसँग छिनभरमै मित्रता भएको थियो। उसको डेरा मेरो बाटोमा नै पर्ने रहेछ। एकछिन डेरामा रोकेर आतिथ्य पनि गर्‍यो। नेपालीमा कुरा गर्न नपाएको धेरै दिन भइसकेको थियो। हिन्दीमा कुरा गर्न पाउँदा मात्रै पनि चाँडै आत्मीयता भयो।

वास्तवमा भाषाको चमत्कार गजबै हुने रहेछ। पछिपछि पनि ठाउँठाउँमा भारतीयहरू भेटिन्थे। उनीहरूले नेपाली भन्नासाथ आफ्नैजस्तो गर्थे। आत्मीयता भरपूर प्रदर्शन गर्थे। त्यो भारतीय मित्रको कोठामा पुग्दा पुराना हिन्दी गीतहरू घन्किरहेका थिए। राम्रै गीत रहेछन्। एकछिन बसेर छानी–छानी पुराना फिल्मी गीत सुनेँ।

केही दिनका लागि अर्को स्टेटमा जाने कार्यक्रम थियो। हिन्दी गीत रेकर्ड गरेर लान पाए एकान्तको साथी हुन्थ्यो होलाजस्तो लाग्यो। भर्खरै किनेको रेकर्डर थियो। इच्छा व्यक्त गर्न खोजेको मात्र के थिएँ, कुरा पूरा गर्न नपाउँदै बीचैमा रेकर्डर छ भने तुरुन्तै गरिदिन्छु भनिहाल्यो। अर्को दिन बेलुका रेकर्डर लिएर गएँ। मेरोभन्दा राम्रा हिन्दी गीतहरू लिएर भारतबाट हालै कोही आएको छ, त्यहाँ जाने भन्दै तयार भयो। नाम प्रस्टसँग सुनिनँ। कोही भारतबाट आएको होला सामान्य रूपमा लिएँ।

तीन—चार दिनपछि भारतीय मित्रकहाँ गएर फोन गरेँ, रेकर्ड गरेको रहेनछ। रेकर्ड गर्न धेरै समय लाग्दैन तुरुन्त आऊ, म अहिले नै गरिदिन्छु भनिन्। जाने स्थितिमा थिइनँ। अरू कुनै दिन आउँला भनेँ। उनले पटकपटक जोड गरिन्। जाने जाँगर आएन। यसैबीच पुनः केही दिनका लागि अर्को स्टेटमा जानुपर्ने भयो,

तर, त्यहाँ पुग्दा देखेँ– अग्लो, लामो कपाल, राम्रो चेहरा, सुगठित शरीर, बनोट राम्रो भएकी अट्ठाईस/तीस वर्षकी आकर्षक एक्ली महिला। न्यानो औपचारिकता, असाध्यै खुशी देखिइन्। राम्रो सुविधासम्पन्न फ्ल्याट रहेछ। कार्पेट, फर्निचर आदि सबै कुरा आकर्षक, सजावट आधुनिक। रेकर्ड गरिदिने कुराले अझ उत्साहित भइन्। मेरो आतिथ्य भारतीय मित्रभन्दा राम्रोजस्तो। एक—दुई दिनमा रेकर्ड गरिदिने कुरा गरिन्।

कुनै इन्स्योरेन्स कम्पनीमा राम्रो तहमा काम गर्दिरहिछन्। तलब आदि राम्रै सुविधा। बाहिर जान लामो करिडोर पार गर्नुपर्थ्यो, म केही अघि थिए। ती दुवै गुजरातीमा कुरा गर्दै थिए। नयाँ मान्छे राम्ररी पुर्‍याइदिनु भनेको मेरो कानमा पर्‍यो। म अलिअलि गुजराती पनि बुझ्थेँ । मन चसक्क भयो। ल्याउनेले चिन्ता गर्नुपर्ने। उनले चिन्ता लिएकोमा अस्वाभाविकजस्तो।

तीन—चार दिनपछि भारतीय मित्रकहाँ गएर फोन गरेँ, रेकर्ड गरेको रहेनछ। रेकर्ड गर्न धेरै समय लाग्दैन तुरुन्त आऊ, म अहिले नै गरिदिन्छु भनिन्। जाने स्थितिमा थिइनँ। अरू कुनै दिन आउँला भनेँ। उनले पटकपटक जोड गरिन्। जाने जाँगर आएन। यसैबीच पुनः केही दिनका लागि अर्को स्टेटमा जानुपर्ने भयो, त्यसको अघिल्लो दिन त्यसैगरी त्यही मित्रकहाँ गएर फोन गरेँ। अझै रेकर्ड गरेको रहेनछ। त्यही कुरा पुनः दोहोर्‍याइन्। आऊ म तुरुन्त नै गरिदिन्छु। यति धेरै जोड गरिन् कि मलाई लाग्यो– मैले यो रेकर्ड गर्ने कुरा नगरेको भए हुन्थ्यो।

त्यसबेला म २७ वर्षको थिएँ। फ्रेन्चकट दाह्री थियो। अमेरिकन खानपिनले म हृष्टपुष्ट त थिएँ नै होला। त्यति नराम्रो पनि थिइन कि। स्याल पनि जवानीमा घोर्ले हुन्छ अरे।

अत्यधिक जोड भएपछि म भन्न बाध्य भएँ– वास्तवमा हिन्दी फिल्मी गीतमा मेरो त्यति रुचि छैन। रेकर्डर मेरो साथमा भएकाले यसो उत्सुकता देखाएको मात्र हो। त्यसैबाट भारतीय मित्रले अलि गम्भीर रूपमा लिएको हो, भोलि नै म जाँदैछु। फर्केपछि तुरुन्त वासिङ्टन हुँदै नेपाल फर्कन्छु। त्यसैले रेकर्ड गर्ने कार्य नगर्दा हुन्छ। दोहोर्‍याएर यस्तो भन्नैपर्ने स्थिति आयो।

तपाईंलाई अनावश्यक तनाव दिने काम गरेँ। म फर्केर आएपछि फोन गरौँला भनेर जवाफ नपर्खिकन फोन राखेँ। कस्तो बेला रेकर्ड गर्ने कुरा गरिएछ भन्ने लाग्यो। उनको आग्रहलाई कदर गर्न नसकेकोमा ग्लानि पनि थियो। रेकर्ड गर्ने मनसाय नभएको हो कि, गर्ने नै भए कुनै बेला पनि गर्दा भइहाल्थ्यो। म आफैँ त्यहाँ किन चाहिने, यस्तै यस्तै तरङ्गहरू उठिरहे।

विश्वविद्यालयको कार्यक्रम सकियो। भोलि त्यो ठाउँ सधैँका लागि छाड्दैछु। रेकर्डर छोड्ने कुरा भएन। बाटो पत्ता लगाउँदै पुगेँ। यो दोस्रो प्रत्यक्ष भेट थियो तर अहिलेसम्म पनि रेकर्ड गरेको रहेनछ। रेकर्ड गर्ने काम अब नगरौँ भनेँ। निषेध गर्दागर्दै पनि खानपिनको व्यवस्था गर्न लागिन्। किचनतिर आउन आग्रह गरिन्। प्रफुल्ल मुद्रामा, सत्कार अत्यन्त आकर्षक र प्रेमपूर्ण ढंगले दिलदेखि नै गरेको म प्रस्ट महसुस गर्न सक्दथेँ।

कुनै उपाय नलागी अन्ततः हिम्मतसाथ एकल नारीको नारीत्व मर्यादित स्वरूपमा विस्फोट भएर आएको थियो। यौवन, सौन्दर्य, चाहना, अवसर सबै हुँदाहुँदै पनि कस्तो विवशता, कस्तो बञ्चिती, पौराणिककालमा यस्तैयस्तै कुराबाट होला, नारीहरूले श्राप पनि दिन्थे अरे, त्यो अमोघ पनि हुन्थ्यो अरे।

त्यसबेला म २७ वर्षको थिएँ। फ्रेन्चकट दाह्री थियो। अमेरिकन खानपिनले म हृष्टपुष्ट त थिएँ नै होला। त्यति नराम्रो पनि थिइन कि। स्याल पनि जवानीमा घोर्ले हुन्छ अरे। भोलि बिहानै त्यो ठाउँ छोड्नुपर्ने हुँदा तयारी गर्नुपर्ने र त्यसै बेलुका मेरो होस्टफेमिलीले मसहित मेरो कोठाका साथीहरूलाई बिदाइ डिनरमा बोलाएको थियो, हामीलाई पिकअप गर्न आउने समय पनि हुन लागेको थियो। म निकै हतारमा थिएँ। तर, जसरी हुन्छ ढिलो हुने तरिकाले किचनमा काम गरेको महसुस गर्दै थिएँ। अलिक चाँडो गर्न जोड गरेँ। रेकर्डर कहाँ छ निकालुँ कि भनेँ। रेकर्डर भित्री कोठामै रहेछ, निकाल्ने तयारी थिएन। किचनमा सबै कुरा तयार भयो। आफैँ हतार हतार गरेर केही लिएँ।

सामान्य औपचारिकता पूरा गरेर रेकर्डर उठाएर बिदा भन्दै म कोठाबाट बाहिर निस्कन मात्र के लागेको थिएँ, जीवनको सबैभन्दा मार्मिक क्षण उपस्थित भयो। उनले भनिन्, ‘केही आपत्ति छैन भने आज राति यहीँ बसौँ।’ नारीत्व, त्यसको संवेदनशीलता र गहिराइलाई नाप्न सजिलो हुने रहेनछ। मैले त्यसको मर्मलाई कसरी बुझ्न सक्थेँ र? बुझ्ने भए प्रथम भेट र दुई–दुई पटक फोनमा भएको कुराबाट नै अभिप्राय आँकलन गरिसक्नुपर्ने थियो होला। ढुङ्गामाथि बीउ छरेर फल खान पाइँदैन भनेर उनले कसरी बुझ्ने? रेकर्ड गर्ने काम बाँकी भइरहनु के मेरो प्रतीक्षा नै त थिएन? मेरो के कर्तव्य हुन्थ्यो? उनीमा के थिएन? समृद्धि थिएन कि? लज्जा थिएन कि? तृष्णा थिएन कि? याचना थिएन कि?

कुनै उपाय नलागी अन्ततः हिम्मतसाथ एकल नारीको नारीत्व मर्यादित स्वरूपमा विस्फोट भएर आएको थियो। यौवन, सौन्दर्य, चाहना, अवसर सबै हुँदाहुँदै पनि कस्तो विवशता, कस्तो बञ्चिती, पौराणिककालमा यस्तैयस्तै कुराबाट होला, नारीहरूले श्राप पनि दिन्थे अरे, त्यो अमोघ पनि हुन्थ्यो अरे। त्यो घडीमा एउटी त्यस्ती नारीको लज्जालाई म कसरी सम्मानित गर्न सक्तथे? विवश गहु्रंगो मन लिएर १ महिनापछि वासिङ्टनको कार्यक्रम सकेर आउने अभिनय गर्दै अन्य मनष्क स्थितिमा बिदा भएको थिएँ। त्यो १ महिना कहिल्यै पूरा भएन।

त्यहाँ सारी लगाएका ५ महिलाको समूह पनि आउने गरेको देखेँ। एउटी प्रायः अलग बस्थी। कहिलेकाहीँ ऊ एक्लै पनि आउँथी। त्यस्तै ३५ वर्ष आसपासकी होली, निकै आकर्षक लाग्थी। एकपटक अन्यत्र ठाउँ नभएर म उसको टेबुलसाथको खाली कुर्सीमा बस्न पुगेँ,

त्यसपछि म वासिङ्टन डीसीमा सिभिल सर्भिस कमिसनसँग जोडिएँ। हार्नेटहल भन्ने होटलमा बसेको थिएँ। होटल मध्यमस्तरको रहेछ। नेपालको राजदूतावासबाट त्यति टाढा पनि थिएन। नेपालमा हुँदा नै साथीहरूले त्यसमा बसे खर्च बचत गर्न सकिने सल्लाह दिएका थिए। नेपालबाट जानेहरू प्रायः त्यसैमा बस्दा रहेछन्। त्यो पूर्णरूपमा होटल थिएन, न त त्यो लज नै। तर, हामीलाई चाहिने सुविधा सबै थिए। अरूतिरभन्दा सस्तो र शहरको केन्द्रमा भएकाले प्रायः भरिभराउ हुने रहेछ। नेपालीको आपसमा भेटघाट गर्ने केन्द्रविन्दु नै थियो त्यो। त्यहाँ गएपछि नेपालबाट को कहिले आउँदैछ, को कहिले जाँदैछ? प्रायः थाहा हुने।

त्यसबेला इन्टरनेट, टेलिफोन आदि अहिलेजस्तो सञ्चारका साधनहरू सुलभ थिएन। त्यसैले पनि नेपालको समसामयिक वस्तुस्थिति थाहा पाउने खबर सन्देशहरू, कोसेलीहरू आदानप्रदान गर्ने थलो पनि थियो त्यो। बे्रकफास्टका लागि एकैपटक धेरैले नास्ता गर्न सक्ने ठूलो हल थियो।

त्यहाँ सारी लगाएका ५ महिलाको समूह पनि आउने गरेको देखेँ। एउटी प्रायः अलग बस्थी। कहिलेकाहीँ ऊ एक्लै पनि आउँथी। त्यस्तै ३५ वर्ष आसपासकी होली, निकै आकर्षक लाग्थी। एकपटक अन्यत्र ठाउँ नभएर म उसको टेबुलसाथको खाली कुर्सीमा बस्न पुगेँ, उसले कुनै हलचल गरिन, मेरो उपस्थितिलाई कुनै महत्त्व पनि दिइन, उदास लाग्थी, चाँडो–चाँडो खाएर हिँडी पनि ।

हालै पाकिस्तानको युद्ध समाप्त भइसकेको थियो। बंगलादेश छुट्टै स्वतन्त्र राज्य भएछ। अमेरिकी सरकारले उनीहरूको सो समूहलाई फिर्ता जान सूचना गरिसकेछ। अबदेखि भत्ता नपाउने भएछन्। तर, उसलाई तत्काल फिर्ता जान मन छैन। यसैको सेरोफेरोमा धेरै कुरा भनिन्– जुन करुणापूर्ण र हृदयविदारक थिए।

केही दिनपछि पनि त्यस्तै स्थिति आयो। सारीको पहिरन त्यसै पनि मलाई मन पर्ने, नेपाली नभएको नाताले ऊ भारतीय नै हुनुपर्छ भन्ने मेरो अनुमान थियो। शिष्टाचारका लागि पनि तपाईं कहाँबाट आएको भनेँ। तर, उसले जवाफ दिन रुचि गरिन। मन नगरी–नगरी पाकिस्तानबाट भनी। उसले पनि सोध्नु स्वाभाविकै थियो। नेपाली भन्नासाथ उसको चेहरा प्रफुल्ल भयो। तपाईं पाकिस्तानी सीआईडी होला भनिठानेको थिएँ, सरी भनी। ऊ प्रस्तावित बंगलादेशपट्टिकी रहिछ। मैले चिउँडामा मात्र रहने गरी डिजाइन गरेको दाह्रीको कारणबाट पाकिस्तानी हुनसक्ने भ्रम पालेकी रहिछ। यसरी हाम्रो कुराकानीको सिलसिला शुरु भएको थियो।

पाकिस्तानमा परिवार नियोजनसम्बन्धी कार्यक्रममा काम गर्ने मेडिकल अफिसरहरूको त्यो समूह रहेछ। अमेरिकी सहायताबाट सञ्चालित प्रशिक्षण कार्यक्रम समाप्त गरेर फिर्ता हुने सिलसिलामा त्यहाँ आएको पनि निकै समय भइसकेछ। बंगलादेशलाई पाकिस्तानबाट अलग गर्ने युद्ध शुरु भएकाले त्यसलाई ध्यानमा राखी तत्काल अमेरिकी सरकारले फिर्ता जान रोकेको रहेछ। भत्ता आदि सुविधा पूरै दिँदै आएको रहेछ। दोस्रोपटक पनि उसलाई एक्लै देखेँ। आफ्नो कुराकानी गर्ने कोही थिएन। हाइ हल्लो गर्न ठीकै होला, साथैको कुर्सीमा बसेँ। खुला मनले कुरा गर्न खोजेजस्तो लाग्यो।

हालै पाकिस्तानको युद्ध समाप्त भइसकेको थियो। बंगलादेश छुट्टै स्वतन्त्र राज्य भएछ। अमेरिकी सरकारले उनीहरूको सो समूहलाई फिर्ता जान सूचना गरिसकेछ। अबदेखि भत्ता नपाउने भएछन्। तर, उसलाई तत्काल फिर्ता जान मन छैन। यसैको सेरोफेरोमा धेरै कुरा भनिन्– जुन करुणापूर्ण र हृदयविदारक थिए। एउटी नारीको ममता, निरीहता र संवेदनशीलतालाई सहानुभूति प्रकट गर्ने र सकेसम्म सानोतिनो बाह्य सहयोगबाहेक त्यो ठाउँ र परिवेशमा के सम्भव हुन सक्थ्यो होला र ! मेरो शुष्क मनले त्योभन्दा बढी देखेन।

केही भेटिन्छ कि भनेर अँध्यारोमा छामछुम गर्दै थिए। अब उनी अमेरिकी सरकारको मापदण्ड पूरा गरेर अमेरिकामा प्राक्टिस गर्न सक्ने सम्भावना देख्ने भइन्। हामी जागीरको खोजबाट फिर्ता हुने क्रममा थियौँ, लन्चका लागि आग्रह गरिन्।

हो, उनलाई तत्काल स्वदेश फर्कने विचार छैन। हुनसक्दछ, लामो अवधि अमेरिकामा बस्न परोस्। कुनै काम नगरी उपाय छैन। पेशाअनुसारको व्यवसाय गर्न पर्खनुपर्दछ। अमेरिकी सरकारले तोकेको मापदण्ड पूरा नगरी प्राक्टिस गर्न पाइँदैन। तत्काल कुनै पनि किसिमको जागीर नभएमा फिर्ता हुन जरुरी थियो, साथमा पैसा थिएन, उनको कुराको सार यही थियो। प्रस्ट भन्न नचाहँदा नचाहँदै पनि जागीरका लागि केही गर्न सक्छौ कि भन्ने आशय बुझेँ। मैले आफैँ त्यस्तो जागीर नगरे पनि जागीरका लागि के गर्नुपर्छ भन्ने अलिअलि थाहा थियो।

मैले भनेँ, ठीकै छ प्रयास गरी हेरौँ, आशा छ– सफल भइन्छ। उनी फुरुङ्ग भइन्, तत्कालै कामको खोजीमा ह्वाइटहाउसपट्टि लाग्यौँ। उनी शहरसँग विल्कुलै अनभिज्ञ, मैले जहाँ लगेर जे गरे पनि हुने, कत्रो विश्वास ममाथि – यसैमा म दंग थिएँ। हामी ठूलो डिपार्टमेन्ट स्टोरमा गयौँ। त्यहाँ काम मिलेन, दोस्रोमा जानसाथ घण्टाको हिसाबले काम दिने भयो, उनको अंग्रेजी यसै पनि राम्रै थियो। त्यसबेला घण्टाको २ डलर पाइने रहेछ। स्टोरको माथिल्लो भागतिर कर्मचारीको व्यवस्था गर्ने अफिस थियो। कुरा गर्नासाथ एउटा फाराम भर्न दियो र आजदेखि काम शुरु गरे हुन्छ भन्यो, उनी जागीरे भइन्।

मेरा लागि यो सामान्य कुरा थियो भने उनको अवस्थाका लागि असाधारण। यति सजिलो गरी तत्कालै उनको समस्या हल होला भन्ने उनले आशा राखेकी थिइनन्। कसरी अमेरिका बस्ने हो भन्ने सोचमात्र थियो। अरू चार जना साथी त्यस्तै सोचिरहेका थिए। केही भेटिन्छ कि भनेर अँध्यारोमा छामछुम गर्दै थिए। अब उनी अमेरिकी सरकारको मापदण्ड पूरा गरेर अमेरिकामा प्राक्टिस गर्न सक्ने सम्भावना देख्ने भइन्। हामी जागीरको खोजबाट फिर्ता हुने क्रममा थियौँ, लन्चका लागि आग्रह गरिन्। तिमीले घूस खुवाएको हो ? म आज खान्नँ, अरू कुनै दिन, तिम्रो तलब आएपछि भनेँ।

केही हप्तादेखि पतिसँगको सम्पर्क टुटेको छ। युद्धमा पति केही भएको हुन सक्तछ, अंगभङ्ग वा मृत्यु पनि। भगवान् त्यति कठोर हुन सक्तैनन्– उनी विश्वस्त हुन खोज्छिन्। पति र छोरालाई अमेरिकामै देख्न चाहन्छिन्। उनको ध्येय छ, भगाएर अमेरिका ल्याउने।

जाँदा पैदल गएका थियौँ, फर्कंदा बस चढ्ने कुरा गरिन्। बस भाडा तिर्न मैले नाइनास्ती गरिन। त्यसबेलासम्म मैले जति देखेँ, जति सुनेँ र जति गरेँ, ती सबै आगामी घटनाका लागि पृष्ठभूमिमा रहेका केही रोचक शृङ्खला मात्र रहेछन्। सफल होला नहोला? त्यो साहस, त्यो दुरदृष्टि र त्यो आत्मबललाई म सम्मान गर्दछु। उनको पति पाकिस्तान हवाईसेनामा पाइलट रहेछन्।

सानो ९ वर्षको एउटा छोरो छोडेर ३ महिनाअघि परिवार नियोजनको कार्यक्रममा अमेरिका आएकी रहिछन्। केही हप्तादेखि पतिसँगको सम्पर्क टुटेको छ। युद्धमा पति केही भएको हुन सक्तछ, अंगभङ्ग वा मृत्यु पनि। भगवान् त्यति कठोर हुन सक्तैनन्– उनी विश्वस्त हुन खोज्छिन्। पति र छोरालाई अमेरिकामै देख्न चाहन्छिन्। उनको ध्येय छ, भगाएर अमेरिका ल्याउने। त्यसैको उपायको खोजीमा छिन् उनी। जवाफ मसँग छैन। यी भए प्रारम्भिक दिनका कुरा।

केही दिन बिते, हाम्रो भेट नास्ताको बेला त्यही हलमा हुने गर्दथ्यो। उनी आफ्नो नयाँ काममा लागेकी छन्। मेरो आफ्नो काम छँदै थियो। नेपाल फर्कने थोरै दिनमात्र बाँकी रहे। नफर्क भन्ने उनको जोड हुन थाल्यो। मसँग त्यहाँ अरू थप समय बस्नुपर्ने कारण थिएन। मेरो कार्यक्रमअनुसार मैले फर्कनुपर्छ। म सरकारी जिम्मेवारीपूर्ण अधिकारी हुँ। आफ्नो कुरा जे थियो, यसमा स्पष्ट थिएँ। तर, उनमा बेचैनीजस्तो देख्न थालेँ।

शरीर जीर्ण भइसकेछ। लाग्छ, अझै पनि तृष्णा जवानै छ। उता तर्कने र झर्कनेहरूको सूची लामो हुँदैछ। कहाँ स्वागतका न्याना ती क्षणहरू, कहाँ उपयोगिताविहीन बन्दै गरेका घडीहरू। अब त बेलाबखतका बधाई, धन्यवाद, शुभकामनाहरूले पनि मूल्य घटाइसकेछन्।

मेरो भिसाको म्याद ४ महिनाजति बाँकी थियो। विस्तारै जाँदा हुन्छ भन्ने उनको तर्क थियो। निर्धारित मितिमा फर्कन दृढ थिएँ। अन्त्यमा उनले आफ्नो आसय यसरी प्रकट गरिन्, ‘मेरो पति अब यस दुनियाँमा सायद हुनुहुन्न, युद्धमा वीरगति प्राप्त गरिसकेको हुनुपर्छ। मेरो आत्माले त्यस्तो भन्न थालेको छ। बाँकी जीवनको सहयात्री तिमी हुन सक्थ्यौ कि?’ यति भन्दै सुँक्क–सुँक्क आँसु बहाउँदै उनी हलबाट बाहिरिइन्। अर्को दिन उनी हलमा आइनन्। तेस्रो दिन म मातृभूमि फर्केको थिएँ।

फर्केर हेर्दा,

यदाकदा अनायासै त्यो अतीततिर मन पुग्दो रहेछ। मानवका दुर्बल र सबल पक्षहरू नियाल्न खोज्छु। अदृश्य शक्तितिर पनि ध्यान जान्छ। लाग्छ, नारीको विवशतालाई चरम् भौतिक समृद्धिले पनि सतहीमात्र छुँदो रहेछ, सायद छुँदै छुँदैन। जति कुरा–कन्दरा खोतल्यो उति गहिरो। विरानो मुलुक, विधि व्यवहार, परिस्थिति सबै नयाँ, आफूले भोगेका, देखेका मानवीय मूल्यभन्दा धेरै पर भोगवादी समाजमा त्यो मुकभाषाको मर्म बुझ्ने सामर्थ्य नै मसँग कहाँ थियो र?

त्यो बोकेदारी, त्यो जवानीको चमक नै कति टिक्थ्यो। अब त अलिअलि बाँकी कपाल पनि सेताम्य भएछन्, गाला चाहुरिएको छ, शरीर गलेको छ, निहुरिएको छ। समयसँगै अगाडि परेका तथाकथित सुखका क्षणहरू चिन्न र चोर्न कहाँ सकियो र? सधैँ आदर्श र अभावबीच पिल्सँदै नयाँ नयाँ सपनाहरू बुन्दै, भाग्दै, जीवन निर्वाहको दलदलमा समय गएको पत्तै भएन। शरीर जीर्ण भइसकेछ। लाग्छ, अझै पनि तृष्णा जवानै छ। उता तर्कने र झर्कनेहरूको सूची लामो हुँदैछ। कहाँ स्वागतका न्याना ती क्षणहरू, कहाँ उपयोगिताविहीन बन्दै गरेका घडीहरू। अब त बेलाबखतका बधाई, धन्यवाद, शुभकामनाहरूले पनि मूल्य घटाइसकेछन्।

भाव, भाषा, लय मिल्ने असल सहयात्री खोजको दीर्घकालीन सोच थियो, अझ भनुँ दुवै पक्षलाई सुनौला भविष्यको अवसर। तर, सन्ध्याकालीन उड्दो पक्षीसँग कति समयको अपेक्षा गर्न सकिन्थ्यो र? अब यो अतीतलाई सधैँका लागि बिदा गरौँ। बाँकी समीक्षककै जिम्मा छोडौँ।

ती दिनहरू – म एक दुई घडीको उड्दो पक्षी मात्रै त थिएँ। आफ्नो गुँड बनाउनु छ, दुनियाँ बसाउनु छ, आफ्नै सीमा छन्। विरानो ठाउँ, अपरिचित आगन्तुक, लामो प्रतीक्षा, साहस जुटाएर अन्तरआत्मादेखि नै उम्लिएको भाव र भाषाले कुनै आकार ग्रहण गर्न सकेन, त्यो दर्द बाँड्न सकेन – कस्तो विडम्बना। मर्म बुझ्नेका लागि पूर्वीय प्रचलनअनुसार हाउभाउ र मुकभाषाले नै पूर्ण अभिव्यक्ति दिन्थ्यो होला। तै पनि यहाँ विस्फोट हुनुको विवशता छ। लज्जाको मधुर भाव र भाषा कहाँ सीमाभित्र बाँधिन पायो र ?जीवन सरल रेखामा मात्र हुँदो रहेनछ। जीवनसँग कहिल्यै पूरा नहुने तृष्णाका क्षणहरू छन्, घटना र दुर्घटनाका अनेकौँ चक्रहरू छन्। मानव अधिकार, समानताजस्ता कुराभन्दा धेरै धेरै माथि विशुद्ध प्रकृतिमाथिको विजय सहज कहाँ हुन्थ्यो होला र ?

अब यो घटनाले पनि चार दशक नाघ्न थालेछ। त्यो बेला म अनुभव गर्न सक्थेँ – त्यहाँ आस्था छ, विश्वास छ, सम्मान छ, सामीप्यताको चाहना छ। त्यस्तै त्यहाँ कोमलता छ, शिष्टता छ, मधुरता छ, सौन्दर्य छ, आकर्षण छ, समर्पण छ, स्वतन्त्रता छ, उन्मुक्ति छ, एकान्तता छ, समृद्धि पनि छ। यी सबै मेरासामु छन्। त्यहाँ जीवन अधुरो छ। अपूरो छ। खटपटी छ। जीवनले अर्थ खोज्दै छ। त्यो आकस्मिक परिस्थितिमा म शून्य छु, अन्जान छु, भरोशाविहीन छु। सायद नादान छु, पलायनवादी छु। अहिले पनि कहिलेकाहीँ पुराना कुराले दुर्बल भएझैँ लाग्छ। त्यो अधुरो–अपूरो जीवनले कस्तो रङ्ग ल्यायो होला, सुकेको ढलेको रूखजस्तै कतै कुनै कुनामा जीवनका सम्पूर्ण आकांक्षाको मृत्यु भयो कि?

त्यस्तो सुदूरअपरिचित विदेशी भूमि, एक्लो जीवन, नयाँ रहनसहन, नयाँ जीवनशैली, नयाँ विधिव्यवहार हेर्दै भोग्दै एकअर्काप्रति विश्वस्त हुँदै जीवनलाई सहज र अर्थपूर्ण पार्ने प्रयासहरू कति सफल भए होलान्। तै पनि अनायासै प्रश्न गर्न मन लाग्छ, मानव कुन हदसम्म कमजोर हुने रहेछ। त्यो क्षणिक आवेग, परिस्थितिको विवशता, व्यक्तिविशेषप्रति आकर्षण, फुर्सदको सदुपयोग मात्रै नभएर पवित्र आत्माको स्पन्दन, मित्रताको आह्वान, भाव, भाषा, लय मिल्ने असल सहयात्री खोजको दीर्घकालीन सोच थियो, अझ भनुँ दुवै पक्षलाई सुनौला भविष्यको अवसर। तर, सन्ध्याकालीन उड्दो पक्षीसँग कति समयको अपेक्षा गर्न सकिन्थ्यो र? अब यो अतीतलाई सधैँका लागि बिदा गरौँ। बाँकी समीक्षककै जिम्मा छोडौँ।

यिनै कुराको सेरोफेरोमा प्रसिद्ध हिन्दी गीतकार सन्तोष आनन्दको गीतको यो अंश सम्झन्छु,

एक प्यारका नगमा है, मौँजो कि रवानी है
जिन्दगी और कुछ भि नहीं, तेरी मेरी कहानी है
कुछ पाकर खोना है, कुछ खोकर पाना है
जीवनका मतलब तो, आना और जाना है
दो पलकें जीवन से, एक उम्र चुरानी है,
तुफानको आना है, आ कर चले जाना है,
बादल है ये कुछ पलका, छाकर ढल जाना है
परछायाँ रहजाती, रहजाती निसानियाँ है
जिन्दगी और कुछ भी नहीं, तेरी मेरी कहानी है
जो बित गया ओ, अब लौट ना आएगा …

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६