विराटनगर – निर्माण कार्य अन्तिम चरणमा पुगेको मोरङको बुधनगरस्थित रेल्वे मार्गमा रेल सञ्चालनमा नआई नाला भत्किएको छ। गत शनिबार राति परेको हावाहुरीसहित परेको असिना पानीले विराटनगर– १८ बुधनगरमा निर्माणाधीन रेल्वे लिकको नाला भत्किएको हो।

असिना पानीले विराटनगर क्षेत्रमा सामान्य प्रभाव परे पनि गुणस्तरहीन सामग्रीका कारण निर्माणाधीन विराटनगर–बनथाहा रेल्वे लिकको बीचमा पानी बग्ने बनाएको नाला भत्किनुका साथै ‘कम्पाउण्ड वाल’को प्लास्टरसमेत उप्किएको छ ।

शनिबार राति परेको असिना पानीले अन्यत्र कतै क्षति नपुगे पनि रेलयार्डभित्रको नालामा क्षति पुगेको छ । असिना पानीका कारण निर्माण गरिएको ६ सय २५ मिटर नालामध्ये १८० मिटर नाला भत्किएको छ ।

पानीले कम्पाउण्डको पर्खालमा समेत क्षति पुगेको छ भने कम्पाउण्ड वालमा गरिएको प्लास्टर उप्किन थालेको छ । गुणस्तरलाई ध्यान नदिई हतारमा नाला निर्माण गरिएका कारण भत्किएको स्थानीयले आरोप लगाएका छन् ।

निर्माण कम्पनीले भारततर्फ रेल्वेको काम गुणस्तरीय गरेको र नेपालतर्फ भने कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कार्य गरेको उनीहरूको भनाइ छ । स्थानीय युवराज शाहले भने ‘भारतपट्टि निकै समय लगाएर नाला बनाए त्यता केही भएको छैन तर नेपालपट्टि भने कमसल वस्तु प्रयोग गरिएकाले भत्किएको हो ।’

भारत सरकारको लगानीमा भारतको बथनाहादेखि कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रेलमार्गको निर्माण कार्य भारतको इरकोन कम्पनीले गरिरहेको छ ।

इरकोनले रेलमार्गमा नाला तथा अन्यअन्य संरचना निर्माणको काम भारतकै बागमती कन्स्ट्रक्सनंमार्फत गराइरहेको छ । बागमती कन्स्ट्रक्सनका प्रतिनिधि सञ्जीव देवले भने नाला निर्माणमा कुनै किसिमको कमसल वस्तुको प्रयोग भन्नु गलत भएको बताए ।

उनले भने, ‘त्यो दिन ठूलो आँधी हुरीसहित असिना पानी प¥यो । ठूलाठूला असिना झरे, जसले गर्दा कम्पाउण्ड वालमा समेत क्षति पुगेको छ । नाला भर्खर निर्माण गरिएको हुनाले मजाले सुक्नै पाएको थिएन । त्यसमाथि रेल्वे लिकका ठूलठूला फलामको वजन नालाले थाम्न नसकेर भत्कियो । तर, भत्कियो भन्दैमा त्यसै छाड्ने कुरा हुँदैन । सरकारलाई हस्तान्तरण हुनुअघिसम्मको सम्पूर्ण जिम्मेवारी ठेकेदारकै हुने हुनाले यसको पुनर्निर्माण सम्बन्धित ठेकेदारले नै गर्नुपर्छ। यो विषय ठूलो कुरा होइन ।’

रेल्वे निर्माणका लागि भारत सरकारले ४ अर्ब ४८ करोडको लागतमा निर्माणका लागि आह्वान गरेको ठेक्कामा ३ अर्ब ८० करोड ८० लाखमा ठेक्का लिई इरकोन इन्टरनेशनलले काम गरिरहेको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी भएको थियो । समझदारीअनुसार २०१८ सम्ममा सो रेलमार्गको काम सक्नुपर्ने भए पनि मुआब्जा विवादका कारण ढिलाइ हुँदै आएको छ ।

निर्माण कम्पनीले भारतको बथनाहादेखि मोरङको कटहरीसम्म निर्माण गरिने रेलमार्गको विराटनगर १८ लावाघाटसम्म ७ दशमलव ६ किलोमिटर रेल्वे लिक निर्माणको काम सकेको छ ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५