चितवन – अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्वकाे सङ्ख्याभन्दा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका छन्। उनले आन्तरिक राजस्व कार्यालय भरतपुरका कर्मचारीलाई आज (साेमबार) यहाँ निर्देशन दिँदै सङ्ख्याभन्दा करको दायरा बढाएर राजस्वमा गुणात्मक वृद्धि गर्न निर्देशन दिएका हुन्।

करमा दर्ता मात्रै हुने तर राजस्व तिर्ने गरी व्यवसाय गर्ने कम भएको भन्दै उनले व्यवसाय गर्ने करदातालाई करको दायरामा ल्याउन निर्देशन दिए। आर्थिक ऐन २०७५ ले गरेका व्यवस्थालाई पूर्ण रूपमा कार्यान्वयन गर्न पनि उनले निर्देशन दिए। आर्थिक ऐनले समय–सीमा तोकेर विभिन्न क्षेत्रमा छुटको व्यवस्था गरेको थियो।

मन्त्री खतिवडाले आगामी बजेटमा कर प्रणालीमा सुधार गर्नुपर्ने केही देखिएमा सुझाव पठाउन पनि निर्देशन दिएका छन्। यस कार्यालयले चितवन र नवलपुर जिल्लाका धेरै मदिरा एवं बियर उद्योग हेर्ने भन्दै उनले अन्तःशुल्क सङ्कलनमा चुस्तदुरुस्त ढङ्गले काम गर्न कर्मचारीलाई निर्देशन दिएको कार्यालय प्रमुख शुवप्रसाद रिजालले बताए।

सोही अवसरमा राजस्व सचिव लालशङ्कर घिमिरेले बजार अनुगमनमा कडाइ गर्दै बिल नकाट्ने, कम मूल्यको बिल काट्नेजस्ता गतिविधि भए तत्काल रोक्न निर्देशन दिएका थिए। निर्देशन पालना गर्दै लक्ष्य प्राप्तिमा भएका कमजोरीलाई हटाउँदै आगामी दिनमा बाँकी लक्ष्य प्राप्तिका लागि कार्य सम्पादनमा अझ प्रभावकारिता ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे।

आन्तरिक राजस्व कार्यालयमा ५१ हजार करदाता छन्। चालू आर्थिक वर्षको चैतसम्ममा रु. २० अर्ब राजस्व सङ्कलन भइसकेको उनले बताए। यस आर्थिक वर्षमा रु. ३० अर्ब राजस्व उठाउने लक्ष्य सो कार्यालयको रहेको पनि उनले उल्लेख गरे। (रासस)

लोकप्रिय

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

आठौँ राष्ट्रिय खेलकुद: ‘कराते गर्ल’ एस्तरले जितिन् स्वर्ण पदक

२०७६, १० बैशाख मंगलवार १४:१८

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

‘युवा आन्दोलन पद प्राप्तिमा होइन, राष्ट्र र जनताका पक्षमा हुनुपर्छ’

२०७६, ९ बैशाख सोमबार १७:१६

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

‘दलाल संसदीय व्यवस्थाको अन्त्य गर्न एकीकृत जनक्रान्ति’

२०७६, ९ बैशाख सोमबार १९:२७

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

बखरी लक्ष्मीनारायण मन्दिरको प्राणप्रतिष्ठा सम्पन्न

२०७६, ८ बैशाख आईतवार १८:२५

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको शिलान्यास भदौमा गर्ने तयारी

२०७६, ८ बैशाख आईतवार १५:५२

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

श्रीलंकाकाे विस्फोटबाट भाग्यले बाँचे यी नेपाली

२०७६, ८ बैशाख आईतवार १५:५९

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

नेकपाको पोलिटब्यूरो १ सय ५० सदस्यीय बन्ने

२०७६, ८ बैशाख आईतवार १३:१४

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

वीरगञ्जका दुवै भन्सारको राजस्व असुली १४ अर्ब कम

२०७६, ९ बैशाख सोमबार १९:००

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

राष्ट्र बैंक भाेलि साढे १० अर्बकाे ट्रेजरी जारी गर्दै

२०७६, ८ बैशाख आईतवार १६:०१

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

धागो आयातमा बंगलादेशले हटायो प्रतिबन्ध

२०७६, १० बैशाख मंगलवार १३:५५

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

शुक्लाफाँटा भनेकै बाह्रसिंगाको ताँती (फोटोफिचर)

२०७६, ८ बैशाख आईतवार १५:३३

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

कांग्रेसको जागरण अभियानमा महिलाको भूमिका बढाउन माग

२०७६, ९ बैशाख सोमबार ०८:३७

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

‘लाप्राक नमुना बस्ती’ निर्माण कार्य अन्तिम चरणमा (फोटो फिचर)

२०७६, १० बैशाख मंगलवार १३:५४

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

मौसम परिवर्तनले बैतडीमा बिरामीको चाप बढ्दाे, औषधि अभाव

२०७६, १० बैशाख मंगलवार १३:२०

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

रिना हत्या प्रकरणमा उनका ‘प्रेमी’ पक्राउ

२०७६, १० बैशाख मंगलवार १३:४६