विमलबहादुर विष्ट, डोटी – बडिकेदार गाउँपालिका–९ बीपीनगरस्थित कापडी गाडमा निर्माणाधीन सालमुनि हाइड्रोपावरको काम अन्तिम चरणमा पुगेको छ।

करिब रु. १ अर्बको लगानीमा निर्माणाधीन सो विद्युत् गृहमा अहिलेसम्म करिब रु. ८० करोड खर्च भएको विद्युत् आयोजनाका टनेल इन्चार्ज मीन पोख्रेलले बताए। उक्त विद्युत् पावर हाउसको विद्युत् उत्पादन क्षमता ३ दशमलव ३३ मेगावाट छ।

इन्चार्ज पोख्रेलले भने, “सबै काम अन्तिम चरणमा पुगेको छ, आशा गराैँ तोकिएकै समयमा काम सकिने छ।” सनमानदेवी हाइड्रोपावर तथा स्वयम्भू कन्ट्रक्सनले सो आयोजनाको निर्माणकार्य थालेको हो।

यही वैशाख अन्तिमसम्ममा निर्माणकार्य सक्ने लक्ष्यअनुसार उक्त विद्युत् गृहको काम तीव्र गतिमा भइरहेको छ। विद्युत् गृहको भवन बनिसकेको छ।

हाल सो विद्युत् गृहको १ हजार २ सय मिटर सुरुङ खन्ने कार्य सकिएको छ। स्वयम्भू कन्ट्रक्सन र नेपाल सरकारबीच उक्त सालमुनी हाइड्रोपावरबाट उत्पादन गरिएको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने र पछि नेपाल सरकारले नै उक्त विद्युत् आवश्यक क्षेत्रमा विक्रीवितरण गर्ने सम्झौता भएको छ।

सम्झौतानुसार ३० वर्षसम्म उक्त विद्युत् विक्रीबाट आएको रकम निर्माण गर्ने कम्पनीले लिने छ। टनेल इन्चार्ज पोख्रेलले भने, “शुरुमा रु ८०/९० करोड लाग्ने सोचे पनि अहिले १ अर्ब नै लाग्ने देखिएको छ, काम निर्धारित समयमै गर्छौँ।”

विद्युत् उत्पादन हुने भएपछि स्थानीयबासी निकै खुशी भएको स्थानीय रोजबहादुर कलेलले बताए। उनले भने, “बत्ती नभएर अँध्यारो भएको हाम्रो ठाउँमा केही समयमै झिलिमिली हुने भयो, हामी त्यसैमा खुशी छौँ।”

गाउँमै रोजगारी पाएपछि कामका लागि भारत जानेक्रममा केही कमी आएको स्थानीय लोकेन्द्रबहादुर छेडालले बताए। उनले भने, “विद्युत् निर्माणले सबैलाई खुशी नै बनाएको छ, घरको खाना खाएर काम गर्न जान्छन्, रोजगारी मिलेको छ,योभन्दा अरू के नै चाहियो? ” उक्त क्षेत्रमा विद्युत् आपूर्तिका लागि सबस्टेसन धमाधम निर्माण भइरहेको छ।

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५