काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले मुलुकको अबको गन्तव्य र यात्रा के हुने भन्नेबारे वैचारिक छलफल चलाउनुपर्नेमा जोड दिएका छन्।

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित विशेष साक्षात्कारमा बोल्दै नेता शर्माले मुलुकमा कसरी समृद्धि हाँसिल गर्न सकिन्छ र अबको राजनीतिक कार्यदिशाबारे गम्भिर बहस चलाउनुपर्ने आवश्यकत्ता औँल्याए्। उनले भने, ‘अहिलेसम्म हामीले सहमति र एकताकै आधारमा मुलुकलाई यहाँसम्म ल्याएका हौँ। हामीले संविधानपनि सहमतिमै ल्यायौँ। संविधान हाम्रो साझा दस्तावेज हो। हामी सबैको कार्यदिशा त्यही हो।’

साक्षात्कारमा बोल्दै नेता शर्माले अब सबै दलको मुख्य एजेण्डा भनेको नै राष्ट्र निर्माण गर्नु र समृद्ध मुलुक बनाउनु भएको स्पष्ट पारे।’ धर्मलाई बोकेर हिँड्न नहुने बताउँदै उनले भने, ‘धर्म बोकेर हिँड्दा राम्रो हुँदैन। अहिले धर्मलाई राजनीतिक एजेण्डा बनाउन त सजिलो होला। तर, भोलि सरकारमा हुँदा मिलाउन गाह्रो हुन्छ।’

आफूहरुले जनयुद्धकालिन समयमा पनि मठ, मन्दिरमा आक्रमण नगरेको शर्माले स्मरण गराए। उनले भने, ‘धर्म, भाषा र जात अत्यन्तै संवेदनशील कुरा हुन्। यसबारेमा विचार पुर्‍याउनुपर्छ।’ फरक प्रसँगमा उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले नै राम्रो काम गर्ने विश्वास दिलाए। उनले भने, ‘सरकारको पहिलो वर्ष आधार वर्ष भयो। ऐन, कानूनहरु ल्याउनुपर्ने थियो। ती सबै ल्याएको छ। आगामी वर्षमा यो सरकारले परीणाम दिन्छ।’

त्यस्तै उनले पार्टीको तल्लो तहको एकता टुँगो लगाउनेगरि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आन्तरिक छलफलमा जुटेको जानकारी दिए। उनकाअनुसार यही वैशाख ९ गतेसम्म तल्लो तहको एकता टुँगो लाग्छ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री शंकर भण्डारीले पार्टीभित्र जसले हिन्दूराष्ट्रको एजेण्डा बोक्छ उही व्यक्ति आगामी १४औँ महाधिवेशनमा नेतृत्वमा आउने दाबी गरेका छन्। उनले भने, ‘जसले हाम्रो पार्टीभित्र सनातन हिन्दूराष्ट्रको एजेण्डा बोक्छ, त्यही व्यक्ति नेतृत्वमा आउँछ।’

पार्टीको मूलविचार पनि अब हिन्दूराष्ट्र नै हुने उनको भनाई छ। भण्डारीले पछिल्लो घट्नाक्रम हेर्दा मुलुक नयाँ प्रकारको द्वन्द्व, झगडा र कलहमा फस्न लागेको त होईन भन्ने प्रश्न उठाएका छन्।

भण्डारीले वर्तमान सरकार र यसका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सर्वेसर्वा ठूलो हुँ भन्ने व्यवहार गलत भएको पनि टिप्पणी गरेका छन्।

पृथ्वीनारायण शाहको शालिक ढालेर सगौरवको क्रान्तिकारी अनुभुति गर्नेहरुका कारण मुलुकको स्वाभिमान, स्वाधिनता र राष्ट्रियता कमजोर भएको उनको भनाई छ। उनले भने, ‘मुलुकको राष्ट्रियता बलियो बनाउने काम पो गर्नुपर्छ। कमजोर बनाएर गौरव गर्नुहुँदैन्।’

वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्न, मूल्यवृद्धि नियन्त्रण गर्न, लगानीको वातावरण बनाउनको लागि पूर्ण रुपमा असफल भएको पनि उनले आरोप लगाए। इतिहासमै मुलुक यति कमजोर कहिल्यै पनि नभएको उनको आरोप छ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् पूर्व मन्त्री राजकिशोर यादवले वर्तमान सरकार शान्ति, सुव्यवस्था र समृद्धि हाँसिल गर्नेतर्फ अग्रसर नभएको आरोप लगाएका छन्। उनले भने, ‘धेरै लामो समयपछि मुलुकले स्थिर र बहुमतको सरकार पाएको छ। तर, सरकारले सोहीअनुरुप काम गर्न सकेको छैन्। सरकारलाई दोष थोपरेर उम्किन खोजेको होईन। तर, सरकारको व्यवहार नै त्यस्तो छ।’

पछिल्लो समय विकासको नाममा कतै विनाशमात्रै त भैरहेको छैन? भन्नेबारे पनि चर्चा गर्न आवश्यक रहेको उनले बताए। उनले २०७६ सालमा मुलुकको सर्वाङ्गीण विकास कसरी हुन्छ भन्नेबारे वैचारिक रुपमा बहस गर्नुपर्नेपनि आवश्यकत्ता औँल्याए। उनले भने, ‘विचारबिनाको विकास कसरी हुन्छ?’

आजभन्दा अगाडि ‘हरियो बन, नेपालको धन’ भन्ने नेपालको अवस्था रहेको सुनाउँदै उनले भने, ‘तर, आज विश्व ग्लोबल वार्मिङका कारण चिन्तित छ। विश्कै शक्तिशाली देशहरुपनि यसबारे चिन्तित छन्। हामी पनि यसबाट प्रताडित हुने अवस्था छ। अहिले हाम्रो वनको अवस्था के छ ?’ उनले प्रश्न गरे।

वर्तमान सरकारले हिजोकोभन्दा आज फरक काम गरेको भन्ने अनुभूति दिलाउनुपर्ने पनि उनले जोड दिए। वर्तमान सरकार फरक विचार राख्नेलाई जाईलाग्ने प्रवृत्तिमा देखिएको पनि उनले आरोप लगाए।

आफूहरु पार्टीको एकता महाधिवेशनमा जुटेको पनि उनले जानकारी दिए। उनले भने, ‘महाधिवेशनको तिव्र तयारीमा छौँ। अहिले संगठनलाई बलियो बनाउनतिर हामी लागेका छौँ।’

लोकप्रिय

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

२०७६, ३० असार सोमबार १८:३९

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

युवालाई नैतिकवान बनाउन प्रदेश सरकारको अभियान

२०७६, ३१ असार मंगलवार १९:२२

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

रोपाइँ नसकेसम्म ‘असार’ (फोटोफिचर)

२०७६, ३० असार सोमबार १३:२५

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

चिकित्सक सुरक्षा माग्दै धनगढीमा

२०७६, ३० असार सोमबार १६:३३

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा नपाइने

साउन १ देखि प्यान अनिवार्य, १ हजारभन्दा माथिको पारिश्रमिक नगदमा…

२०७६, ३१ असार मंगलवार १९:३८

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

शान्तिश्री परियारको आवाजमा अर्को गीत सार्वजनिक

२०७६, ३१ असार मंगलवार १४:२७

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

सुदूरपश्चिम सरकारले किन्यो ३० करोडका गाडी

२०७६, १ श्रावण बुधबार १६:५७

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

अवरुद्ध म्याग्दी-मुस्ताङ सडक तीन दिनपछि खुल्यो

२०७६, ३० असार सोमबार १९:४२

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

१३औँ इक्यान मेला: वर्षाका कारण न्यून सहभागिता

२०७६, ३० असार सोमबार १४:११

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

शितल शर्माको तीजगीत ‘चौतारी’ बजारमा

२०७६, १ श्रावण बुधबार ०९:२६

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

धादिङ : राजधानीबाट कति नै टाढा छ र?

२०७६, ३१ असार मंगलवार १९:३०

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

चन्द्रागिरिलाई २० लाख जरिवाना, सञ्चालन गर्न नपाउने

२०७६, १ श्रावण बुधबार ०८:३९

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

पशुपति विकास कोषका निम्ति बोझ बनेको सञ्चालक परिषद् र कर्मचारी

२०७६, ३० असार सोमबार १८:०९

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

भारतको चन्द्रयान–२ उड्नु एक घण्टाअघि स्थगन

२०७६, ३० असार सोमबार १३:४४

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

प्रतिबन्धपछि पहिलोपटक सरकार र नेकपा विप्लवबीच वार्ता

२०७६, ३१ असार मंगलवार ०६:२५