काठमाडौं – नेपाल राष्ट्र बैंकले ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार प्रदान हुने कर्जालाई थप प्रभावकारी बनाउने भएको छ। बैंकले यस्तो सहुलियत कर्जा वार्षिक लक्ष्य निर्धारण गरेरै लगानी गर्न क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

बैंकहरूले सहुलियत कर्जा दिन नचाहेको जनगुनासो बढ्दै गएपछि राष्ट्र बैंकले बैंकहरूलाई यस्तो निर्देशन दिएको हो। आ–आफ्ना शाखा कार्यालयहरूमार्फत यस्तो कर्जा प्रवाहमा सहजीकरण गर्नसमेत भनिएको छ।

सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउने लक्ष्यसहित विभिन्न सात शीर्षकमा सहुलियत कर्जा दिन बैंकहरूलाई निर्देशन दिएको थियो। तर, बैंकहरूले उपलब्ध गराउने यस्तो कर्जा प्रभावकारी रूपले लगानी भने हुन सकेको छैन। बेरोजगारको स्थितिलाई समाधान गर्ने भन्दै सरकारले विभिन्न ७ शीर्षकमा ब्याज अनुदानसहितको सहुलियत कर्जा कार्यक्रम ल्याए पनि यो कर्जामा एकदमै कम आकर्षण देखिएको छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सार्वजनिक कार्यक्रममा नै शैक्षिक बेरोजगारलाई दिने कर्जा एकदमै कम देखिएको बताउँदै अघिल्लो महिनासम्म शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म ६ जनाले मात्रै लिएको जानकारी दिएका थिए। उनका अनुसार शैक्षिक बेरोजगारका लागि उपलब्ध गराइने उक्त कर्जा योजनाअन्तर्गत पछिल्लो तथ्यांकअनुसार ६ जनाले ३८ लाख रुपैयाँमात्रै लिएका छन्।

शैक्षिक बेरोजगारहरूकै लागि दिइने अर्काे कर्जा उच्च प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा भने जम्मा दुई जनाले मात्रै लिएका छन्। उक्त कर्जा योजनाअन्तर्गत दुई जनाले जम्मा १० लाख रुपैयाँ लिएको डेपुटी गभर्नर श्रेष्ठले बताए।

लोकप्रिय

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

‘डिप्रेशन भएको बेला म कुनामा बसेर रुन्थे’: दीपिका पादुकोण

२०७६, २० मंसिर शुक्रबार १७:५१

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

कपालकाे स्याहार गर्ने सजिलो घरेलु उपाय

२०७६, १९ मंसिर बिहीबार १३:२०

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

रसुवामा जंगली भालुको आतंकः सुरक्षाका लागि प्रहरी परिचालन

२०७६, १९ मंसिर बिहीबार १९:४३

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

साग फुटबलमा माल्दिभ्ससँग भिड्दै नेपाल

२०७६, २१ मंसिर शनिबार ०७:३९

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

सुपर मोडल काइलीका २७ करोड फलोअर्स

२०७६, २० मंसिर शुक्रबार ११:५०

राैतहटमा इटाभट्टामा बम फेला

राैतहटमा इटाभट्टामा बम फेला

२०७६, २१ मंसिर शनिबार १७:३१

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

साग महिला फुटबलः सावित्राको कीर्तिमानसँगै नेपाल फाइनलमा

२०७६, १९ मंसिर बिहीबार १६:४९

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

प्रत्येक घरलाई सहकारीको सदस्य बनाउनुपर्छ : मन्त्री अर्याल

२०७६, २० मंसिर शुक्रबार २०:२५

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

पोल्याण्डमा ग्यास विस्फोट ४ को मृत्यु

२०७६, १९ मंसिर बिहीबार १६:३६

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

विश्वका सर्वाधिक धनी व्यक्तिहरुको सूची सार्वजनिक, बिल गेट्स दोस्रो स्थानमा

२०७६, २० मंसिर शुक्रबार १७:१६

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता  (भिडियोसहित)

फिल्म ‘दि कर्मा’ को टिजरमा बाेल्ड अवतारमा परमिता (भिडियोसहित)

२०७६, २० मंसिर शुक्रबार १३:२२

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

साग पुरुष क्रिकेटमा नेपाल र माल्दिभ्स भिड्दै

२०७६, २० मंसिर शुक्रबार ११:५५

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

भुटानसँग खेल्दै नेपाल, नयाँ कीर्तिमानको आशा!

२०७६, १९ मंसिर बिहीबार ०६:५६

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

प्रहरीद्वारा चारजना बलात्कारीको ईन्काउन्टर

२०७६, २० मंसिर शुक्रबार ११:२२

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

ओठ फुटेर हैरान हुनुहुन्छ, अव यसो गर्नुहोस्

२०७६, १९ मंसिर बिहीबार ०९:४९