काठमाडौँ – श्रीमती र छोराको साथमा रमाउन पाउँदैन जसे अर्थात ‘जोसे’(नाटकका पात्र ‘राई जेठा’को उच्चारणमा)। गाउँमा साकेलाको नेतृत्वकर्ता, परिवारमा आशाको किरण जसेको जिन्दगी नसोचेको भेलबाढीमा हेलिन्छ। र त्यसैमा बग्छ उसको सपनाहरु पनि। ठूलो कुरा, साहुबाट गँगटेबेंशी निखन्ने सपना अधुरै रहन्छ जसेको।

उता जसेकी श्रीमती धनसुवा मुर्चुङ्गाको धुनमा बिरह पोख्छिन्। बढेको छोरा निछा भर्तीको लहडमा परदेशिएपछि उनको जिन्दगी अरु एक्लिन्छ। तै, जसोतसो मन बुझाउँछिन्, समाजका अनेकन् खिसीटिउरी झेल्दै। धनसुवालाई साकेलाको रौनकले छुँदैन। कष्टैकष्ट र पीडैपीडामा बाँच्छिन्, ‘निछापा’ (निछाको बाउ) फर्केर आउने आशा मनभरि साँचेर।

सशस्त्र द्वन्द्वको बेला एकाएक हराएको जसे नफर्केपछि ‘जसे जिउँदै छैन रे’ भन्ने हल्ला गाउँभरि फैलिन्छ। अनि सेलेमी (धामी)ले पनि जसे मरिसकेको र अभरमा परेको उसको ‘हंश’ रोइहिँडेको जोखना भनेपछि पञ्च-भलाद्मीको सल्लाहमा जसेको काजकिरिया हुन्छ। तर जसे मरेको हुँदैन, घर फर्कन्छ। दुख, बाध्यता र समस्याका कथा बोकेर। मरिसकेको भनिएको मान्छे फर्किआउँदा गाउँको माहौल अर्कै बन्छ। वियस राईको कथा संग्रह ‘हिउँमाझी’ भित्र ‘जोखना’ शिर्षकको कथामा आधारित नाटक जोखनाले भन्ने यही हो।

करिब एक घण्टा २५ मिनेटको नाटकले सशस्त्र द्वन्द्व र त्यसपछि ‘जसे’ पात्रको परिवारमा आएको उथलपुथललाई वर्णन गर्छ, किराती स्वादमा। अझ भनौं ‘मुन्धुमी’ स्वादमा। चैत ८ देखि वैशाख ८ गतेसम्मका लागि अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको यस नाटकको एउटै विशेषता भनेको ‘सरलता र सरसता’ हो।

किरण चाम्लिङ राईले निर्देशन गरेको जोखना सबै उमेर र क्षेत्रका लागि सरल छ, बुझ्न कठिन छैन। हेर्नेले आफूलाई नाटककै परिवेशमा पाउँछ। कथालाई नाट्य रुपान्तर गर्ने क्रममा राजन मुकारुङले अत्यन्त ‘आइडिया’ लगाएको देखिन्छ। किनकी नाटक भन्ने क्रममा संगीत, नृत्य, हासो, रोदन, मिथक र संस्कार-संस्कृतिको उत्कृष्ट समायोजन गरिएको छ। जसले हरेक दर्शकले आफूलाई नाटकभित्रै भेट्टाउँछ।

खोटाङका अगम राईले नाटक हेरिसकेपछि भने, ‘त्यही संस्कारमा हुर्केको भएर होला म त नाटकमा पुरै डुबेछु। नाटकभरि म आफ्नो गाउँघरमै थिएँ।’ सोलुखुम्बुकी रंगकर्मी सम्पदा राईको पनि उस्तै प्रतिक्रिया थियो। उनले भनिन्, ‘हाँसेको र रोएको पत्तै पाइनँ। कतिखेर रोएछु, कतिखेर हाँसेछु।’

पर्वतका राजकुमार विक र गोरखाका सुमी तामाङको समूहले पनि नाटक चेतनामुलक रहेको बताए। बुद्धनगरस्थित कादम्बरी मेमोरियल कलेजमा सामाजिक कार्य विषयका विद्यार्थी उनीहरुले ‘जोखनाले सामाजिक कथावस्तुको माध्यमबाट मौलिक संस्कार र संस्कृतिको महत्व पनि उजागर गरेको’ बताए।

नाटकले नदेखेको परिवेश र समाजको पनि सरल तरिकाले वर्णन गरेको विविता कोइरालाले बताइन्। मनोविज्ञान विषयका विद्यार्थी उनले यस्तो नाटक पहिलो पटक हेरेको बताइन्। जोरपाटीबाट नाटक हेर्न आएकी सुस्मिता गुरागाइँले भनिन्, ‘जोखनाले पुर्वी नेपालको किराती संस्कृति र मानवीय संवेदनाको एकसाथ वर्णन गरेको छ।’

नाटकमा संगीता थापा, रुपेश लामा, सञ्जिव राई, मनहाङ लावती, अनिल सुब्बा, दिवन रसाइली, सुदर्शन क्षत्री लगायतले अभिनय गरेका छन्।

लोकप्रिय

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

‘सिरिञ्ज आक्रमण’को हल्ला: अझै पत्ता लागेन वास्तविकता

२०७६, ९ असार सोमबार १९:३५

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

नेकपा माओवादीका नेता नरबहादुर कार्की पक्राउ

२०७६, ९ असार सोमबार १७:२०

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

सचिन र जीतेनको स्वरमा ‘माया सरर’

२०७६, ८ असार आईतवार १९:२०

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

पोखराको तरकारी बजारमा शंकास्पद वस्तु फेला

२०७६, ९ असार सोमबार २०:२६

३० रुपैयाँमै विशेषज्ञ सेवा !

३० रुपैयाँमै विशेषज्ञ सेवा !

२०७६, ८ असार आईतवार १९:५०

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

बेली डान्सर विनु शाक्यका पाँच तस्बिर

२०७६, ८ असार आईतवार ०६:४२

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

ललित विष्टको कथासंग्रह ‘मोहपथ’ बजारमा

२०७६, ८ असार आईतवार १०:०५

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

नेकपामा नयाँ ध्रुवीकरण: प्रचण्ड-माधव ‘भर्सेस’ ओली

२०७६, ८ असार आईतवार ०९:२८

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

विप्लव कार्यकर्ताद्वारा रामेछापमा सिलिण्डर विष्फोट

२०७६, १० असार मंगलवार ०७:५७

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

बालविवाह रोक्न टीकापुर नपामा ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रम

२०७६, ९ असार सोमबार १५:५८

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

भद्रपुर नगरपालिकाको कार्यालयभित्र बम भेटियो

२०७६, १० असार मंगलवार ०७:००

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

वीरगन्जको सुन पसलमा छापा, ४२ लाखसहित आठ जना पक्राउ

२०७६, ९ असार सोमबार १८:४७

नियत साफ नभएपछि नियति बिग्रन्छ

नियत साफ नभएपछि नियति बिग्रन्छ

२०७६, ८ असार आईतवार १३:१७

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

वीरगञ्जमा ६० करोड लगानीको यती कार्पेट सञ्चालनमा आउँदै

२०७६, ८ असार आईतवार १३:३९

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

कास्कीमा राज्यपक्षबाट ६ महिनामा ६१ पीडित

२०७६, १० असार मंगलवार १०:१८