१९ कात्तिक, सन्धीखर्क । अर्घाखाँचीमा चितुवाको आतंक नरोकिएपछि स्थानीय प्रशासनले प्रहरी र स्थानीयबासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास जारी राखेको छ ।

प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार स्थानीयसहित ४० जना प्रहरीको टोली स्थानीय सामुदायिक वनमा परिचालन गरिएको छ । उनीहरुले बस्ती नजिकको जंगलको झाडी सफा गर्ने र चितुवालाई पासोमा पार्न खोर राख्ने काम गरेका छन् ।

प्रजिअ भुसालले अनलाइनखबरसँग भने, ‘वन प्राविधिकहरुसँग सल्लाह गरेर ढिकुरा, किमडाँडा र कुर सामुदायिक वनमा थप तीन वटा खोर राखेका छौं । खोरमा बाख्रो पनि राखिएको छ, ताकि बाख्रो खान आएको चितुवालाई खोरमा थुन्न सकियोस् ।’

विशेषज्ञ टोली झिकाइँदै

गत वर्ष पनि चितुवालाई थुन्न भनेर १२ वटा खोर राखिएको थियो । तर, चितुवा बस्तीमा छिर्ने र मान्छे मार्ने क्रम रोकिएको छैन । प्रजिअ भुसालका अनुसार विगत पाँच वर्षको अवधिमा चितुवाको आक्रमणबाट अर्घाखाँचीमा १५ जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सबै २ देखि १५ वर्ष उमेर समूहका छन् ।

पछिल्लो पटक भूमिकास्थान नगरपालिका ९ ढिकुरामा मदन घिमिरेका ४ वर्षका छोरा आर्यनको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । यसबारे जानकारी पाएलगत्तै प्रजिअ भुसाल घटनास्थल पुगेर चितुवा नियन्त्रणको उपायबारे पहल थालेका थिए ।

चितुवाको आक्रमण नरोकिएपछि चितवन राष्ट्रिय निकुञ्जबाट विशेषज्ञको टोली पनि बोलाइएको छ । चितुवालाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर हामी प्रयासरत छौं, चितवन राष्ट्रिय निकुञ्जबाट पनि विशेषज्ञ टोली आउँदैछ,’ उनले भने ।

घर बाहिर निस्किन डराउँछन् बालबालिका

स्थानीयबासीको सक्रियतामा अर्घाखाँचीको सामुदायिक वन संरक्षणमा राम्रो प्रगति भएको छ । जंगल घना छ, तर चितुवालगायतका मांसाहारी जनावरका लागि आहार छैन । त्यसैले त्यस्ता जनावर बस्तीमा छिर्ने र आक्रमण गर्ने गरेको स्थानीय बताउँछन् ।

चितुवाको आक्रमण बढ्दै गएपछि खाँचीकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, अर्घा, ढिकुरा, किमडाँडा लगायतका बासिन्दा त्रसित छन् । बालबालिकाहरु घर बाहिर निस्किनसमेत डराउने गरेको स्थानीय बताउँछन् ।

चितुवा नियन्त्रण गर्न सुरक्षाकर्मी र स्थानीयबासीले बाघ थुन्न खोर राख्ने, झाडी सफा गर्ने लगायतका काम गर्दै आए पनि आक्रमण रोकिएको छैन । त्यसैले मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीका सभापति अशोक पौडेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ध्यानाकर्षणपत्र बुझाएको छ । ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘स्थानीयबासिन्दा बाघको आक्रमणबाट निकै त्रसित छन्, जसको कारण बाल मनोविज्ञानमा समेत असर परेको छ ।’

साथै अत्याधुनिक उपकरणको प्रयोगबाट गतिविधि निगरानी गरी मानवीय क्षति पुर्‍याउने बाघ वा चितुवाको पहिचान गरी अन्य सुरक्षित स्थानमा लगेर पुनर्स्थापना गर्नसमेत माग गरिएको छ ।

लोकप्रिय

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

ऊर्जामन्त्री वर्षमान पुनलाई २०२ किलोको माला

२८ मंसिर २०७५, शुक्रबार

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

इपिएलः भैरहवा प्लेअफमा

इपिएलः भैरहवा प्लेअफमा

२६ मंसिर २०७५, बुधबार

२३ मंसिर २०७५, आईतवार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका भ्रमणमा जाँदै

8 घन्टा

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए

२५ मंसिर २०७५, मंगलवार