सुर्खेत, २२ पुस। प्रदेश सरकारले दश वर्ष आयु बढाउन हरेक नागरिकलाई कर्णालीमै आउनुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताएको छ ।

उपलब्ध प्राकृतिक स्रोतसाधनको बहुउपयोग गरी प्राकृतिक रूपमै प्रदेशलाई स्वस्थ राख्न सकिए दश वर्ष आयु बढाउन सकिने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताए। उनले भने, ‘दश वर्ष आयु बढाउन कर्णाली जाऔँ’ भन्ने नारालाई सार्थक बनाउन सबैको सहभागिता आवश्यक रहेको औँल्याए।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा शनिबार सुर्खेतमा आयोजित प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले त्यस्तो बताएका हुन्।

प्रदेशलाई प्राकृतिक रूपमै वातावरण, आहारविहार र रहनसहनलाई स्वास्थ्यमैत्री राख्न सकिए हरेक नागरिक आफ्नो आयु बढाउन कर्णाली नै आउने मन्त्री शाहीको जिकिर थियो। ‘हिजोको कर्णाली कर्मचारीलाई तर्साउने हतियार थियो, अबको कर्णालीलाई सबैको रोजाइ बनाउनु पर्छ’, उनले भने, ‘दश वर्ष आयु बढाउन कर्णाली जानुपर्छ भन्ने सन्देश दिन कर्णालीले नयाँ पहिचान बनाउनु पर्छ।’

समीक्षा बैठकमा मुख्यमन्त्री शाहीले यस वर्ष प्रदेश सरकारको पहिलो प्राथमिकता भनेको नै लक्षित वर्गसम्म बजेट पुर्याउनु रहेको स्पष्ट पारे। बजेट कार्यान्वयनमा ढिलाइ भइरहेको जनगुनासो आइरहेका बेला उलने बजेटलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न कर्मचारीलाई निर्देशन दिए।

मन्त्री शाहीले कृषि मन्त्रालयको प्रथम चौमासिक प्रगति समीक्षा गोष्ठीमा सहभागी कर्णाली प्रदेशका कृषि तथा पशुसेवाका कर्मचारीलाई सरकारको मर्मअनुसार बजेट कार्यान्वयनमा इमानदारी देखाउन निर्देशन दिए। ‘अहिलेको बजेटको प्रभावकारी कार्यान्वयन गरे मात्रै सुशासन र पारदर्शिता कायम हुनेछ,’ उनले भने, ‘यतिबेलाको समय भनेको नै बजेट कार्यान्वयन गर्ने भएकाले सम्बन्धित ठाउँमा पुगेर खर्चको अवस्था तत्काल मन्त्रालयमा जानकारी गराउनु पर्नेछ ।’ उनले काम नहुने योजनाको रकम रकमान्तर गरेर अरू शीर्षकमा लगाइनेसमेत बताए ।

‘उत्पादनको पकेट क्षेत्र तोकिनुपर्छ’
मन्त्रालयद्वारा आयोजित समीक्षा गोष्ठी कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको हरेक उत्पादनको पकेट क्षेत्र तोकेर कृषिको विकासमा लाग्नुपर्ने बताए। ‘कर्णालीका हरेक उत्पादनको पकेट तोक्नुपर्छ, अनि त्यसलाई सबैतिर विस्तार गर्नुपर्छ,’ उनले भने। स्थानीय उत्पादनलाई वृद्धि गर्न प्रदेशमा रहेका सबै रैथाने बालीको संरक्षण गर्नुपर्ने उनको भनाइ थियो।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार