काठमाडौँ, २२ पुस। मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङलाई शपथ ग्रहण गराउने वा नगराउने भन्नेबारे आइतबार छलफल हुने भएको छ।

गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मनाङेको शपथबारे छलफल गर्न आज कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका हुन्।

यद्यपि मनाङेको शपथ आजै हुने या नहुने भन्नेबारे कुनै तयारी नभएकोे र प्रदेशसभाको छलफलपछि मात्र निष्कर्षमा पुगिने सभामुख अधिकारीले बताए।

सर्वोच्च अदालतबाट जमानतमा थुनामुक्त भएपछि एक साताअघि मनाङेले आफूलाई शपथ ग्रहण गराउन माग गर्दै सभामुख कार्यालयमा निवेदन दिएका थिए।

पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा दोषी ठहर गर्दै मनाङेलाई ५ वर्ष कैद सजायको फैसला सुनाएको थियो। गत वैशाखमा सर्वोच्चले सोही फैसला सदर गरेपछि प्रदेशसभामा निर्वाचित मनाङेलाई कारागार चलान गरिएको थियो।

मनाङको प्रदेशसभा ‘ख’बाट स्वतन्त्र उम्मेदवार मनाङे नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गर्दै निर्वाचित भएका थिए। उनले तत्कालीन वाम गठबन्धनको समेत समर्थन पाएका थिए।

गुरुङलाई शपथ खुवाउने पक्षमा सत्तारूढ नेकपाका सांसदहरू छन् भने प्रमुख प्रतिपक्षी कांग्रेसले शपथ खुवाउन नमिल्ने बताउँदै आएको छ।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९