अनारसिंह कार्की

राजा गए, अब पालो कांग्रेसको। यति सजिलै भन्छन् कि, न कुनै व्याख्या न कुनै विश्लेषण। यसो भन्नेहरू प्रायः यस्ता नेपालीहरू हुन्, जसले विदेशीहरूको नुन पानी खाने हैसियत पनि राख्दैनन् र राज्यसत्ताबाट कुनै लाभ लिने अवस्थामा पनि छैनन्। सायद यिनले आफ्नो ब्रह्ममा जे लागेको छ, त्यही भनेका होलान्। तर, ६० वर्ष अगाडि १०९ संसदीय क्षेत्रमध्ये केवल ४ सिट ल्याउने कम्युनिष्ट नामको पार्टी ६० वर्षमा दुईतिहाइ बहुमतको सरकार बनाउन सफल भएको छ भने ६० वर्षअघि एक्लै दुईतिहाइ ल्याएर सरकार बनाएको कांग्रेस नामको बाहेक बलियो प्रतिपक्षको हैसियतसमेत गुमाउन पुगेको छ। त्यसैले लामो व्याख्या र विश्लेषण गरेर भन्दा ब्रह्मले जे देख्यो, त्यही बोल्नुचाहिँ सत्यको नजिक हुन्छ कि क्या हो?

अन्यथा संसदीय व्यवस्था अपनाएको विशाल हिन्दूस्तानसँग तीनतिरबाट घेरिएको नेपालको भूस्थितिले हरेक क्षेत्रमा उसको प्रभाव हुनुले कम्युनिष्टहरूलाई सहयोग नपुग्नुपर्ने हो। त्यस्तै राजालाई विष्णुको अवतार मानेर पूजा गर्ने संस्कार बोकेका नेपालमा राजसंस्था यति छिट्टै कसरी गयो? यस्तो सामाजिक, आर्थिक, सांस्कृतिक र भौगोलिक अवस्था भएको देशमा मध्यमार्गी प्रजातान्त्रिक पार्टीको यो हालत कसरी बन्न पुग्यो?

निश्चय पनि विगत ६० वर्षको अवधिमा राजा, कांग्रेस र भारत एकअर्कालाई कमजोर पार्न र तेजोबध गर्न लाग्दा चौथो पक्षले कम्युनिष्ट नामको तत्त्वलाई अगाडि ल्याउन सफल भएको देखिन्छ। तर, चौथो पक्ष भन्नाले छिमेकी चीनको खासै भूमिका देखिँदैनथ्यो, अब भने सधैँ त्यसो नहुन सक्छ। जे होस्, राजसंस्था समाप्त भइसकेको छ भने कांग्रेस समाप्ततिर तीव्र गतिमा अगाडि बढिरहेको छ। प्रशस्त सम्भावना र पूर्वाधार हुँदाहुँदै पनि स्वतन्त्रोतर भारतले आफ्ना प्रतिस्पर्धीका तुलनामा गर्न नसकेकै हो।

जहाँसम्म नेपालको प्रश्न छ, राजा र कांग्रेसले अरूलाई दोष दिएर मात्रै पुग्दैन, किनभने आफू कमजोर भएपछि मात्रै बाह्य तत्त्वले नेक्सान पुर्‍याउने हो, आफू बलियो हुञ्जेल कसैले पनि नोक्सान पुर्‍याउन सक्दैन। त्यसैले राजसंस्था जानुको कारक तत्त्व पनि मूल रूपमा आफैभित्र खोज्न जरुरी छ। कांग्रेसलाई साइजमा ल्याउन कम्युनिष्टहरूको प्रयोग कति जरुरी थियो? यो आत्मसमीक्षाको विषय हो। त्यही प्रश्न कांग्रेसका सन्दर्भमा पनि लागू हुन्छ।

आम जनताको ठूलो संख्याको प्रेम, सद्भाव र समर्थन रहँदा रहँदै पनि राजसंस्था हटेको छ। यससम्बन्धमा सम्यक आत्मसमीक्षा हुन जरुरी होला तर तत्काल आफ्नो अस्तित्वको नाजूक अवस्थामा पुगेको कांग्रेसका बारेमा चर्चा गर्नुचाहिँ बढी उचित हुनेछ। २०१७ सालमा जे भएको भए पनि कांग्रेसले फेरि मौका नपाएको होइन। २०४७ सालपछि पनि उसले संसद्‌मा बहुमत पाएकै थियो। उसले आफ्नै कारण टिकाउन सकेन।

जसरी निर्माणका लागि एउटा अगुवा नायकको आवश्यक हुन्छ, त्यसरी नै विनाशका लागि पनि एउटा नायक–खलनायक जे नाम दिए पनि एउटा अगुवा आवश्यक हुन्छ। नेपाली कांग्रेसलाई विनाशको बाटोतर्फ उन्मुख गराउने कामका नायक गिरिजाप्रसाद कोइराला हुन्। शेरबहादुर, सुशील कोइरालाहरू त उनको पदचिह्नमा हिँड्ने अनुयायी मात्रै हुन्। जुन दिन आफ्नै पार्टीको सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन राज्यशक्ति र राज्यकोषको मात्रै प्रयोग गरिएन, १७ मिनेट टेलिभिजन भाषण नै गरेर एउटा राजनीतिक पार्टीको मर्यादा, चरित्र र अनुशासनको हत्या नै गर्न पुगे। त्यसपछि नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी होइन, जसरी पनि सत्तामा पुग्न चाहनेहरूको गिरोह बन्न पुग्यो।

नेपालजस्तो न्यून चेतना र गरिबी बाहुल्य समाज भएको देशमा राजनीतिक नेतृत्वले तस्कर र अपराधीसँग साँठगाँठ गरेर अकुत सम्पत्ति जम्मा गर्ने, त्यही सम्पत्ति बाँडेर समाजको ठूलो हिस्सामाथि कब्जा जमाउने र त्यसैका बलमा सत्तामा पुग्ने तथा टिक्ने गोलचक्कर बनाउँछन्। अथवा भ्रष्टाचारी, तस्कर र अपराधीसँग मिलेर अकुत साधनस्रोत जम्मा गर्ने र त्यसैलाई परिचालन गरेर समाजमा अपराधीकरणलाई विस्तार गर्दै त्यसको नेता बन्ने काम काम हाम्राजस्ता देशमा धेरैले गर्छन्। त्यस्तो अवस्थामा आफूलाई त्यस अनुकूल ढाल्न नसक्ने ठूलो जमात विस्थापित हुन पुग्छ।

त्यसैको परिणाम थियो– गणेशमान र कृष्णप्रसादले समेत कांग्रेस परित्याग गर्ने अवस्था आउनु। यसो भन्नु अनुपयुक्त नहोला, बीपीपछि गणेशमान र कृष्णप्रसादले छोड्नु परेको कांग्रेस निर्जीव मृत कांगे्रस नै हो। त्यसपछिको कांग्रेस भनेको सिद्धान्त, आचरण, नैतिकता सबै कुरो गुमाइसकेको एउटा जमात, जसमा संलग्न महत्त्वाकांक्षी व्यक्तिहरू जे गरेर पनि पैसा जम्मा गर्ने र त्यस पैसाबाट आफ्नो ग्याङ खडा गरेर सत्ता र सम्पत्तिको वार्गेनिङ गर्ने गिरोहरूको मोर्चाजस्तै बन्न पुग्यो। प्राडो, पजेरो, धमिजा, लौडाजस्ता अनेक काण्डका आडमा पार्टीको विभाजन र एकीकरणका निर्लज्ज खेलहरू हुनु स्वभाविक थियो।

कांग्रेसमा आएको यो चरम् पतनोन्मुखताबाट एमालेजस्ता अरू पार्टीहरू पनि अछुतो रहन सकेनन्। त्यसैको गर्भबाट माओवादीको जन्म भयो र माओवादीको सशस्त्र विद्रोह। संसदीय पार्टीहरूका चरित्र र आचरणले संवैधानिक भइसकेको राजालाई पनि अगाडि आउन बाटो खोलिदियो। यही परिस्थितिको मौका पाएर भारतले झाँक्री र बोक्सी दुवैको भूमिका निर्वाह गरेर १२ बुँदे सहमतिको परिस्थिति सिर्जना गर्‍यो।

गिरिजाको देहावसानपछि कांग्रेसलाई पुनर्जीवन दिने एउटा मौका फेरि आएको थियो तर त्यसपछिका सुशील कोइरालाको नेतृत्व त्यति ठूलो भार बहन गर्न सक्षम थिएन। त्यसैले नेतृत्वमा पुग्नासाथ उनले आफ्ना पूर्वविचारहरूलाई परित्याग गरेर गिरिजाकै पदचिह्नलाई अनुसरण गर्न पुगे। माओवादी नेताहरूको अयोग्यता, भ्रष्ट चरित्र र उनीहरू लडाकु सेनाहरूको विसर्जनपछि आतंक र भयबाट मुक्त भएको महसुस गरेका जनताले माओवादीलाई मत नदिनु स्वाभाविक थियो।

परिणाम त संविधान सभाले बनाएको संविधान घोषणा गर्दा कतै दीपावली त कतै कालो दिन भन्दै विरोध प्रदर्शन भए। यसरी बनाएको संविधान ठूलो विवादको घेरामा छ। यदि सुशीलले स्थानीय निर्वाचन गराएर दुई चार महिनापछि नै संविधान घोषणा गरेका भए पनि आकाश खस्ने थिएन। तर, त्यतिबेला स्थानीय चुनाव गराएकोे भए कांगे्रसको आधार बलियो बन्ने थियो र संविधान घोषणापछिको संसदीय निर्वाचनमा त्यही आधारले गर्दा चुनाव जित्न सजिलो हुने थियो। तर, त्यसो गरेनन् किन? गिरिजाप्रसादबाट शुरु भएको कांग्रेस नेतृत्वमा कांग्रेसप्रतिको मायाभन्दा तत्कालको फाइदा हेर्ने प्रवृत्ति बसेको कारणले नै हो। त्यसपछि पनि उनले पूर्वसहमतिअनुसार प्रधानमन्त्रीका लागि प्रतिस्पर्धा नगरेको भए राष्ट्रपतिलगायत अनेक पदबाट कांग्रेस बञ्चित हुने थिएन।

अहिलेका कांग्रेस सभापति शेरबहादुर त गिरिजा–सुशीलहरूकै अझ विकृत उत्तराधिकारी हुन्। उनले सम्पूर्ण विधि, विधान, इमान, धर्म, लोकलाज सबै छोडेर आफ्नो र आफ्नो ग्याङका लागि मृत कांगे्रसको लास बेच्न खोज्नु अस्वभाविक होइन। त्यसैले कांग्रेसलाई कसैले समाप्त पार्न लागिरहेको नभएर कांग्रेसको आफ्नो नेतृत्वले नै यसलाई विसर्जन गर्न लागिरहेको छ। एउटा राजनीतिक पार्टी जतिसुकै ठूलो र गौरवपूर्ण इतिहास बोकेको भए पनि धर्म छोडेपछि जीवित रहन सक्दैन।

नेपालको सामाजिक, सांस्कृतिक र भू–राजनीतिक अवस्थाले गर्दा राजसंस्था समाप्त हुनु, एउटा लामो इतिहास बोकेको मध्यमार्गी प्रजातान्त्रिक पार्टी यो अवस्थामा पुग्नु र संसारभर लोप हुँदै गएको कम्युनिष्ट नामको बहुरूपी र बहुरंगी जमात बलियो भएर आउनु नेपालको निम्ति त खतरा छ नै, त्योभन्दा पनि बढी यो क्षेत्रका निम्ति नै गम्भीर खतरा उत्पन्न हुने सम्भावना बढ्दै गएका छन्।

विगतमा कांग्रेसलाई कमजोर बनाएर आफ्नो तत्कालीन स्वार्थ हेर्ने दरबार र कथित कम्युनिष्ट नामका बहुरूपी तत्त्वसँग मिलेर राजा समाप्त पारेकोमा प्रगतिशील भएको भ्रममा परेको कांग्रेस र तत्कालको अहं तुष्टिका लागि कहिले राजालाई त कहिले कांगे्रसलाई पाठ सिकाउन भारतको नेतृत्व वर्गले जुन तत्त्वलाई प्रयोग गर्‍यो, यदि त्यही कारणले यो क्षेत्रमा अस्थिरता र अशान्ति बढ्यो भने सबैभन्दा प्रभावित हुने भारत नै हुने छ। त्यसैले राजा गए, अब कांग्रेसको पालो र त्यसपछि के भन्ने कुरा झन् जटिल र भयावह छ।

लोकप्रिय

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

साताको शेयर बजारः साढे छ अर्ब माथिको कारोवार

२०७६, ४ माघ शनिबार १८:२५

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

स्ववियु निर्वाचनको तयारीसँगै शैक्षिक मुद्दामा विद्यार्थी सङ्गठन

२०७६, ३ माघ शुक्रबार २०:३१

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

युवामाझ प्रचलित बन्दै तान्त्रिक यौन सम्बन्ध

२०७६, ४ माघ शनिबार १७:१६

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

प्रेमिकाको हत्या गरेको टेलिभिजनमा स्वीकार

२०७६, ४ माघ शनिबार १६:५२

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माणका लागि यस वर्ष नै ठेक्का

२०७६, ५ माघ आईतवार ०७:०८

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

गणतन्त्र स्मारक आगामी जेठ १५ देखि खुला गरिँदै

२०७६, ५ माघ आईतवार ०७:१६

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

भलिबल क्लब च्याम्पियनसिप : त्रिभुवन आर्मी विजयी

२०७६, ३ माघ शुक्रबार १७:४८

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

मेलबर्नको रोमाञ्चक जितमा सन्दीपको मध्यम बलिङ

२०७६, ४ माघ शनिबार १३:४१

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

जाँगर र सीप चाहिन्छ :पैसा कमाउन कही जानुपर्दैन

२०७६, ३ माघ शुक्रबार ०९:११

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

जन्ती बोकेको ट्रयाक्टर बाख्रालाई जोगाउन खोज्दा दुर्घटना

२०७६, ४ माघ शनिबार १९:०३

रोकिएन छाउपडी गोठ बनाउन

रोकिएन छाउपडी गोठ बनाउन

२०७६, ५ माघ आईतवार ०८:०७

ताेलामा २ सयले बढ्याे सुन मुल्य

ताेलामा २ सयले बढ्याे सुन मुल्य

२०७६, ५ माघ आईतवार १२:४५

आइतबार सार्वजनिक विदा

आइतबार सार्वजनिक विदा

२०७६, ४ माघ शनिबार १८:१९

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

पूर्व मिस नेपाल शृंखला सिसनको प्रेममा

२०७६, ४ माघ शनिबार १५:२२

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

सभामुख बन्न खोजेको होईन् – जनार्दन शर्मा

२०७६, ३ माघ शुक्रबार २१:११