काठमाडौं – मण्डला नाटकघरको हर्ताकर्ता समेत रहेका राजन खतिवडा जिम्मेवारीमुक्त भएका छन्। यौन दुर्व्यवहारको आरोप लागेपछि खतिवडा मण्डला नाटक समूहको महासचिव पदबाट हटाइएका हुन्।

मण्डला नाटक समूहकी अध्‍यक्ष सृजना सुब्बाले विज्ञप्ति जारी गरी समूहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयंले आफूबाट अञ्जानमा गल्ती भएको हुनसक्ने बताउँदै जानकारी गराएकी छिन्।

‘खतिवडा आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तिमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ,’ विज्ञप्तीमा भनिएको छ।

लैंगिक हिंसा र यौन दुर्व्यवहारसम्बन्धी घटना निराकरण गर्नमा संस्थागत रुपमै मण्डला नाटक समूह कटिबद्ध रहेको उनले विज्ञप्तिमा उल्लेखमा गरेकी छिन्। उक्त घटनाको छानवीन र आवश्यक कारवाही गर्दै बृहत छलफल गर्न संस्था तयार भएको विज्ञप्तिमार्फत प्रष्ट पारिएको छ।

यौन दुर्व्यवहारको घटनासम्बन्धमा अभिव्यक्ति बारे।

                  प्रस्तुत विषयमा हाल नेपालमा चलिरहेको महिला हिंसा विरुद्धको अभियानको क्रममा नेपाली रंगमञ्चमा समेत लैंगिक हिंसा र यौन दुर्व्यवहारसम्बन्धी घटनाहरु भइआएको समाचार विभिन्न माध्यमबाट आइरहेको छ । यस विषयमा हाम्रो संस्थाको आधिकारिक धारणासम्बन्धमा समूमा छलफल हुँदा लैंगिक हिंसा र यौन दुर्व्यवहारसम्बन्धी घटनाहरुमा हाम्रो संस्था समेत संवेदनशील रहेको र यस्ता घटनाविरुद्धका अभियानहरुमा हाम्रो समर्थन तथा ऐक्यवद्धता रहेको जनाउन चाहन्छौं । यस्ताखाले प्रवृत्तिबाट रंगमञ्चलाई बचाउन र रंगमञ्चको गरिमा उच्च राख्न हामी सदैव प्रयत्नशील रहने जानकारी गराउन चाहन्छौं । नाटकमार्फत सवैखाले सामाजिक मुद्दामा कलात्मक भाषामार्फत आफ्ना विचार राख्दै आएको यस नाटक समूहले नाटकीय गतिविधिबाहेक खुला बहस तथा छलफलहरुमा समेत सहभागिता जनाउने बेला आएको ठहर गर्दै त्यसप्रति हामी प्रतिवद्ध रहेको जानकारी गराउन चाहन्छौं।

आफ्नो कठिन समयको बारेमा खुलेर बोल्नुहुने र आफ्नो आवाज राख्नुहुने सवै महिला रंगकर्मीहरुप्रति सम्मान तथा समानुभूति प्रकट गर्न चाहन्छौं । यस समूहका महासचिव राजन खतिवडाविरुद्ध समेत आरोप आएको सन्दर्भमा खतिवडा स्वयम्ले आफूबाट अन्जानमा गल्ति भएको हुनसक्ने बताउँदै आत्मालोचना गरेका कारण र घटनाको निष्पक्ष छानविनका लागि सहज वातावरण बनाउन संस्थाको पदीय जिम्मेवारीबाट बाहिर रहन चाहँदै सामाजिक नैतिकताका आधारमा राजिनामा दिएका कारण उनलाई कम्तिमा १ वर्षका लागि महासचिवको पदबाट जिम्मेवारीमुक्त गरिने निर्णय गरिएको छ ।

नेपाली रंगमञ्चमा कार्यरत एक जिम्मेवार संस्थाको हिसावले यस किसिमका घटनाहरु निराकरण गर्नमा हाम्रो दायित्व समेत हुन आउने भएकोले त्यसका लागि संस्थागत रुपमै लागिपर्न मण्डला नाटक समूह नेपाल कटिवद्ध छ । यससम्बन्धमा आइरहेका समाचारहरुमाथि छानविन र आवश्यक कारवाही गर्दै त्यसका लागि बृहत छलफल गर्नसमेत संस्था तयार भएको जानकारी गराउन चाहन्छौं । यसका लागि सहयोग गरिदिनहुन सवै रंगकर्मी समुदाय तथा सरोकारवाला निकायहरु समक्ष हार्दिक आह्वान गर्दछौं ।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३