– लक्ष्मणराज सत्याल

आजभन्दा ४८ वर्ष अघिलाई अर्धशताब्दी नै भन्नु वेश होला। कर्णाली अञ्चलअन्तर्गत पर्ने तिवृकोट हाल कालीकोट भनिने जिल्लामा पञ्चायतको सचिवको हैसियतमा काम गर्ने गरी गृह मन्त्रालयबाट मेरो सरुवा भयो। अझै पनि मन्त्रालयका हाकिमहरू आफ्ना मातहतका कर्मचारीसँग रिस उठ्यो भने ‘कर्णाली अञ्चल जाने विचार छ कि क्या हो’ भनी धम्क्याउने गर्छन्।

मन्त्रालयको ४ सय रुपैयाँको जागिरले आफू, श्रीमती र दुई छोरीको लालनपालन गर्न मुस्किल पर्‍यो। त्यहाँ सरुवा हुन पायो भने शतप्रतिशत थप भत्ता र बेला–बेलामा हुने दैनिक तथा भ्रमण भत्ताले त दैनिकी राम्रैसँग चल्ने र हाकिमको रवाफिलो जागिर पनि हुने रहरले कर्णाली नै रोजियो। त्यतिबेलाका मन्त्रालयका सचिव सुन्दरप्रसाद शाहसमक्ष मैले अनुरोध गरेँ। उनी दैनिक मैतीदेवी दर्शन गर्न बिहान आउँथे, म पनि दर्शन नगरी भात खान्नथेँ। उनी ज्ञानेश्वर बस्ने, म मैतीदेवी। दिनहुँको भेटघाटले आत्मीयता नभनौँ, निकटताको कतै टुसा पलाएकै कारणले मेरो चाहना पूरा गरिदिएकाले उनी यो लोकमा नहुँदा पनि उनीप्रति मेरो स्मरण ताजै छ।

कुन परिबन्दले त्यो विमान प्याक भएको हो, त्यसको जानकारी मेरो स्मरणमा छैन। पैदल यात्राको कष्ट भने भोग्नु परेन। पूरै जहाज रिजर्भ गर्दा पनि प्रतिव्यक्ति ३ सय १५ रुपैयाँ पर्‍यो अर्थात् जम्मा २ हजार ३ सय रुपैयाँ तिरेको हुनुपर्छ। पूर्ण सम्झना भने छैन।

मुस्किलले वीरगञ्ज र तालिम लिन जाँदा भरतपुरसम्म देखेको ज्यानले ओहो पेटभरी दालभात खाने रहरले दुर्गम क्षेत्र रोज्नु कतै गलत त गरिएन भन्ने चिन्ताले केही दिन तनावले बित्यो। कर्णाली अञ्चल न हवाई मार्गको व्यवस्था न बाटोघाटोको नै सुविधा। सुर्खेत भई जानु पर्दा पनि पैदलै १५ दिन लाग्ने। सम्झँदा पनि यतिबेला के अनौठो काम रोजिएछ भन्ने लाग्छ। खै कसो–कसो त्रिभुवन विश्वविद्यालयले पिलाटस पोर्टरको नामले चिनिने पाँच सिटे विमान छ भन्ने कुरा जानकारी दिएको थियो।

तिवृकोटको सीडीओ माधव उपाध्याय, जुम्लाका सहायक अञ्चलाधीशसमेत गरी ४–५ जनाको समूह भएकाले त्यो पिलाटस पोर्टर सर्भिसका रूपमा नभए पनि र गृहकै स्टाफ भएकाले रिजर्भ गरी जाने भयौँ। कुन परिबन्दले त्यो विमान प्याक भएको हो, त्यसको जानकारी मेरो स्मरणमा छैन। पैदल यात्राको कष्ट भने भोग्नु परेन। पूरै जहाज रिजर्भ गर्दा पनि प्रतिव्यक्ति ३ सय १५ रुपैयाँ पर्‍यो अर्थात् जम्मा २ हजार ३ सय रुपैयाँ तिरेको हुनुपर्छ। पूर्ण सम्झना भने छैन।

उनी ‘सादा जीवन उच्च विचार’ले ओतप्रोत रहेछन् भन्ने कुरा पछि थाहा भयो। उनले त्यही साँझ मलाई भने, ‘तपाईं सारै निराश देखिनुभएको छ, कारण सोध्ने आवश्यकता छैन। काठमाडौँको मान्छे दुर्गम क्षेत्रमा आउनुभएको छ। अफिसियल काम गर्नु त पर्छ तर धेरै धसिनु पर्दैन, सानो जिल्ला छ।

हामी सबै त्यतिबेलाका अञ्चलाधीश बद्रीविक्रम थापाकै निवासमा उनको पाहुना बन्यौँ। तेस्रो दिन सीडीओ तिवृकोट गए। दामोदर उपाध्यायको अफिस त्यहीँ भएकाले उनी आफ्नै क्वार्टरमा सरे। मलाई भने अञ्चलाधीशले अझै २–४ दिन अञ्चलाधीश कार्यालयमा काज बस्ने र मेरै क्वार्टरमा बस्ने भने। उनीसँग न कुनै नातागोता न त चिनजान नै थियो। किन यसो भनेको होला भनी मैले विचारै गर्न सकिनँ। सीडीओ र सहायक अञ्चलाधीशले मुखामुख गरे। अञ्चलाधीशको आदेश ‘हाँ–नाँ’ भन्ने कुरै भएन।

साँझ क्वार्टरमा एउटै कोठामा बिछ्यौना लागेछ। साँझ मःमको डिनर खाइयो। उनी ‘सादा जीवन उच्च विचार’ले ओतप्रोत रहेछन् भन्ने कुरा पछि थाहा भयो। उनले त्यही साँझ मलाई भने, ‘तपाईं सारै निराश देखिनुभएको छ, कारण सोध्ने आवश्यकता छैन। काठमाडौँको मान्छे दुर्गम क्षेत्रमा आउनुभएको छ। अफिसियल काम गर्नु त पर्छ तर धेरै धसिनु पर्दैन, सानो जिल्ला छ। यो अञ्चल सम्पदा र संस्कृतिमा अब्बल छ। अध्ययन–अनुसन्धान गर्नुस्, सबै कुरा राम्रो हुन्छ। खासगरी आफूलाई चिनाउन कोशिश गर्नुस्।’ उनको दिव्यवाणी यही थियो।

कर्णाली अञ्चलको बसाइमा देखेको र भोगेको रौनक र घोचक प्रसङ्गहरू छन्। जुन त्यहाँ नगएको भए यी हरफहरू कोरिने थिएनन्। भाषाको अज्ञानताले त्यहाँ पुगेको रात झन्डै भोकै बस्नु परेको प्रसङ्ग लेख्दा आज पनि हाँसो उठ्छ। साँझपख तिवृकोट पुगियो। प्रतीक्षारत स्टाफहरूसँग कुरा हुनु स्वभाविक थियो।

आफ्नो भने न दूर दृष्टिकोण न कुनै ठूलो अध्ययन अनुसन्धान। केही पनि छैन। मन्त्रालयमा टिप्पणी र आदेश लेखेर जागिर खाएको मान्छे, खै उनले कुन दृष्टिले मलाई हेरे, थाहा छैन। एक मन त लाग्यो, भनिदिऊँ म त्यस किसिमको मान्छे होइन र मेरो नियन्त्रणभित्र त्यस प्रकारको क्षमता छैन भनेर। हा, ना केही भनिनँ। ३० वर्षपछि २–४ हरफ लेखेर पत्रपत्रिकामा छपाउने गरेको पनि २५ वर्ष भइसकेछ। बल्ल थाहा भयो, मेरो ललाटमा त्यस्तो केही रहेछ र नै उनको दृष्टि मप्रति पर्न गएको रहेछ। मेरो कसैलाई परिचित गराउँदा, ‘ए तपाईं त पत्रपत्रिकामा पनि लेख्नुहुन्छ क्यारे होइन?’ भन्थे। धन्यवाद बद्रीविक्रम ! ममाथि दृष्टि पर्न गएकाले नै मेरो यो क्षमता विकास भएको हुनुपर्छ। ‘धन्य बद्रीविक्रम ! तपाईं यो लोकमा नभए पनि सम्झने मौका पाएँ। आज पो थाहा पाएँ, कर्णाली अञ्चल त संस्कृति र सम्पदाको धनी पो रहेछ।’

कर्णाली अञ्चलको बसाइमा देखेको र भोगेको रौनक र घोचक प्रसङ्गहरू छन्। जुन त्यहाँ नगएको भए यी हरफहरू कोरिने थिएनन्। भाषाको अज्ञानताले त्यहाँ पुगेको रात झन्डै भोकै बस्नु परेको प्रसङ्ग लेख्दा आज पनि हाँसो उठ्छ। साँझपख तिवृकोट पुगियो। प्रतीक्षारत स्टाफहरूसँग कुरा हुनु स्वभाविक थियो। पूर्वनिर्धारित डेरामा बोरा बिस्तारा पुर्‍याइयो। पियन धनिराम मेरो सेवाका लागि खटिएका रहेछन्। सरको खर्च भयो? भनी सोध्ने काम गरे उनले, खर्च भयो भन्ने जवाफ दिएँ मैले। रात छिप्पिन लागेको थियो। धनीराम आफ्नो बिछ्यौनातर्फ लागे। मेरो पनि उनले ओच्छ्यान मिलाइदिए।

अहिले पनि त तिवृकोट विकटै छ। त्यहाँका मान्छे ठूलो हुँदासम्म बाँच्नु नै ठूलो कुरा हो। खाद्यान्न अभावको कुरा त छँदै छ। औषधिको कुरा त कहाँ छ कहाँ। हस्पिटल र स्वास्थ्य चौकी देखाउने दाँतमात्र हो। त्यतिबेलाका डा. महेन्द्र विष्टको उपस्थिति डाक्टर छन् भन्नेसम्म मात्र हो।

मैले सम्झेँ, सुत्ने बेला भएछ। आफ्नो भने पेटमा मुसा कुदिरहेको थियो। मैले उनलाई भने, धनीराम भात पकाउने सुरसार त छैन नि। विस्मित हुँदै उनले भने, ‘ओहो सरले खर्च भयो भन्नुभएको होइन?’ ‘खर्च भयो’को मतलव खाना खानुभयो भन्ने अर्थ रहेछ। मैले भयो भनेपछि हाकिम भोको छैन। खाना खाएरै आएको रहेछ भन्ने बुझ्नु पनि अनौठो भएन। त्यो रात भात नखाए पनि पेट भर्ने काम भयो। भाषाको अज्ञानताले झन्डै बिचल्ली भएको जीवनले भोगेको यो रोचक प्रसङ्ग म कहिले पनि बिर्सन सक्दिनँ।

अहिले पनि त तिवृकोट विकटै छ। त्यहाँका मान्छे ठूलो हुँदासम्म बाँच्नु नै ठूलो कुरा हो। खाद्यान्न अभावको कुरा त छँदै छ। औषधिको कुरा त कहाँ छ कहाँ। हस्पिटल र स्वास्थ्य चौकी देखाउने दाँतमात्र हो। त्यतिबेलाका डा. महेन्द्र विष्टको उपस्थिति डाक्टर छन् भन्नेसम्म मात्र हो। तै पनि जुम्ला आउँदा हाकिमको नाताले २–४ थान औषधि पाएकोमै आजसम्म उनी धन्यवादको पात्र छन्। गएको २–४ दिनपछि पिलो आयो। न सुत्नु हुन्छ न बस्न, घोडा चढेर तिवृकोटसम्म आएर निचोर–नाचोर पारेर निको पारिदिनु मेरालागि क्यान्सर निको पारेबराबर नै भयो।

जुम्ला पिछडिएको त छँदै छ, अझ यहाँका नारी जातिले भोग्नु परेको पीडा त बिर्सिनसक्नु छ। सुत्केरी हुँदा गाईगोठमा स्थान दिइन्छ। हेर्नुस् दुर्दशा। यसमाथि लोग्नेमानिस स्वास्नीमान्छेहरूप्रति पटक्कै संवेदनशील छैनन्। यो अज्ञानता शिक्षाको अभावमा भएको भन्न अप्ठ्यारो लाग्दैन। प्रायः खाद्य अभाव बाह्रै महिना हुने गर्छ।

त्यहाँसम्म आएर औषधि पाउनु भनेको के हो के हो। रोग लागेर आम नागरिकले औषधि पाएको कारणबाट बाँचेको रेकर्ड सायद जुम्लाबासीसँग छैन। हुँदैन, छ भने त्यो संयोग मात्र हुन सक्छ। जुम्लाको एउटा कुरा असाध्य नराम्रोसँग सम्झन्छु। असाध्य पीडा हुनेगरी कहीँ कतै घाउ छ भने त्यो घाउमा पन्यु तताएर डाम्ने चलन सम्झन्छु। सम्भवतः त्यो घाउ क्यान्सर हुन सक्छ। डाम्दा घाउ सञ्चो हुन्थ्यो रे। त्यो डाम्नु भनेको अहिले रेडियम दिने हो भन्ने लाग्छ। ठूलो घाउको कीटाणु मरेर दुःखाइ कम भएको पो हो कि, म विशेषज्ञ नभएको कारणले त्यही नै हो भन्ने मेरो अडान होइन।

यस्ता अनेकौँ दुखद अवस्थाहरू जुम्लीले भोगेका छन्। जुम्ला पिछडिएको त छँदै छ, अझ यहाँका नारी जातिले भोग्नु परेको पीडा त बिर्सिनसक्नु छ। सुत्केरी हुँदा गाईगोठमा स्थान दिइन्छ। हेर्नुस् दुर्दशा। यसमाथि लोग्नेमानिस स्वास्नीमान्छेहरूप्रति पटक्कै संवेदनशील छैनन्। यो अज्ञानता शिक्षाको अभावमा भएको भन्न अप्ठ्यारो लाग्दैन। प्रायः खाद्य अभाव बाह्रै महिना हुने गर्छ। सरकारबाट प्राप्त हुने खाद्यान्न, संस्थानबाट वितरण हुने चामल तर गाउँ–गाउँबाट आउने जनता रित्तो हात फर्कने गरेको देखिन्छ। कर्मचारी वर्गले भने सास्ती बेहोर्नु पर्दैन।

स्थानीय तहमा उत्पादन हुने चामल, फापर र आलुले मुस्किलले जीवन धान्ने गरेका छन्। अरू क्षेत्रमा जे जसो भए पनि राजनीतिक क्षेत्रमा भने त्यहाँका जनता निकै जागरुक देखिन्छन्। आफ्नो गुटबाहेक अर्को गुटको सार्कीले विरोधीको जुत्तासम्म पनि सिउँदैन भन्ने भनाइ छ। जुम्ला बजारमा अवस्थित चन्दननाथ मन्दिरले कर्णाली अञ्चललाई परिचित गराउँछ। हालको अवस्थामा ५० वर्षअघिको कर्णाली अञ्चललाई कसरी हेर्न मनासिब हुन्छ, त्यसको छुट्टै पाटो छ।

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९