काठमाडौं – प्राइम कमर्शियल बैंक र ओम डेभलपमेन्ट बैंकलाई नेपाल राष्ट्र बैंकले मर्जरको विषयमा सहमति नतोड्न भन्दै आगामी शुक्रबारसम्म मर्ज नभए आवश्यक कारबाही अघि बढाउन सक्ने चेतावनी दिएको छ। प्राइमले ओमलाई प्राप्ति गर्न नौ महिनाअघि नै सहमतिपत्रमा हस्ताक्षर गरेर नियामक निकायबाट अनुमति लिइसकेपछि समेत हालसम्म मर्ज नभई पछि हटेपछि राष्ट्र बैंकले त्यस्तो चेतावनी दिएको हो।

मर्जरका लागि राष्ट्र बैंकले ६ महिनाअघि नै सैद्धान्तिक सहमति दिइसकेर अहिलेसम्म पनि दुई संस्था मर्ज नभएपछि राष्ट्र बैंकले हिजो आइतबार बालुवाटार बोलाएरै सहमति नतोड्न भनेको हो। राष्ट्र बैंकले दिएको सैद्धान्तिक सहमतिअनुसार आगामी शुक्रबारसम्म दुई संस्थाहरूबीच मर्जर भइसक्नुपर्नेछ। मर्जरमा जाने समयसीमा आगामी शुक्रबारसम्म मात्रै भएको तर मर्जरमा जान अनिच्छुक देखिएपछि दुवै संस्थाका प्रतिनिधिलाई बोलाएर सम्झाइएको राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले जानकारी दिए।

उनले भने, ‘पहिले मर्जरमा जान्छौं भनेर सहमति गरे, राष्ट्र बैंकबाट स्वकिृतिसमेत लिए, स्वीकृति लिएको ६ महिना बितिसक्दा समेत मर्जर भएनन्, भइसकेको सहमति पनि तोड्न लागेपछि दुवै पक्षलाई बोलाएर सोधपुछ गरिएको हो। अब आगामी शुक्रबारसम्म मर्ज नभए आवश्यक कारबाही अघि बढ्छ।’

उनले थपे, ‘हामीले अहिले सम्झाएका मात्रै हौं, ओमले सहमति पालना गरेन भन्ने प्राइमको कुरो छ, ४÷५ दिनमा मिल्ने कोसिस गर भनेका छौं, त्यो समयसम्ममा पनि मिलेनन् भने हामी आवश्यक कारबाही अघि बढाउँछौं।’ उनले मिलेनन् भने कारण माग गरिने जानकारी दिए। कारण मनासिव देखिए कारबाही नहुने नत्र विनियमावलीमा तोकिएअनुसारको कारबाही गरिने उनको भनाइ छ।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४