शंकर लुइँटेल
विराटनगर, २३ पुस। विराटनगरस्थित बालसुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका राखिएको छ। नयाँ ऐन कार्यान्वयन भएपछि सुधार गृह खचाखच भएको हो।

नयाँ मुलुकी ऐनले १८ वर्ष मुनिका बालबालिकालाई सुधार गृहमा राख्ने व्यवस्था गरेको छ। यसअघि १६ वर्ष मुनिकालाई मात्र राखिन्थ्यो ।

५० जना क्षमताको सुधार गृहमा अहिले १ सय ३ जना बालक छन्। क्षमताभन्दा दोब्बर बालक हुँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको सुधार गृहका इन्चार्ज मिलन चौहानले बताए।

बालबालिकालाई सुत्नको पनि समस्या भएको बताउँदै उनले भने, ‘पठनपाठन गराउन पनि समस्या छ। उनीहरूको चाप बढी हुँदा स्वास्थ्य समस्या देखिने गरेको छ। छालासम्बन्धी र सरुवा रोग फैलने जोखिम छ।’ बढी उमेरका बालकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा चुनौतीसमेत बढेको इन्चार्ज चौहानले बताए।

अदालतबाट विज्याइ गरेको ठहर भएका १८ वर्ष मुनिका बालबालिकालाई पुनः समाजमा स्थापित गराउन सुधार गृहमा परामर्शसहित राखिन्छ। उनीहरूको व्यवहारमै परिवर्तन ल्याउन वयस्कभन्दा अलग्गै राख्ने गरिएको हो। बालविज्याइ ठहरिएका बालक ६ महिनादेखि १३ वर्षसम्म सुधार गृहमा बस्नुपर्ने हुन्छ।

नयाँ ऐन कार्यान्वयनपछि सुधार गृहमा बालकको चाप झनै बढेको सामाजिक कार्यकर्ता सरोज निरौलाले बताए। बालकको संख्या बढी हुँदा उनीहरूको दैनिक आनिबानीको विश्लेषणमा पनि समस्या छ। अवधि पूरा गरेर घर गएकाहरूको पनि ६ महिनासम्म व्यवहारको निगरानी गरिन्छ।

१७ वर्ष ११ महिनामा बालविज्याइ गर्ने बालबालिका अदालती प्रक्रिया पूरा गरिसक्दा १८ वर्षको भइसकेका हुन्छन्। उनीहरूलाई पनि अदालतले सुधार गृह नै पठाइदिने गरेको निरौलाले बताए।

मोरङ बालसुधार गृहमा भएका बालबालिकालाई व्यवस्थापन गर्नु बाहेकको विकल्प नभएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले बताए। उनले एउटै खाटमा दुईजना सुताएर, खाटमा तला थपेर व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए।
बालकहरूको मनोवैज्ञानिक अवस्था बुझ्न मनोविमर्शकर्ताले बालकहरूसँग परामर्श गर्छन्। उनीहरूलाई वर्षको एक पटक व्यावसायिक र शीप विकासको तालिम प्रदान गर्ने गरिएको सामाजिक कार्यकर्ता निरौलाले बताए।

झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीबाट आउने अभिभावकलाई हप्तामा दुई पटक भेट्ने समय दिइएको छ। अन्य टाढाको जिल्लाबाट आउनेलाई जुनसुकै दिन आए पनि भेट्न पाउने उनले बताए।

सुधार गृहमा दरबन्दी भएका शिक्षक अन्यत्रै कार्यरत
नेपाल सरकारको मन्त्रिपरिषद्ले २०६९ सालमा बालसुधार गृहमा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो। तत्कालीन जिल्ला शिक्षा कार्यालयले सुधार गृहका लागि दुई शिक्षक दरबन्दी तोकेको थियो तर दरबन्दी तोकिएका शिक्षक भने अन्यत्रै कार्यरत छन्।

शिक्षा कार्यालयले बालसुधार गृहमा प्रौढ विद्यालयको मात्र मान्यता दिएको इन्चार्ज मिलन चौहानले बताए। सुधार गृहमा ५ कक्षाभन्दा माथिको पठनपाठन हुने गरेको छ। प्रौढ कक्षाका एक जना शिक्षक र एक निजी गैरसरकारी संस्थाको सहयोगमा आएका दुई शिक्षकले पढाइरहेका छन्।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

‘बढी शुल्क फिर्ता गराउ, मेडिकल कलेजहरुलाई कडा कारबाही गर’

‘बढी शुल्क फिर्ता गराउ, मेडिकल कलेजहरुलाई कडा कारबाही गर’

४ चैत्र २०७५, सोमबार