निरा गौतम, पटना – सुर्खेत गुरुबाकोट नगरपालिकाकी रुपा रानाले भारतको पटनामा सम्पन्न अन्तर्राष्ट्रिय कराते च्याम्यिनसिप तथा किक बक्सिङमा उत्कृष्ट प्रदर्शन गर्दै दुई स्वर्ण पदक जितेर सबैलाई चकित पारिन्। उनले विदेशी भूमिमा स्वर्ण पदक जितेर नेपालको नाम राख्ने धोको यसपटक पनि पूरा गरिन्।

यसअघि भारतको पुनामा भएको च्याम्पियनसिपमा समेत स्वर्ण पदक हात पारेकी उनले अहिले पनि इतिहास दोहोर्‍याइन्। कातातर्फको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेकी रानाले कुमितेतर्फ सिनियर उमेर समूहमा अर्को स्वर्ण पदक जितिन्। गोजुरियो कराते डो मिसन सङ्घका संस्थापक तथा नेपालका प्रमुख प्रशिक्षक केबी रानाको प्रशिक्षणले खारिएकी रानाको योसँगै स्वर्ण पदकको संख्यव १७ पुगेको छ।

यसअघि सन् २०१७ मा भारतको दिल्लीमा सम्पन्न च्याम्यिनसिपमा स्वर्ण पदक जितेका उनले फेरि पटनामा पनि भारतीय खेलाडीलाई पराजित गरे। १४ वर्षदेखि मिसन सङ्घमा आबद्ध रहेर सीप निखारिरहेका थारूको भविष्यमा कुशल प्रशिक्षक हुने धोको छ। आमा सनउइको प्रेरणाले कराते खेल्न थालेका सन्तुलाई अहिलेसम्म कुनै पनि प्रतियोगितामा दोस्रो हुनुपरेको छैन। सन् २००४ मा दिल्लीमा भएको च्याम्यिनसिपमा पहिलो स्वर्ण पदक जितेका उनी नेपाली टिमका सिनियर खेलाडी हुन्।

रुपन्देहीको शङ्करनगर–१ कि १८ वर्षीया शिवानी बस्नेतले पनि भारतमा आयोजित अन्तर्राष्ट्रिय करातेमा राम्रो प्रदर्शन गरी स्वर्ण पदक जितिन्। यसअघि भएका अन्तर्राष्ट्रिय प्रतियोगितामा राम्रो छवि बनाएकी उनले स्वर्ण पदकको संख्या पाँच पुर्‍याइन्। बाह्र वर्षको उमेरदेखि मिसन सङ्घमा आबद्ध भएर कराँते खेल्न थालेकी शिवानीको भविष्यमा अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट कराँते खेलाडी बन्ने लक्ष्य छ।

कास्कीबाट रुपन्देहीको सियारी गाउँपालिका झरेकी २० वर्षीया छिरिङ गुरुङले पनि भारतको पटनामा भएको अन्तर्राष्ट्रिय कराँतेमा उत्कृष्ट प्रदर्शन गर्दै कराँतेका च्याम्पियन बने। नौ वर्षदेखि मिसन सङ्घमा आबद्ध भएर कराते खेल्न शुरु गरेकी गुरुङले योसँगै दुई वटा स्वर्णपदक जितेकी छन्।

बिहारको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्टस् कम्पेलेक्समा सम्पन्न खेलमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गरी सबैलाई चकित पारे। “नेपाली खेलाडी राम्रो खेल्छन्”, अल इण्डिया सितोरयो कराते डो एकेडेमीका अध्यक्ष राजु थापा भन्छन्, “नेपालका प्रशिक्षक केबी रानाको प्रशिक्षणले कहिल्यै हार्दैन।” समूह विजेता बनेपछि खेलाडीले पाटलीपुत्र स्पोर्ट्स स्टेडियममा राष्ट्रिय झण्डासहित खुशी मनाउँदा नेपाली खेलाडीप्रति गर्व महसुस भएको मिसन सङ्घका रुपन्देही अध्यक्ष उमेश थापामगरले बताए।

च्याम्पियनसिपमा नेपालका सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै २० स्वर्ण पदक जितेपछि प्रशिक्षक केबी रानाको प्रशिक्षण कलाको चर्चा भयो। भारत, बङ्गलादेश, भुटानका प्रशिक्षकले खेल मैदानमै पुगेर रानालाई बधाई दिँदै उनको प्रशिक्षणको खुलेर प्रशंसा गरे। “ठीक समय, ठीक पोशाक, ठीक ठाउँ नै मेरो मूलमन्त्र हो”, प्रशिक्षक रानाले भने, “जितका लागि खेलाडी स्वस्थ, असल र रामो संस्कार भएको हुनुपर्छ।”(रासस)

लोकप्रिय

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

प्रधानमन्त्री रोजगार कार्यक्रम: रकम सक्न बहाना खोज्दै जनप्रतिनिधि

२०७६, १ असार आईतवार १९:०९

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

गर्मीले विद्यार्थी ढल्न थालेपछि विद्यालय बन्द

२०७६, ३२ जेष्ठ शनिबार १८:५९

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

नाँच

नाँच

२०७६, ३२ जेष्ठ शनिबार १२:३५

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

गरिबका लागि बनाइएका अपार्टमेन्टमा सुरक्षागार्ड र प्रहरी बिट !

२०७६, १ असार आईतवार २०:४७

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

सगरमाथाको काखमा योग दिवस (फोटोफिचर)

२०७६, १ असार आईतवार १३:३८

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

हङकङ सरकारले सुपुर्दगी विधेयक स्थगित गर्‍यो

२०७६, ३२ जेष्ठ शनिबार १४:५१

योजनाबद्ध शोषणको युग

योजनाबद्ध शोषणको युग

२०७६, ३२ जेष्ठ शनिबार १८:१२

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

उपभोक्ता समितिले सय रुपैयाँको काम गर्दैनः मेयर सरावगी

२०७६, ३२ जेष्ठ शनिबार १४:२८

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

बजेट बनाउन व्यस्त कर्णाली प्रदेश सरकार

२०७६, ३२ जेष्ठ शनिबार १३:४६

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

बाँचुञ्जेल नेता बन्ने पराकाष्ठा

२०७६, ३२ जेष्ठ शनिबार ०६:५९

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

सरकारले दुई तिहाईको दम्भ नदेखाउँदा हुन्छ : प्रमोद साह

२०७६, १ असार आईतवार ११:३८