प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २२ गते आइतबार संसदमार्फत देशलाई गरेको सम्बोधनले कुनै पनि औचित्य स्थापित गर्न सकेन। मुलुकका जल्दाबल्दा मुद्दालाई एकातिर पन्छाएर गरिएको यो सम्बोधन नितान्त झूटको पुलिन्दा भएको सबै सञ्चारमाध्यमले चिच्याई–चिच्याई भनिरहेका छन्। सम्बोधनमार्फत मुलुकको विभिन्न आर्थिक सूचकांकलाई आफू अनुकूल तोडमरोड गर्दै गलत तथ्यांक प्रस्तुत गरिरहँदा मुलुकका अर्थविद्हरु व्यंग्यात्मक हाँसोमार्फत आफ्ना प्रधानमन्त्रीलाई ‘विचरा’को संज्ञा दिइरहेका थिए।

सिंगो संसदले प्रधानमन्त्रीले आफ्नो सम्बोधनमार्फत मुलुकको जल्दोबल्दो मुद्दालाई उठाउलान्, र तिनका उत्तर देलान् भनेर आशा गरिरहेको अवस्थामा उल्टै प्रधानमन्त्रीले आर्थिक सूचकांक भन्दै गलत तथ्यांक प्रस्तुत गरी सरासर झूटो बोलेको सुन्दा प्रतिपक्षीहरू स्तब्धताका साथ क्रोधित भएका थिए। विशेषगरी, संसदले वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछि भएको हत्या, डा. गोविन्द केसीले उठाउँदै आएको चिकित्सा शिक्षा विधेयक र उनले घोषणा गरेको अनशन, ३३ किलो सुनकाण्ड, मुलुकमा बाटो पहिल्याउन नसकी लड्खडाइरहेको संघीयताजस्ता अति महत्वपूर्ण मुद्दालाई पन्छ्याउदै निरर्थकको बतासे आर्थिक सूचकांक पढेर प्रधानमन्त्री ओलीले समय खेर फाले। मुलुकमा मूल्य वृद्धिदर ३ दशलमव ७ प्रतिशत, पूँजीगत खर्च वृद्धिदर २५ दशमलव ३३ प्रतिशत, लगानी वृद्धिदर २५ प्रतिशत र व्यापार घाटा वृद्धिदर १ दशमलव ५ प्रतिशत रहेको प्रधानमन्त्री ओलीले सम्बोधनमार्फत दाबी गरे। तर, यी यावत् विषयको सरकारी तथ्यांक भने प्रधानमन्त्रीले गरेको दाबीविपरीत देखिन्छ।

र, यसबाट प्रधानमन्त्री ओली फेरि एक पटक लज्जाजनक स्थितिमा पुगेका छन्। सिंगो संसद र मुलुकले अपेक्षा गरेविपरीत आफ्नो शासनकालको प्रारम्भिक अवधिमा मुलुकले प्रगति गरिरहेको देखाउने चक्करमा प्रधानमन्त्री ओली आफैँ नराम्ररी फसेका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार प्रधानमन्त्रीले चालू आवको ५ महिनाको मूल्यवृद्धिप्रति गरेको दाबीभन्दा बढी देखिएको छ। राष्ट्र बैंकको तथ्यांकमा मूल्य वृद्धिदर ४ दशमलव २ प्रतिशत रहेको छ भने पूँजीगत खर्च वृद्धिदरमा प्रधानमन्त्रीको दाबी २५ दशमलव ३ प्रतिशतको विपरीत सरकारी तथ्यांकअनुसार ११ दशमलव ७८ प्रतिशत रहेको छ। त्यसैगरी, लगानी वृद्धिदरमा प्रधानमन्त्रीको दाबी २५ प्रतिशतका विपरीत उद्योग विभागको तथ्यांकले गत वर्षको तुलनामा विदेशी लगानी माइनस ४४ प्रतिशत देखाएको छ। व्यापार घाटा वृद्धिदरमा प्रधानमन्त्रीको दाबी १ दशमलव ५ प्रतिशत छ भने व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले घाटा वृद्धिदर ३५ दशलमव ५ प्रतिशतले बढेको देखाएको छ। यी यावत् सरकारी तथ्यांकले प्रधानमन्त्री ओलीले प्रस्तुत गरेको तथ्यांकलाई मिथ्यांक सावित गरिदिएको छ। प्रधानमन्त्रीले पढेको यो आर्थिक सूचकांकको पाठ कसले ड्राफ्ट गरेको हो? आश्चर्यको विषय बनेको छ।

प्रधानमन्त्री ओलीसँग आर्थिक क्षेत्रका विज्ञ एवं विद्वानका रुपमा परिचित अर्थमन्त्री डा. युवराज खतिवडा रहँदा–रहँदै यस्तो मिथ्यांकले भरिएको सम्बोधन कसले गर्न लगायो, यो अर्को आश्चर्यको विषय बनेको छ। र, यसबाट प्रधानमन्त्री ओली फेरि एक पटक लज्जाजनक स्थितिमा पुगेका छन्। सिंगो संसद र मुलुकले अपेक्षा गरेविपरीत आफ्नो शासनकालको प्रारम्भिक अवधिमा मुलुकले प्रगति गरिरहेको देखाउने चक्करमा प्रधानमन्त्री ओली आफैँ नराम्ररी फसेका छन्।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार