सङ्खुवासभा – जिल्ला अस्पतालमा एक वर्षदेखि कार्यालय प्रमुख नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। उक्त अस्पतालमा कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आउने अधिकांश चिकित्सक र अस्पतालका कर्मचारीको आन्तरिक विवादले बस्न नसक्ने बताउँदै कार्यालय छाड्ने गरेका हुन्।

अस्पतालका कर्मचारीसँग विवाद भएपछि प्रमुख डा विनितकुमार झा १ वर्षअघि सरुवा भएर गएका हुन्। डा झामात्र होइन यसअघि डा विष्णुबहादुर बस्नेत, डा दयाशङ्करलाल कर्ण पनि कार्यकाल पूरा नहुँदै सरुवा भएर गएका थिए। प्रमुख नहुँदा अस्पतालको व्यवस्थापन अस्तव्यस्त हुन पुगेको छ।

कर्मचारीले मागेअनुसारको सुबिधा नदिएको भन्दै कार्यालय प्रमुखमाथि हातपातसमेत भएको थियो। कर्मचारीको खिचातानी र विवादले अस्पतालको सेवा प्रवाहसमेत खस्कँदै गएको छ। दक्ष चिकित्सक भए पनि प्रभावकारी सेवा नभएकाले आफूहरू निजी स्वास्थ्य संस्था जानुपरेको सेवाग्राहीको गुनासो छ।

जिल्ला अस्पताल ५० श्ययामा स्तरोन्नति भएपछि ११औँ तहको चिकित्सक हुनुपर्ने नीतिगत व्यवस्था भए पनि यतिखेर आठौँ तहका मेडिकल अधिकृतमात्र छन्। एक वर्षदेखि प्रमुख नहुँदा आठौं तहका मेडिकल अधिकृतले निमित्तको रूपमा काम गरिरहेका छन्। उक्त अस्पतालमा ५१ कर्मचारीको दरबन्दी रहे पनि हाल १९ दरबन्दी रिक्त छ।

अस्पतालमा आन्तरिक मेडिसिन, बाल रोग, स्त्री तथा प्रसूति, शल्य चिकित्सक, हाडजोर्नी, नशा रोग, रेडियोलोजिष्ट र जनरल फिजिसियन पद रिक्त छ । विशेषज्ञ नहुँदा यहाँ उपचार गराउन आउने बिरामी कम हुँदै आएकोे छ।

आर्थिक वर्ष २०७५-०७६ को माघमा एक हजार ४६६, फागुनमा एक हजार ३९१, चैत महीनामा एक हजार १६८ बिरामी सेवा लिन आएका अस्पताल स्रोतले जनाएको छ। सो अस्पताल २०३३ सालमा स्थापना भएको थियो। प्रभावकारी सेवा नपाएकै कारण बाध्य भएर बिरामी निजी स्वास्थ्य संस्थामा गएका सिलिचोङ गाउँपालिकाका युवा खेवाहाङ मेवाहाङले बताए।

उक्त अस्पतालमा अधिकांश स्थानीय कर्मचारीमात्र रहेकाले स्वास्थ्य मन्त्रालयले पटकपटक सरुवा गरे पनि राजनीतिक शक्तिको आडमा पुरानै ठाउँमा फर्केर आउने गरेका चैनपुर नगरपालिका -२ का खगेन्द्र अधिकारीको भनाइ थियो।

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

मन्त्रिपरिषद् पुनर्गठनको अन्तिम गृहकार्य हुँदै, सहमति खोज्दै ओली–दाहाल

२०७६, ३ मंसिर मंगलवार ०७:२७

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

मेवा खाँदा ध्यान दिनुपर्ने कुराहरु

२०७६, २ मंसिर सोमबार ११:२०

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

नर्सिङ नाम दर्ता परीक्षाको नतिजा सार्वजानिक

२०७६, १ मंसिर आईतवार २१:३६

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

अनमोल र सुहाना ‘ए मेरो हजुर–४’ मा पक्का

२०७६, १ मंसिर आईतवार १०:३३