काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेश र जिल्लाको सन्तुलन मिलाउन प्रदेश पदाधिकारी सबैलाई पोलिटब्युरो कमिटीमा समेट्न छलफलको तयारी गरेको छ।

पोलिटब्युरो सदस्यलाई जिल्ला इन्चार्ज बनाउने गरी कार्यविभाजनको तयारी भएकाले प्रदेशका सबै पदाधिकारी, इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवलाई पनि समेट्न लागेको हो।

प्रदेश कमिटीका केही सचिवहरू पोलिटब्युरो सूचीबाहिर परेपछि सचिवालयबाटै टुंग्याउन छलफलको तयारी भएको सचिवालयका एक नेताले बताए।वरिष्ठ नेता माधवकुमार नेपाल आइतबार चीन भ्रमणबाट स्वदेश फर्किएपछि सोमबारसम्म सचिवालय बैठक बोलाउने तयारी छ।

पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना रहेको १ सय ४७ सदस्यीय पोलिटब्युरो गठन गर्ने गरी शीर्ष नेताहरूले कमटीको सूची तयार पारेका छन्। सूचीमा सात प्रदेशका २८ पदाधिकारीमध्ये २४ जना वरिष्ठताको मापदण्डअनुसार स्वतः पोलिटब्युरो सदस्य बन्दै छन्। तर, बाँकी पदाधिकारी वरिष्ठताको मापदण्डअनुसार नसमेटिने देखिएपछि उनीहरूसहितलाई समेट्ने उपायबारे सचिवालय बैठकले निकास निकाल्ने सचिवालयका एक सदस्यले बताए।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुवै समूहबाट साविक पोलिटब्युरोमा रहेका बाहेक वरिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसके पनि प्रदेश पदाधिकारी सबैलाई समेट्नेरनसमेट्ने विषयमा छलफल बाँकी नै रहेको बताए । ‘त्यसबारे प्रदेश पदाधिकारी सबैलाई समेट्ने कि नसमेट्ने थप विषयमा केही पनि छलफल भएको छैन,’ श्रेष्ठले भने, ‘सबै सचिवालय बैठकबाटै अन्तिम टुंगो लाग्नेछ।’

प्रदेश पदाधिकारीमध्ये वरिष्ठताको मापदण्डअनुसार सदस्य भीम आचार्य, सावित्रीकुमार काफ्ले, देवराज घिमिरे, सुरेश राई, सत्यनारायण मण्डल, विश्वनाथ शाह, प्रभु शाह, अष्टलक्ष्मी शाक्य स्वतः पोलिटब्युरोमा पर्नेछन्।

त्यस्तै, हितबहादुर तामाङ, नारायण दाहाल, पृथ्बीसुब्बा गुरुङ, खगराज अधिकारी, शंकर पोखरेल, दलबहादुर राना, जगप्रसाद शर्मा, जनार्दन शर्मा, यमलाल कँडेल, गोरखबहादुर बोगटी, मायाप्रसाद शर्मा, भीम रावल, लक्ष्मण जोशी र कर्णबहादुर थापा पनि स्वतः पोलिटब्युरो सदस्य हुँदै छन् । साविक सचिवलाय सदस्य नरहे पनि पूर्वसभामुखसमेत रहेकी ओनसरी घर्ती वरिष्ठताकै मापदण्डअनुसार पोलिटब्युरोमा समेटिनेछन् ।

तर, साविक पोलिटब्युरोमा नरहेका र वरिष्ठतामा पनि अघि नरहेका प्रदेश २ का सचिव सुमन प्याकुरेल, प्रदेश ३ का सचिव आनन्दप्रसाद पोखरेल, प्रदेश ५ का सचिव गोविन्द नेपाली र सुदूरपश्चिमका सचिव नृपप्रसाद चौधरी सूचीमा छैनन् । उनीहरूलाई समेट्ने विषयमा छलफल हुने ती सचिवालय सदस्यले बताए ।

चौधरीबाहेक पोखरेल र नेपाली पूर्वएमाले समूहका हुन् । त्यस्तै, पूर्वमाओवादी समूहबाट प्रदेश सचिव बनेका जगप्रसाद शर्मा, सुरेश राई र मायाप्रसाद शर्मा पोलिटब्युरो सदस्य बन्ने सूचीमा रहेकाले पनि पूर्वएमाले समूहबाट प्रदेश सचिव बनेकाहरूलाई समेत समेट्नुपर्ने दबाबमा नेतृत्व छ ।

सबै केन्द्रीय कमिटी सदस्यहरू प्रदेश कमिटीको पनि पदेन सदस्य रहने विधानको व्यवस्था छ । उनीहरूलाई परिचाल गर्ने प्रदेश पदाधिकारीलाई माथिल्लो कमिटीमा राख्ने विषयमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेल सकारात्मक रहेको स्रोतको भनाइ छ ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग भने उनीहरूलाई पोलिटब्युरो सदस्य बनाउने विषयमा समझदारी भइनसकेको स्रोतले जनायो । जिल्ला इन्चार्ज पोलिटब्युरो सदस्य हुने भएकाले पनि कार्यकारी भूमिकामा रहने प्रदेश पदाधिकारीलाई समन्वय र निर्देशनको सहजताका लागि समेट्नुपर्ने शीर्ष नेतृत्वमाथि दबाब छ। यो समाचार नयाँ पत्रिकाले छापेको छ।

लोकप्रिय

पक्राउ परे गुण्डा साजन गुरुङ

पक्राउ परे गुण्डा साजन गुरुङ

२०७६, २७ भाद्र शुक्रबार १८:००

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

हरेक एक सेकेन्डमा एउटा सम्बन्ध विच्छेद

२०७६, २८ भाद्र शनिबार १६:५४

मेस्सी टिममा फर्कनेमा अझै शंका

मेस्सी टिममा फर्कनेमा अझै शंका

२०७६, २७ भाद्र शुक्रबार ११:१४

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

राष्ट्र बनाउन युवाहरु जुर्मुराउनु पर्छ

२०७६, २७ भाद्र शुक्रबार १५:२९

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

एसिड आक्रमणबिरुद्ध सडक नाटक (फोटो फिचर)

२०७६, २८ भाद्र शनिबार १२:४९

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

खोटाङमा बिरामी नै अस्पताल पुग्छन् कि पुग्दैनन् भन्ने अवस्था

२०७६, २८ भाद्र शनिबार १७:१४

पहिरोको कारण एकको मृत्यु, चार घाईते

पहिरोको कारण एकको मृत्यु, चार घाईते

२०७६, २७ भाद्र शुक्रबार १२:१७

प्रेममाथी एक गजल

प्रेममाथी एक गजल

२०७६, २७ भाद्र शुक्रबार १३:३९

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

नागरिक समाजका नाममा राजनीति नगर्न शिक्षामन्त्रीकाे आग्रह

२०७६, २७ भाद्र शुक्रबार १८:१९

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

अक्षय कुमारको फिल्मले पहिलाेपल्ट कमायो दुई सय करोड

२०७६, २९ भाद्र आईतवार ११:०७

महिनावारीसम्बन्धि केहि तथ्यहरू

महिनावारीसम्बन्धि केहि तथ्यहरू

२०७६, २८ भाद्र शनिबार १६:१७

स्वास्थका लागि ३० दिन उठबस

स्वास्थका लागि ३० दिन उठबस

२०७६, २७ भाद्र शुक्रबार १८:३०

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

‘नेपालको परराष्ट्र नीति भारतको विपक्षमा’

२०७६, २९ भाद्र आईतवार ०९:२५

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

यि सामानहरुले बिगार्न सक्छ तपाईको निन्द्रा

२०७६, २७ भाद्र शुक्रबार १६:५९

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

अब आलुको बोक्रा फ्याँक्न बन्द गर्नुहोस्

२०७६, २७ भाद्र शुक्रबार १०:५४