दोलखा – दोलखाको मेलुङ गाउँपालिका– ३, बाटुलेका ज्ञानबहादुर तामाङ गाउँमा थाङ्का बनाएरै राम्रो आम्दानी गरिरहेका छन्। करिब ४० वर्षअघिदेखि यो पेशामा लागेका उनी अहिले आफू मात्र होइन, गाउँका अरु ८/१० जनालाई पनि रोजगारी दिलाएका छन्।

काठमाडौंको ठमेलबाट अर्डर लिएर आफूले पेण्टिङ बनाउने गरेको उनले बताए। आफूले गाउँका ४०/५० जनालाई थाङ्का पेण्टिङ सिकाएको उनी गर्वका साथ बताउँछन्। अहिले बौद्ध धर्म मान्ने मात्र नभएर बाहुन क्षेत्री तथा दलितहरूसमेत आफूकहाँ पेण्टिङ सिक्न आउने गरेको उनले बताए।

‘थुप्रैलाई पेण्टिङ गर्न सिकाइयो तर सिकेपछि सबै शहरको रमझम हेर्न शहर छिरे,’ उनले भने, ‘गाउँमै बसेर पेण्टिङ गरे पनि कमाइ हुन्थ्यो। केटाहरूलाई शहरको हावाले छोयो।’ आफूले पेण्टिङ सिकाएका ५० भन्दा बढी युवा राजधानीमा बसेर रोजगारी गरिरहेको उनको भनाइ छ।

कतैबाट सहयोग पाएमा पेण्टिङ सिकाएर गाउँमै थाङ्का कोर्ने सिपालु जनशक्ति उत्पादन गर्ने धोको आफ्नो रहेको तामाङ बताउँछन्। उनी भन्छन्, ‘खै कतैबाट अहिलेसम्म सहयोग भएको छैन। कसैले सहयोग गरेमा गाउँका मानिसलाई पेण्टिङ सिकाउने मन अझै छ। अब त ६० वर्ष भइहालियो। कति नै समय पेण्टिङ बनाउन सकिएला र ?’

स्तरीय पेण्टिङ बनाए बजारको समस्या नहुने उनको भनाइ छ । वार्षिक करिब १०/१५ लाख रुपैयाँबराबरको पेण्टिङ आफूले उत्पादन गर्ने गरेको बताउने उनी गाउँमै बसेर पेण्टिङ गरे यहाँका युवाहरूलाई आम्दानी पनि हुने र गाउँ पनि सुनसान नहुने बताउँछन्।

बौद्ध धर्मसँग सम्बन्धित थाङ्का पेण्टिङको मूल्य चित्र बनाइने शैली, चित्रको आकार र प्रयोग हुने रङलगायतका कुरामा भर पर्छ। हाल थाङ्काको मूल्य २ हजारदेखि ५० हजार रुपैयाँसम्म पर्छ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

प्रेमगीत ३ काे गीत ‘हाती ढुङ्गामा’ चोरीको !

२०७६, १४ फाल्गुन बुधबार १४:१८

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२