सुर्खेत, २३ पुस। कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको छ। आर्थिक वर्ष २०७५/७६ को बजेट खर्चको गति सुस्त भइरहेको जनगुनासो आइरहेका बेला मन्त्रालयले बजेट कार्यान्वयनलाई तीव्रता दिएको हो।

मन्त्रालयका अनुसार बजेट कार्यान्वयनका लागि आवश्यक दर्जनभन्दा बढी कार्यविधि बनाएर खर्चको गति बढाउन लागिएको छ। मन्त्रालयका सचिव शिवनारायण चौधरी लगायतको टिम रातदिन लगाएर बजेट खर्चसम्बन्धी कार्यविधि बनाउन व्यस्त रहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले बताइन्। उनका अनुसार मन्त्रालयका कर्मचारी बिदाको दिनमा पनि कार्यविधि निर्माणमा जुटेका छन्।

‘बजेट खर्चको गति बढाउन सिङ्गो मन्त्रालयको टोली कार्यविधि निर्माण गर्न गम्भीरतापूर्वक जुटेका छौँ,’ उनले भनिन्, ‘मन्त्रालयको खर्च प्रक्रियालाई पारदर्शी बनाउँदै बजेटलाई लक्षित वर्गसम्म पुर्याउँछाैँ।’ उनले बजेट कार्यान्वयनका लागि सबै प्रक्रिया अन्तिम चरणमा रहेको बताइन्। उनका अनुसार प्रदेश सरकारले लिएको अर्गानिक खेतीको लक्ष्य पूरा हुने गरी कार्यविधि बनाइनेछ।

‘अर्गानिक प्रदेश बनाउन सजिलो’
कृषिविज्ञ छविलाल पौडेलले कर्णाली प्रदेशलाई अर्गानिक बनाउन कार्यविधिले सजिलो बनाउने बताए। मुलुकको २२ प्रतिशत भू–भाग ओगटेको कर्णाली प्रदेशमा जम्मा १३ प्रतिशतमात्र खेतीयोग्य जमिन रहेको छ। बाँकी जमिन अहिले पनि बाँझो छ। देशका अन्य प्रदेशभन्दा कर्णालीमा विषादी र रासायनिक मल कम प्रयोग भएकाले पनि अर्गानिक प्रदेश बनाउन सहज हुने पौडेलको विश्वास छ।

१५ वटा कार्यविधि स्वीकृत
मन्त्रालयले कृषि, पशुसेवा तथा सहकारीसम्बन्धी कार्यक्रम सञ्चालनसम्बन्धी १५ वटा कार्यविधि निर्माण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव हरिप्रसाद पण्डितले बताए।

मन्त्रालयले कृषि, ग्रामीण कृषि सडक निर्माण तथा मर्मत सम्भार कार्यविधि २०७५, उच्च प्रविधियुक्त नर्सरी स्थापना, सञ्चालन विस्तार सुदृढीकरण कार्यविधि २०७५, कृषि सिँचाइ निर्माण तथा मर्मत सम्भार कार्यविधि २०७५, प्रशोधन केन्द्र निर्माण तथा सञ्चालन कार्यविधि २०७५, लागत सहभागितामा अनुदान कार्यविधि २०७५ निर्माण गरेको उपसचिव पण्डितले जानकारी दिए।

त्यसैगरी व्यावसायिक फलफूल प्रवद्र्धन कार्यक्रम सञ्चालन कार्यविधि २०७५, हाट बजार सङ्कलन केन्द्र निर्माण कार्यविधि २०७५, अर्गानिक मोडेल कृषि कार्यक्रम सञ्चालन कार्यविधि २०७५, एक वडा एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७५, कृषि पकेट क्षेत्र सञ्चालन कायविधि २०७५ पनि निर्माण भएका छन्।

त्यस्तै निर्माण गरिएका अन्य कार्यविधिमा पशुसेवातर्फ लागत सहभागितामा सञ्चालन गरिने पशुसेवा कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, कर्णाली प्रदेश बेरोजगार युवाको समूहमार्फत सामूहिक पशुपक्षीपालन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५, चौरीगाई स्रोतकेन्द्र, सामूहिक चौरीगाईपालन कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५ छन्। अन्य कार्यविधिहरूमा सहकारीतर्फ लागत साझेदारीमा सहकारी संस्थाले कार्य सम्पादन गर्नेसम्बन्धी कार्यविधि २०७५, सहकारी नमुना गाउँ (स्थापना, सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ रहेको उपसचिव पण्डितले बताए।

लोकप्रिय

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

हावाहुरी पीडितका समस्या स्थायी रूपमा समाधान गर्नुपर्छ : सांसद राना

२०७६, ३० जेष्ठ बिहीबार १९:२७

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

तेल ट्याङ्कर आक्रमणमा इरानमाथि आशंका

२०७६, ३२ जेष्ठ शनिबार १७:५०

‘बादल दाई दास बनेर बाँच्नु छैन’

‘बादल दाई दास बनेर बाँच्नु छैन’

२०७६, ३२ जेष्ठ शनिबार ०७:४०

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

‘स्रष्टा चराजस्तै स्वतन्त्र र क्षितिजजस्तै फराकिलो हुनुपर्छ’

२०७६, ३१ जेष्ठ शुक्रबार २०:०४

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

नेपाल प्रहरीः ‘न दिनु, न लिनु’

२०७६, ३० जेष्ठ बिहीबार १५:१२

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

‘नो अब्जेक्सन’मा अब्जेक्सन!

२०७६, ३० जेष्ठ बिहीबार १८:३२

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

लोकसेवा विज्ञापन: नेकपा भ्रातृ संगठनका नेता विभाजित

२०७६, ३० जेष्ठ बिहीबार १४:२७

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

महावीर पुनको आइडिया र नयाँ उत्पादनको अभियान

२०७६, ३१ जेष्ठ शुक्रबार १२:५१

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

वरिष्ठ कलाकार मिनबहादुर शाहीको निधन

२०७६, ३२ जेष्ठ शनिबार ११:५५

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

३० वर्षदेखि फरार हत्यारा बारामा पक्राउ

२०७६, ३० जेष्ठ बिहीबार १९:५५

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

वाइडबडी खरिदसम्बन्धमा नागरिक आयोगको प्रतिवेदन सार्वजनिक

२०७६, ३१ जेष्ठ शुक्रबार २०:३२

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

नेकपा विप्लवका घाइते कार्यकर्ताको निधन

२०७६, ३२ जेष्ठ शनिबार १४:१९

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

छात्रालाई मासिक ५ सय छात्रवृत्ति दिने प्रदेश २ को योजना

२०७६, ३१ जेष्ठ शुक्रबार १८:००

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

दुर्व्यसनबाट मुक्तिका लागि नेपाल प्रहरीको आसरा सुधार केन्द्र

२०७६, ३० जेष्ठ बिहीबार १२:४३

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

‘विश्व अमेरिका-नेपाल म्युजिक अवार्ड २०१९’ को आयोजना हुने

२०७६, ३१ जेष्ठ शुक्रबार १६:५९