विराटनगर – मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको म्याङ्लुङ–खुरुङ्गा खोला खण्डको ९ दशमलव ७ किलोमिटर सडक समयमै कालोपत्रे गर्ने कार्य सम्पन्न नहुने भएको छ। उक्त खण्डको सडक चालू आर्थिक वर्षको असार मसान्तभित्रै सम्पन्न हुनुपर्ने भए पनि केही समयदेखिको अविरण वर्षाका कारण दशैंसम्म लाग्ने बताइएको छ।

२०६३ सालमा २९ करोड रुपैयाँमा हिमडुङ एण्ड ठोकर/आश्रय निर्माण सेवा जेभीले उक्त सडकको निर्माणको जिम्मा पाएको हो। निर्माण कार्य जारी रहे पनि अविरल वर्षाका कारण तोकिएको समयमा सम्पन्न हुन नसक्ने निर्माण कम्पनीका सहायक सुपरभाइजर उदय कार्कीले बताए।

पक्की नाला, विभिन्न स्थानमा कल्भर्टसहितको उक्त सडक चालू आवमै हस्तान्तरण गर्ने गरी धमाधम काम भइरहे पनि आगामी दशैंसम्ममा निर्माण सम्पन्न हुने सहायक सुपरभाइजर कार्की बताउँछन्। उनले भने, ‘यसै वर्ष सक्ने हाम्रो योजना थियो, तर निरन्तर पानी परेर काम गर्न समस्या भएको छ। यसले गर्दा काम गर्न गाह्रो भएको हो।’

हाल उक्त सडकको ९५ प्रतिशत काम सकिएको र सडक निर्माणको ६५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएको उनले जानकारी दिए। उनका अनुसार हाल उक्त सडकमा कालोपत्रे गर्नका लागि बेस र सव बेसको काम भइरहेको छ।

उक्त मध्यपहाडी लोकमार्गअन्तर्गतको सो सडक निर्माणले स्थानीय बासिन्दा उत्साहित बनेका छन्। सडक निर्माणले सहज यातायातका साथै स्थानीय कृषिउपजहरू बजारसम्म पु¥याउन सहज हुने भएकाले उनीहरू उत्साहित बनेका हुन्। म्याङलुङ नगरपालिका–९ साब्लाका केशर घतानीले भने, ‘मध्यपहाडी लोकमार्ग बनेपछि हाम्रा सबै कृषि उत्पादनले बजार पाउनेछन्। यात्रा सहज र छिटो हुनेछ।’ यो सडक बनेपछि खुरुङ्गा खोलापारिका थुप्रे गाउँहरू सदरमुकामसँग जोडिनेछन्।

उक्त सडकमा हिउँदमा यातायात जोखिमपूर्ण रुपमा सञ्चालन हुदै आए पनि वर्षा लागेपछि पैदल हिँड्नुको विकल्प नभएको स्थानीय बासिन्दाहरू बताउँछन्। वर्षा लागेसँगै ट्याक्सी र मोटरसाइकल जोखिमपूर्ण रूपमा चले पनि बस चल्न नसक्ने उनीहरूले बताए।

सडककै कारण सास्ती बेहोर्दै आएका स्थानीयहरू कालोपत्रे भएपछि ठूलो राहत मिल्नेमा आशावादी छन्। हाल पानी नपर्दा दुई/तीनवटा सार्वजनिक बस औँसीडाँडासम्म मात्र पुग्ने गरेको स्थानीय केशर घतानी बताउँछन्। खोरुङ्गा खोलापारिदेखिको सडक अर्कै ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ। उक्त मार्ग पनि सम्पन्न भयो भने पाँचथरको सदरमुकाम फिदिम बजारसम्म सहज यातायात सञ्चालन हुनेछ।

लोकप्रिय

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

सार्वजनिक ऋण विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

२०७६, १३ फाल्गुन मंगलवार १७:४८

घुस लिएको अभियोगमा मुद्दा

घुस लिएको अभियोगमा मुद्दा

२०७६, १२ फाल्गुन सोमबार २०:३६

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

ओमानका क्रिकेटर युसुफलाई आइसीसीले लगायाे ७ वर्ष प्रतिबन्ध

२०७६, १२ फाल्गुन सोमबार १२:५९

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

विश्व-११ विरूद्ध खेल्ने एसिया–११ टिममा सन्दीप लामिछाने छनाेट

२०७६, १३ फाल्गुन मंगलवार १६:११

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने

राति एक गिलास दुध सेवन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि…

२०७६, १२ फाल्गुन सोमबार १२:३७

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा पत्रकार धमला दम्पतिले गरे आर्थिक सहयोग

२०७६, १२ फाल्गुन सोमबार १०:३०

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

रक्सीको नसामा आफ्नै पतिले जुवाकाे खालमा राखेपछि पत्नीकाे सामूहिक बलत्कार

२०७६, १२ फाल्गुन सोमबार १७:५७

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

विवाहको दिन यौनसम्बन्ध राख्नु सहि कि गलत? के भन्छन् साइकोलोजिस्ट?

२०७६, १३ फाल्गुन मंगलवार १३:१०

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

अक्षय कुमार र कट्रिनाकाे फिल्म ‘सूर्यवंशी’ काे रिलिज मिति तय

२०७६, १२ फाल्गुन सोमबार १७:०१

खैरो हेरोइनसहित युवती पक्राउ

खैरो हेरोइनसहित युवती पक्राउ

२०७६, १२ फाल्गुन सोमबार ०९:०७

सुनचाँदिकाे मूल्यमा गिरावट

सुनचाँदिकाे मूल्यमा गिरावट

२०७६, १४ फाल्गुन बुधबार १३:५४

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

ग्रेटवालको झल्को दिने गरी मुकुन्देश्वरीमा पदमार्ग निर्माण हुँदै

२०७६, १२ फाल्गुन सोमबार ०७:३६

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

काठमाडौंबाट रेड पाण्डाको छाला सहित चार जना पक्राउ

२०७६, १३ फाल्गुन मंगलवार १७:४३

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित

२०७६, १४ फाल्गुन बुधबार ०८:४२

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

सिस्नुको परिकारमा रमाउँदै पर्यटक

२०७६, १३ फाल्गुन मंगलवार १२:२८