काठमाडौं, २३ पुस। विभिन्न लागूपद्धार्थ र चक्कुसहित प्रहरीले ३ जनालाइ प्रक्राउ गरेकाे छ। साेमबार बिहान सुकेधाराबाट पक्राउ पर्नेमा टोखा नगरपालिका-६ धापासी बस्ने ३० वर्षीय तिर्थनाथ उपाध्याय, बौद्ध बस्ने ३५ वर्षीय धर्मराज लामा र पानीपोखरी बस्ने २३ वर्षीय पराग कार्की रहेका छन्।

उनीहरूकाे साथबाट लागूऔषध ब्राउनसुगर अन्दाजी १० ग्राम, चरेश अन्दाजी १० ग्राम, चक्कु २ थान तथा लागूऔषध सेवन गर्न प्रयोग हुने विभिन्न किसिमका सामानहरुका साथै नगद बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले बा.७७ प ९९०६ र बा.९२ प १८२० नम्बरका स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा राखेको लागूऔषध तथा ४ लाख ७३ हजार १ सय नेपाली रुपैयाँ, १ हजार ४ सय भारतीय रुपैयाँ, २० रुपैयाँ अमेरिकी डलर, नेपाल बैंक लिमिटेडको १ लाखको चेक १ थान र डिजिटल क्यामेरा १ थान पनि बरामद गरेकाे छ।

२ केजी गाँजासहित दोर्जे पक्राउ

शंकरापुर नगरपालिका-४ धुले बस्ने ४५ वर्षीय तुनुक दोर्जे लामालाई अवैध लागूऔषध गाँजा करिब २ केजी सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा साे परिमाणकाे लागूऔषधसहित उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

पर्टेवा सुगौली गाउँपालिका-४ बस्ने २२ वर्षीय अक्षय दहितलाई लागूऔषध गाँजा करिब ५ केजीसहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मिलनचोक, पर्सा र सुरक्षा बेश क्याम्प सोलकपुर, पर्साबाट खटिएको सशस्त्र प्रहरी बलसहितको संयुक्त टोलीले पर्सा बीरगंज महानगरपालिका-३१ सोलकपुरस्थित सडकमा ना.२ ह २४७२ नम्बरको अटो रिक्सा जाँच गर्ने क्रममा रिक्साको पछाडीपट्टि झोलामा प्लास्टिकले बाँधी लुकाई छिपाई ल्याएको उक्त लागूऔषधसहित चालक अक्षयलाई पक्राउ गरेको हो।

रुपन्देही देवदह नगरपालिका-१ भमराबारी बस्ने २३ वर्षीय रवि कुवँर र सोही नगरपालिका-२ राजाबारी बस्ने २३ वर्षीय डम्बरबहादुर थापालाई लागूऔषध ब्राउनसुगर अन्दाजी २ ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरी टोलीले उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएकाे छ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार