वीरगञ्ज – वीरगञ्जको परवानीपुरमा रू. १ अर्ब ६० करोडको लगानीमा स्थापना भएको कम्पनी ब्रिटानिया नेपाल प्रालिले आफ्नो परीक्षण उत्पादन शुरू गरेको छ। गत २ वर्षदेखि वीरगञ्ज– २१, परवानीपुरमा जग्गा खरिद गरी निर्माण भएको सो उद्योगले म्यारी गोल्ड ब्राण्डको बिस्कुटको परीक्षण उत्पादन शुभारम्भ गरेको हो। उक्त उद्योगमा भारतीय वाडिया समूहको मुख्य लगानी रहेको छ।

उद्योगका नेपाल प्रबन्धक अनिल शर्माभने, ‘उद्योग आंशिक रूपमा सञ्चालनमा आएको छ, अहिले केही ब्रान्डका बिस्कुट उत्पादन भइरहेको र केही उत्पादन हुने तयारीमा छन्। मेशिन तथा प्रविधि जडान तथा परीक्षण गर्ने काम पनि भइरहेको छ।’ उनका अनुसार उत्पादनको गुणस्तर परीक्षणका लागि सम्बन्धित निकायमा पठाउने काम भइरहेको छ। उद्योग पूर्ण रूपमा सञ्चालनमा आउन अझै थप एक महिना लाग्छ।

करिब ५ विगाह क्षेत्रफलमा फैलिएको उद्योगको निर्माण कार्य भारतीय तथा नेपाली प्राविधिकको निगरानीमा तीव्र गतिमा भएको थियो। उद्योगले ३१४ जनालाई रोजगारी दिने दाबी गरेको छ। वर्षेनि १४ हजार मेट्रिक टन विभिन्न ब्राण्डका बिस्कुट उत्पादन गर्ने बताएको छ।

यो उद्योग सञ्चालनमा आएसँगै स्वदेशी बिस्कुट उद्योग धराशयी हुने आरोप नेपाली उद्योगीहरूले लगाएका छन्। विराटनगरका बिस्कुट व्यवसायीहरूले यसअघि पनि ब्रिटानियाको आगमनप्रति आक्रोशित छन्। उनीहरूले उद्योग मन्त्रालयमा आफूहरू मर्कामा पर्नेबारे ध्यानकर्षण पनि गराइसकेको विराटनगरकै उद्योगी पवन शारडाले बताए।

वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश शर्माले दुई दिनअघि वीरगञ्जमै अर्थ मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा अर्थमन्त्रीलाई भनेका थिए, ‘जुन वस्तु नेपालमा उत्पादन गर्न सकिँदैन्, त्यस्ता उद्योग ल्याउनुपर्छ, जुनमा पहिलेदेखि अर्बौं रुपैयाँ लगानी भइसकेको छ, त्यस क्षेत्रमा यदि ठूलो लागनी ल्याइयो भने स्वदेशी उद्योग प्रतिस्पर्धा गर्न नसकेर धराशयी हुन्छन्।’

उद्योग तयार भई सञ्चालनको तयारीमा रहँदै स्थानीय राजनीतिक दलहरूले स्थानीयलाई रोजगारी नदिए उद्योग सञ्चालन हुन नदिने चेतावनी दिएका थिए। स्थानीयलाई फकाउन उद्योगले शुरू हुने बेलामा मजदुर आपूर्ति ठेकेदारमार्फत गर्ने निर्णय गर्यो। मजदुर आपूति गर्ने जिम्मा स्थानीय केही राजनीतिक दलका अगुवालाई दिएपछि विवाद केही हदसम्म सुल्झिएको छ।

उद्योगले वडाध्यक्ष हबिब मियाँको भाग आफ्ना नजिकका ठेकेदार केदार पटेलको पप्पु सप्लार्य, नेकपाका नेता जलन्धर पटेलको विवेक सप्लायर्स गरी दुई कम्पनीलाई प्याकेजिङको ठेक्का दिएको छ भने फोरम नेपालका स्थानीय नेता राधाकृष्ण रौनियारलाई सरसफाइ र चोर्नीका अर्का फोरम नेता वासुदेव यादवलाई लोडिङ अनलोडिङको ठेक्का दिएको छ।

उत्पादनमा ठेकेदारहरू राधाकृष्ण रौनियारका १० जना, केदारका २० जना र जलन्धरका २० जना गरी करिब ५० जना कामदार दैनिक ज्यालादारीमा काममा लगाइएको छ। ठेकेदारले लिपनीविर्ताबाहेक अन्य पर्सा, बाराबाट कामदार ठेक्कापट्टामा आपीर्ति गर्न थालेपछि स्थानीयले रोजगारी नपाएको गुनासो गरेका छन्। डिस्प्याचको काम शुरू नभएकाले लोडिङ–अनलोडिङको ठेकेदारमार्फत कामदार खटाइएको छैन। ८ घण्टामा एक जना मजदुरले ५१७ रुपैयाँ ठेकेदारमार्फत पाइरहेको र ठेकेदारले प्रतिकामदार ३०÷३५ रुपैयाँ उद्योगबाट छुट्टै कमिसन पाउने गरेको कामदारहरूले बताएका छन्।

उद्योग सञ्चालन हुनुभन्दा अघि २१ नं वडा लिपनीविर्ताका वडाध्यक्ष तथा नेपाली कांग्रेसका नेता हबिब मिया निकै खुशी थिए। उद्योग स्थापना हुने बेलामा व्यवस्थापन पक्षले उनीसँग उद्योगमा रोजगारीका लागि ८० प्रतिशत स्थानीयलाई प्राथमिकता दिने र बाँकी २० प्रतिशत मात्र आपूर्ति गर्ने मौखिक सहमति गरेको थियो। तर, अहिले व्यवस्थापन पक्षले उनको फोनसमेत नउठाउने गरेको उनको गुनासो छ।

उनी भन्छन्, ‘स्थानीयको भावनासँग खेलवाड गरी हामीलाई पाखा लगाउने काम भएको छ। वीरगञ्जकै केही उद्योगी आएर मबाट सिफारिश लिएर गए, तर पछि मुख देखाउन पनि आएका छैनन्, जब उद्योग रहेका क्षेत्रका स्थानीयले रोजगारी नै पाउँदैनन् भने किन अर्बौंको उद्योग खोल्नु ?’

केही स्थानीयवासीहरूले उद्योगले एलानी जग्गा पनि कब्जा गरी उद्योग स्थापना गरेको आरोप लगाएका छन्। फोरमकै नेता तथा ठेकेदार राधाकृष्ण रौनियारले भने– ‘सबै दोष वडाध्यक्षकै हो, उनले नै हचुवाको भरमा उद्योग लगाउन स्वीकृति दिए, त्यसमाथि पनि करिब ३ कट्ठा जग्गा खोलाको उद्योगले घेरिरहेको सुनेको छु, अब उनी मुद्दा हाल्ने पक्षमा छन्, योभन्दा दुर्भाग्यपूर्ण कुरा अरु के हुन सक्छ ?’

उद्योग सञ्चालनमा आएपछि आवश्यक पर्ने जनशक्ति ठेकेदारमार्फत आपूर्ति गर्न थालेको सुन्नमा आएपश्चात् वीरगञ्जस्थित श्रम कार्यालयले पनि चासो देखाएको छ। उद्योगले मुख्य काममा पनि ठेकेदारमार्फत कामदार भर्ना गर्न थालेपछि श्रम कार्यालयको चासो बढेको हो। श्रम कार्यालय वीरगञ्जका प्रमुख कारखाना निरीक्षक कृष्ण यादवले भने, ‘उद्योग सञ्चालनको सहजीकरण गर्ने क्षेत्र जस्तै सुरक्षा, क्यानिटन, कुक, सरसफाइ, व्यवस्थापन, सहायता गर्ने क्षेत्रका लागि आपुर्तिकर्तामार्फत कामदार भर्ना गर्न सकिन्छ। तर, श्रम ऐनविपरीत गएर सबै कामदार ठेकेदारमार्फत भर्ना गर्ने कोसिस भयो भने कानूनबमोजिम कारबाही हुन्छ।’

लोकप्रिय

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

वीरगञ्जको नेशनल मेडिकल कलेजमा छापा

२०७६, १ मंसिर आईतवार १८:२८

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

महानगरीय प्रहरी दिवस, ‘लगनशील भए घटनाको अनुसन्धानमा सफलता’

२०७६, १ मंसिर आईतवार २०:३०

धरानमा विप्लवको आत्तंक

धरानमा विप्लवको आत्तंक

२०७६, ३० कार्तिक शनिबार १७:३०

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

मंगल ग्रहमा पनि अक्सिजन भएको अनुमान

२०७६, २ मंसिर सोमबार १९:५२

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

नेपाली युवालाई भारत सीको विशाल लक्ष्य, जवाफि ब्याटिङ गर्दै नेपाल

२०७६, १ मंसिर आईतवार १३:१७

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

हनुमान ढोका क्षेत्र अवलोकन गर्ने पर्यटक बढे

२०७६, ३० कार्तिक शनिबार १६:५३

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

सुचना प्रविधि क्षेत्रबाट वर्ल्डलिंक सबैभन्दा बढी आयकर तिर्नेमा

२०७६, १ मंसिर आईतवार १७:२७

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

कमला घिमिरेको गीत ‘चिया छानेको’ ट्रेन्डिङ नम्बर १ मा

२०७६, १ मंसिर आईतवार २१:४१

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

२०७६, २ मंसिर सोमबार १७:०८

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

बिल गेट्सको संस्थाद्धारा २० अर्ब लगानी गरेर स्मार्ट ट्वाइलेटको आविष्कार

२०७६, १ मंसिर आईतवार १७:१७

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

महिन्द्रा सर्भिस सेन्टरको लापरवाहीले उपभोक्ता समस्यामा

२०७६, २ मंसिर सोमबार ११:३५

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो सहित)

लोकदोहोरी गायक ईश्वर बाबुको ‘सिन्धुर पछिको माया’ गीत सार्वजानिक (भिडियो…

२०७६, ३० कार्तिक शनिबार २१:०४

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

हङकङविरुद्ध अविनाश र करणको आक्रामक बलिङ

२०७६, ३० कार्तिक शनिबार १४:२०

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

भारत सीविरुद्ध नेपाललाई पहिलो सफलता

२०७६, १ मंसिर आईतवार १०:२०

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

पूर्वराजा ज्ञानेन्द्र नाईट क्लबमा सेलिब्रेटीसँग यसरी नाँचे (भिडियो सहित)

२०७६, २ मंसिर सोमबार ११:३४