९ कातिक, विराटनगर । विराटनगरका मोहम्मद अस्फाकको अपहरणपछि हत्या आरोपमा पक्राउ परेका मुख्य अभियुक्त हिरासत तोडेर भागेका छन् ।

इलाका प्रहरी कार्यालय रानी विराटनगरको हिरासतकक्षबाट मोहम्मद सद्दाम हुसेन र महम्मद अरिफ आलम भेन्टिलेसनको रड काटेर भागेका हुन् । हिरासत कक्षमा आलम र हुसेनलाई छुट्टै कोठामा राखिएको थियो । उनीहरुले कोठाको भेन्टिलेसनमा रहेको ८ वटा रडमध्ये ६ वटा रड काटेर फरार भएका हुन् ।

शुक्रबार विहान १ बजेदेखि ३ बजेको बीचमा भेन्टिलेसनको ६ वटा रड काटेर फरार भएका हुन् । बिहीबार इलाका प्रहरी कार्यालय रानीमा १९ जना थुनुवा राखिएको थियो । अस्फाक हत्या आरोपमा पक्राउ परेका ५ मध्ये मुख्य अभियुक्त हुसेन र आलमलाई छुट्टै कोठामा राखिएको थियो । अन्य ३ आरोपी सहित १७ जनालाई छुट्टै कक्षमा राखिएको थियो ।

‘एउटै मुद्दाको अनुसन्धानको क्रममा प्रभाव पार्न सक्ने भएकाले मुख्य अभियुक्तलाई छुट्टै स्थानमा राखिएको थियो ।’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक निशान थापाले भने ‘ भेन्टिलेसनको रड काटेर राति भागेका हुन् ।’ उनले थुनुवाहरु फरार हुने समयमा ड्युटीमा रहेका सात जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाएर अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

प्रहरीको मिलमतोमा भागेको हुन सक्ने भएकाले छानबिनका लागि समिति पनि गठन भएको छ । मोरङ प्रहरी प्रमुख मनोजकुमार केसीका अनुसार डिएसपी निशान थापाको नेतृत्वमा ५ सदस्य छानबिन समिति गठन गरिएको छ । समितिले छानबिन सुरु गरिसकेको छ ।

गौतमबुद्ध स्कुल विराटनगरको कक्षा १० मा अध्ययनरत अस्फाक गत असोज १ गतेदेखि बेपत्ता थिए । उनको शव असोज ७ गते विराटनगर १९ मा भित्री सडक खण्डमा रहेको हृयुमपाइप भित्र भेटिएको थियो । शव भेटेको सात दिन पछि असोज १४ गते प्रहरीले अस्फाकको हत्यामा संलग्न हुसेन र आलमलाई सार्बजनिक गरेको थियो । आफूहरुले छोरोका अपहरण गरेको भन्दै उनीहरुले अस्फाकको परिवारसँग ५० लाख रुपैयाँ फिरौती मागेका थिए ।

इलाका प्रहरी कार्यालय रानीको कमाण्ड प्रहरी निरीक्षक सन्तोष निरौलाले सम्हालिरहेका छन् । बिहीवार उनी बिदामा बसेका थिए । उनी विदा बसेकै दिन राति हत्या आरोपी फरार भएका हुन् । निरौला बिदामा बसेका कारण इलाकाको कमाण्ड सई डम्बर थापाले सम्हालेका थिए । फरार थुनुवाहरु गत असोज १४ गतेदेखि प्रहरी हिरासतमा थिए ।

कसरी भागे आरोपी ?

इलाका प्रहरी कार्यालय रानीमा बिहीवार राती आलोपालो सिस्टममा ७ जना प्रहरी ड्युउटीमा खटिएका थिए । प्रहरी चौकी सधै सुरक्षा पहरा भित्र हुन्छ । अझ थुनुवा कक्षमा बिषेश निगरानी हुन्छ । तर प्रहरी निगरानी भित्र रहेकै कक्षबाट फरार हुनलाई प्रहरीको मिलेमतो भएको हुनसक्ने स्रोतको दाबी छ । थुनुवा कक्षको भेन्टिलेसनको ६ वटा रड काट्दा पनि प्रहरीले चाल नपाउनु शंकास्पद रहेको प्रहरी स्रोत बताउँछ ।

थुनुवा भागेपछि प्रहरीले रड काट्न प्रयोग भएको हृयाक्सो ब्लेट पनि भेटेन । भेन्टिलेसनको रड हेर्दा हृयाक्सो ब्लेट प्रयोग भएको डिएसपी थापाले बताए । रड काटन प्रयोग भएको ब्लेट पनि उनीहरुले साथमै लगेका छन् । थुनुवासम्म रड काट्ने उपकरण कसरी पुग्यो र कसरी हत्या आरोपी भागे भन्ने बिषयमा अनुसन्धान तिब्र पारिएको डिएसपी थापाले जानकारी दिए ।

आरोपी खोज्न भारतमा

हिरासत कक्षबाट फरार भएकाहरुको खोजीकालागि ब्यापक मात्रमा प्रहरी परिचालन गरिएको छ । हिरासतबाट फरार भएकाहरु भारततर्फ भागेको हुन सक्ने भएकाले प्रहरीले भारततर्फ खोजी तिब्र बनाएको हो ।

लोकप्रिय

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

सरकारको समीक्षा, काम सुस्त भयो भयो : प्रधानमन्त्री ओली

६ मंसिर २०७५, बिहीबार

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

प्रहरीको जवाफी फायरिङमा डाका राजन लिम्बु घाइते

२१ मंसिर २०७५, शुक्रबार

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

आन्तरिक पर्यटकको गन्तव्य बन्दै नेपालगन्जको रानी तलाउ

११ मंसिर २०७५, मंगलवार

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

प्रियंका र प्रमोदको उत्तेजक दृष्यले ‘कथाकाठमाण्डु’ बिवादमा

१ मंसिर २०७५, शनिबार

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

शुशीलसँग प्रियंकाले लगाइन् ठुम्का

१ मंसिर २०७५, शनिबार

मन्त्रीहरुको कामको समीक्षा शुरु

मन्त्रीहरुको कामको समीक्षा शुरु

५ मंसिर २०७५, बुधबार

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

मेस्सीको दुई गोल, बार्सिलोनाको सहज जित

२३ मंसिर २०७५, आईतवार

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

मस्ती टकः’नाजिरको प्रेम प्रस्तावमा साम्राज्ञीको स्विकारोक्ती'(भिडियो सहित)

१९ कार्तिक २०७५, सोमबार

कैद र जरिवाना असुल गर्न बाँकी

कैद र जरिवाना असुल गर्न बाँकी

२४ मंसिर २०७५, सोमबार

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

रारा पर्यटन बिकास समितिले गर्यो रारा तालको सरसफाई

११ मंसिर २०७५, मंगलवार

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

बेलायत भ्रमण पूरा गरी वरिष्ठ नेता नेपाल स्वदेश फिर्ता

५ मंसिर २०७५, बुधबार

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

तुलाधर राजनीतिक र सांस्कृतिक आन्दोलनका अग्रज : प्रचण्ड

१८ कार्तिक २०७५, आईतवार

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्य समितिको बैठक बस्दै

२४ मंसिर २०७५, सोमबार

२३ मंसिर २०७५, आईतवार

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

यात्रुवाहक बस पल्टँदा १८ जना घाइते, ३ को अवस्था गम्भीर

२ मंसिर २०७५, आईतवार