काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमण सकेर आज बुधबार स्वदेश फर्किएकी छिन्। उनी सिचुवान एयरलाइन्समार्फत १० बजेर ७ मिनेटमा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन्। उनी चिनियाँ समकक्षी सी चिनफिङको निमन्त्रणामा चीनको राजकीय भ्रमणमा यही वैशाख ११ गते चीन प्रस्थान गरेकी थिइन्।

राष्ट्रपति भण्डारीको बिहीबार स्वदेश फर्किने कार्यक्रम रहे पनि अस्वस्थ भएको महसुस भएपछि आज बुधबारै ल्हासाबाट काठमाडौँतर्फ फर्किएकी हुन्। विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई नेपाली सेनाले तोपको सलामीसहित सम्मान दिएको थियो।

यसैबीच उनलाई आज बिहान नेपाल फर्कने क्रममा ल्हासाको गोङ्गर विमानस्थलमा तिब्बत स्वशासित क्षेत्रका कार्यकारी उपाध्यक्ष चियाङ जीले बिदाइ गरे। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना भएको दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी भई सम्बोधन गरिन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सोमबार ग्रेट हल अफ द पिपल परिसरमा उनलाई स्वागत गरेका थिए। सोमबार ग्रेट हल अफ द पिपलमा दुईपक्षीय बैठक सम्पन्न भएसँगै विभिन्न सात सम्झौतामा हस्ताक्षर भयो।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, संघीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङ्ची, निजीक्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहेका थिए।

(तस्वीरहरू : मुकुन्द कालिकोटे)

लोकप्रिय

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

राजधानीवासीका लागि २५ लाख माला आवश्यक

२०७६, २ कार्तिक शनिबार १७:१३

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

थ्री स्टारको गोलमा बार्सिलोना विजयी र मेस्सीको निः स्वार्थता

२०७६, ३ कार्तिक आईतवार १०:४०

मोहम्मद अफताब आलमको पक्षमा देउवा

मोहम्मद अफताब आलमको पक्षमा देउवा

२०७६, १ कार्तिक शुक्रबार २०:३२

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

टी–२० विश्वकप छनोटः स्कटल्याण्डविरुद्ध सिंगापुरको रोमाञ्चक जित

२०७६, १ कार्तिक शुक्रबार १५:४०

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता  (लाइभ हेर्ने लिङ्कसहित)

पहिलाे हाफमा बार्सिलोनाकाे १ गाेलकाे अग्रता (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, २ कार्तिक शनिबार १६:४३

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

कप्तानबाट निकालिए पाकिस्तानी क्रिकेटर सर्फराज

२०७६, १ कार्तिक शुक्रबार १७:११

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

हरेक ६ महिनामा नयाँ श्रीमान फेरे जस्तो लाग्छः दिपिका पादुकाेण

२०७६, १ कार्तिक शुक्रबार १४:२०

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

बिईगं ह्युमनका सञ्चालक भन्छन्ः थप आक्रामक रुपमा आउँदैछौँ

२०७६, १ कार्तिक शुक्रबार २०:४०

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

टी–२० विश्वकप छनोटः यूएईविरुद्ध ओमान विजयी

२०७६, २ कार्तिक शनिबार १०:५६

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

टी–२० विश्वकप छनोटः हङकङविरुद्ध आयरल्याण्डको शानदार जित

२०७६, १ कार्तिक शुक्रबार १९:०६

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

बर्मुडामाथि पपुवा न्युगिनीको शनसनीपूर्ण जित

२०७६, २ कार्तिक शनिबार १४:५०

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

डब्लुसीएलः चितवनसामु निरिह ललितपुर, रितुको अर्धशतकीय पारी

२०७६, १ कार्तिक शुक्रबार १६:३०

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

आतंकवादी हमला हुन सक्ने भन्दै दिल्लीमा हाई अलर्ट जारी

२०७६, ३ कार्तिक आईतवार १३:४०

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

कविताको उत्कृष्ट बलिङमा चितवनद्वारा विराटनगर पराजित

२०७६, ३ कार्तिक आईतवार १७:०६

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट .

प्रियंकाले दर्शकको मन जित्न सकिनन् ‘द स्काई इज पिंक’ बाट…

२०७६, २ कार्तिक शनिबार ०८:०९