काठमाडौँ – ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा बस सञ्चालनको योजना बनाइएको हो।

कुन–कुन रुटमा कति बस आवश्यक छ भनेर अध्ययन भइरहेको महानगरले जानकारी दिएको छ। यस वर्षको बजेटमा महानगरले रू‍. ५ करोड विद्युतीय बस सञ्चालनका लागि छुट्याएको थियो। भित्री भागमा सबैतिर सार्वजनिक सवारी पनि नजाने र ट्याक्सीले पनि बढी भाडा लिने हुँदा पर्यटकलाई सुविधा दिन बस सञ्चालन गर्न लागिएको महानगरका प्रवक्ता राजु महर्जनले बताए।

पर्यटकले एकातिर छोटो दूरीमा ट्याक्सी जानै नमान्ने र गएकाले पनि बढी भाडा लिन खोज्ने गुनासो गर्दै आएका छन्। उनका अनुसार बस सञ्चालनले विशेष गरेर असहाय, वृद्ध र अपांगता भएका पर्यटकलाई सुविधा हुनेछ । उनले भने, ‘बसमा चढेर खासखास घुम्नुपर्ने सबै स्थानमा पर्यटकलाई पुर्‍याउने हाम्रो लक्ष्य हो।’ पुल्चोकबाट मंगलबजार र पाटनढोकाबाट मंगलबजारसम्म बस सञ्चालन गर्ने योजना रहेको प्रवक्ता महर्जनले बताए।

पाटनभित्र रहेका दरबार क्षेत्रसँगै अरु मन्दिर, विहारलगायतका पर्यटकीय गन्तव्यलाई समेटेर रुट बनाइने उनले बताए। उनले भने, ‘अध्ययन प्रतिवेदनका आधारमा छिट्टै सञ्चालन गर्ने योजना छ ।’ महानगरले साझा यातायातको रू.१ करोडको शेयर खरीद गरेर विभिन्न रुटमा बस सञ्चालन भइरहेको छ। (रासस)

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६