आज विश्व प्रेस स्वतन्त्रता दिवस। सन् १९९३ मा संयुक्त राष्ट्रसंघको घोषणा र युनेस्कोले मे ३ लाई विश्व प्रेस दिवसका रूपमा संसारभरि मनाउन आह्वान गरेपछि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो। यस दिनले प्रेस स्वतन्त्रताको उदात्ततालाई प्रेरित गर्दछ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको वकालत गर्दछ। प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको अविभाज्य अंग हो। स्वतन्त्रताविना लोकतन्त्रको कल्पनासमेत गर्न सकिँदैन।

प्रेस स्वतन्त्रताको दृष्टिले बितेको वर्ष विश्वको गतिविधि अपेक्षाकृत त्यति राम्रो र सन्तोषजनक ठहरिएन। सन् २०१८ को अक्टोेबर २ मा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासभित्रै साउदी पत्रकार जमाल खसोग्गीको हत्या गरियो। यो पत्रकार हत्या यस वर्षको प्रतिनिधि घटना मात्रै हो। त्यसैले पनि विश्व प्रेस क्षेत्रमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई विविध शक्तिको आडमा दबाउने, कुल्चने र धम्क्याएर पत्रकारिता क्षेत्रमाथि त्रास उत्पन्न गराउने प्रयास भयो। चाहे त्यो सत्ताको आडमा होस्, चाहे सम्पत्तिको आडमा होस्, चाहे माफिया वा गुण्डागर्दीको आडमा होस् – प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास भइरह्यो।

नेपालको सन्दर्भमा प्रेस स्वतन्त्रताको कुरा गर्ने हो भने नेपाली पत्रकारिता क्षेत्रका निम्ति यो वर्ष निश्चित रूपले सुखद र सन्तोषजनक रहेन। प्रजातन्त्र र लोकतन्त्र हुँदै गणतन्त्रात्मक व्यवस्थासम्म आइपुगेको नेपालको राज्य सत्तामा अहिले दुई तिहाइ मत प्राप्त कम्युनिष्ट विचारधारा राख्ने व्यक्तिहरूको हालिमुहाली छ। गणतान्त्रिक व्यवस्थामा जो जेजस्ता विचारधारा राख्ने पार्टीहरू बहुमतबाट सत्तामा पुग्छन्, तिनले राज्य सत्ता सञ्चालनमा लोकतान्त्रिक पद्धतिलाई अवलम्बन गर्नैपर्ने हुन्छ। लोकलाजका निम्ति त वर्तमान ओली सरकारले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको आवरण देखाइरहेका छन्। तर, मूलतः स्वातन्त्र्यताको अन्तर्यमा हेर्ने हो भने सरकारको बाटो प्रेस स्वतन्त्रताविरोधी नै देखिन्छ।

अनलाइन सञ्चारमाध्यममा समाचार लेखेकै आधारमा कुनै पत्रकारलाई साइबर अपराध कानून लगाएर पक्राउ गर्नु आफैँमा प्रेस स्वतन्त्रताविरोधी महत्त्वपूर्ण उदाहरण हो। पोखराका अनलाइन पत्रकार अर्जुन गिरीको गिरफ्तारी र उनीमाथिको साइबर मुद्दा ताजा उदाहरण हो। यस वर्षकै कुरा गर्दा नेपालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना भएका छन्। यी ६० घटनामा ७७ जना पत्रकार र ५ सञ्चार संस्था पीडित भएको नेपाल पत्रकार महासंघको प्रतिवेदन छ। नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई सुनिश्चित गरेको छ। तर पनि वर्तमान सरकाले विभिन्न ऐन एवं कानून बनाएर प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको छ। २०७५ साल भदौ १ गतेदेखि लागू गरिएको मुलुकी देवानी (संहिता) र फौजदारी (संहिता) ऐनका विभिन्न दफाहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएका छन्। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी यस्ता ऐन कानूनलाई तत्काल सुधार गर्नुपर्छ भन्ने चौतर्फी आवाज आए पनि त्यसलाई सरकारले सुनेको नसुन्यै गरेको छ। त्यसैगरी संघीय सरकारले प्रेससम्बन्धी ऐन कानून निर्माणका निम्ति संसदमा पेस गरेका मस्यौदाहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका मर्मविपरीत छन्। त्यस्ता प्रेस स्वतन्त्रताविरोधी मस्यौदा सच्याउनुपर्ने माग उठ्दा पनि सरकारले वास्ता गरेको छैन।

सरकार प्रेसप्रति नीतिगत र कानूनी रूपमै अनुदार बाटोतर्फ उन्मुख भएपछि नेपाल पत्रकार महासंघले बाध्य भएर प्रमुख प्रतिपक्षको नेतालाई गुहार्न पुग्नुपर्ने अवस्था सिर्जना भयो। महासंघले प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापतिलाई ज्ञापनपत्र नै बुझाएर सरकारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अक्षुण्णता निम्ति कदम चाल्न आग्रह गर्‍यो। प्रेस स्वतन्त्रतामा कहीँ कतैबाट आँच आउन नदिने गरी कानून नियम बनाउन सरकारलाई झक्झक्याउन महासंघले कांग्रेस नेतालाई ज्ञापनपत्र नै बुझाउनु प¥यो। यो अवस्था भनेको सरकार प्रेस स्वतन्त्रताविरोधी बाटोमा अगाडि बढेको उदाहरण हो। यद्यपि, ३ मे २०१९ को यस प्रेस स्वतन्त्रता दिवसले हामी सबै पत्रकारलाई भविष्यमा अझ बढी स्वतन्त्रता र मर्यादाका बाटोमा हिँड्नका निम्ति प्रेरित गरोस्, सबैलाई शुभकामना।

लोकप्रिय

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

अष्ट्रेलिया काण्डः पीडित युवतीले दिइन् अष्ट्रेलियाबाटै उजुरी

२०७६, ९ माघ बिहीबार १५:४८

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

बिहीबार दिनभरका प्रमुख खबरहरू – छुटाउनु भयाे कि ?

२०७६, ९ माघ बिहीबार १९:५८

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा नै हुने

कांग्रेसको विवाद मिल्योः १४ औं महाधिवेशन २०७७ फागुन ७ मा…

२०७६, १० माघ शुक्रबार २०:०२

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

प्राचिनकालमा यसरी हुन्थ्यो सेक्स !

२०७६, ९ माघ बिहीबार १८:५२

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

सय विकेटको कोशेढुङ्गाबाट सन्दीप एक विकेट टाढा!

२०७६, ११ माघ शनिबार १७:१९

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाँको कुनै किताबमा पाइँदैनः दाहाल

२०७६, ११ माघ शनिबार १७:४७

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

बीमाको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या

२०७६, १० माघ शुक्रबार ०७:२६

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

युवती रोजेर निःशुल्क शारिरीक सम्पर्क राख्न पाइने विश्वकाे अनाैठाे ठाँउ

२०७६, ११ माघ शनिबार १४:१०

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

विश्व बैंकको लगानीबाट पथलैया–ढल्केबर सडक ४ लेनकाे बनाइने

२०७६, ९ माघ बिहीबार १५:२१

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

बिमलराज क्षेत्रीको ‘ऐना हेरी हेरी’ टिकटकमा सबैभन्दा हिट (भिडियो सहित)

२०७६, ९ माघ बिहीबार १५:१३

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

मौरीपालन व्यवसायबाट अब्बल आम्दानी

२०७६, ११ माघ शनिबार १७:२४

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

इरानी आक्रमणमा परी ३५ अमेरिकी सैनिकको टाउकोमा चोट

२०७६, ११ माघ शनिबार १२:४३

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

सर्वजातीय कुलदेवताधामको निर्माण हुने

२०७६, ११ माघ शनिबार १६:४७

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

अदालतमा उपस्थित नभई सिद्धबाबा भारततर्फ फरार

२०७६, ९ माघ बिहीबार १७:४३

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

अभिनेत्री सेजल शर्माले गरिन आत्महत्या

२०७६, ११ माघ शनिबार ११:३६