काठमाडौँ – नागरिक अगुवाहरूले वर्तमान केपी शर्मा ओलीको सरकार भ्रष्टबन्दै गएको टिप्पणी गरेका छन्। राजधानीको बानेश्वरमा नेपालका लागि नेपाली नामक समूहले आयोजना गरेको ‘नागरिक खबरदारी’ कार्यक्रममा बोल्दै प्रा.डा. सुरेन्द्र केसीले राजाभन्दा वर्तमान राष्ट्रपति, प्रधानमन्त्री महंगा सावित भएको दाबी गरे।

उनले भने,‘मदन भण्डारीको एउटा भाषण अहिले भाईरल बनिरहेको छ, हामीले राजा फालेर राजा जस्तै महंगा शासक ल्याउने काम गर्नुहुँदैन, आजको यो शासन महंगो भयो, यो जनतालाई स्वीकार्य छैन्’ आज उनकै श्रीमती राष्ट्रपति हुनुहुन्छ, के जनताको जीवन स्तरसँग मेलखाने उहाँको रवाफ छ ? देशका लागि मर्ने मानिस सगमाथाभन्दा अग्लो हुन्छ, हामी सडकमा आउनुपर्ने भयो हामी आयौं, अत्याचारले सिमा नाघ्यो।’

माइतीघर मण्डलादेखि जुलुस बानेश्वरमा पुगेर कोर्णसभामा परिणत भएको कार्यक्रममा लेखक तथा चर्चित साहित्यकार अरूण सुवेदीले वर्तमान संविधान भौगोलिक रक्षा र अन्तर्राष्टिय समुदायसँगको सम्बन्धलाई सकारात्मक रुप दिन नसक्ने बताए।

कार्यक्रममा २५ प्लस समूहका सदस्य अनिल योगीले भ्रष्टचारी, अत्याचारी, बलात्कारी, जग्गा दलालीहरूको विरुद्धमा बोल्न नसक्ने नेपालीहरू पनि अपराधी ठहरीने तर्क गरेका छन्।

योगीले नेपाल कम्युनिष्ट पार्टी विप्लवमाओवादीलाई सरकारले प्रतिबन्ध लगाउनु अपराध भएको बताए। उनले भने, ‘हिजो प्रचण्ड, बाबुराम, बादलहरूले मान्छे मारेर सत्तामा पुगे, आज विप्लवले भ्रष्टाचारीलाई कारबाही गर्न नपाउने ? सत्तामा बसेकाहरूले जति अपराध गरे पनि हामीले चुपचाप स्वीकार गर्नुपर्ने ?

छोरीका लागि स्वर्णिम नेपाल महाअभियानकी अभियन्ता एवम् नायिका रेखा थापाले वालुवाटारमा लेखिएको स्क्रीप्टले देश नचल्ने बताएकी छन्।

उनले भनिन्,‘हामीले प्रश्न गर्न नपाउने ? हामीले बोल्न नपाउने ? निर्मलाको हत्यारा कहिले सार्वजनिक गरिन्छ ? एनसेलले कर कहिले तिर्छ ? जग्गा दलालहरुलाई कहिले कारबाही हुन्छ ?’

नेकपाका नेता योगेश भट्टराईलाई इंगित गर्दै नायिका थापाले भनिन्,‘राष्ट्रपतिले ‘मेरो सरकार’ भन्दा शब्दको कुरा हो, सामान्य हो रे ? राष्ट्रपतिको नाममा अहिले कति जना युवाहरु जेलमा छन् ? आक्रोशमा आएर गालि गर्ने युवाहरुलाई शब्दकै आधारमा जेलमा हालिएको होइन ? लोकतन्त्रमा कसैलाई शब्दले जेलमा कोचिन बाध्य हुनुपर्ने, कसैलाई सामान्य हुने ?

उनले भनिन्,‘म कुनै चर्चाको लागि सडकमा आएकी होइन, लाखौ छोरीहरुको सवाल बोकेर सडकमा आएकी हुँ, विदेशमा बेचिएका युवाहरुको लागि सडकमा आएकी हुँ, मलाई रेखा थापा बनाउनु भएको हो, अब म त्यो ऋण तिर्न तयार छु।’

कार्यक्रममा अधिवत्ता वालकृष्ण न्यौपाने, अधिवत्ता सुरेन्द्र भण्डारी, अभियन्ता ज्ञानेन्द्र शाहीलगायतले सरकारको चर्को विरोध गरेका छन्। उनीहरुले सरकार कमिसन, जग्गा दलालीहरुको संरक्षण गरिरहेको आरोप लगाएका छन्।

शिक्षामा ५ प्रतिशत लगानी गर्ने तर प्रधानमन्त्री कार्यालयमा मात्रै ११ प्रतिशत बजेट छुट्याउनु विभेदपूर्ण व्यवहार भएको भन्दै उनीहरुले सरकारको खुलेर विरोध गर्न जनतालाई आग्रह गरेका छन्।

तस्वीर: धनराज वास्तविक

लोकप्रिय

राष्ट्रपति  बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री  एस जयशंकरबिच भेट

राष्ट्रपति बिद्यादेवी भण्डारी र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेट

२०७६, ५ भाद्र बिहीबार १४:०८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान

२०७६, ५ भाद्र बिहीबार १४:५८

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

कुलेखानी तेस्रोबाट दशैँअघि १४ मेगावाट विद्युत् उत्पादन हुने

२०७६, ५ भाद्र बिहीबार १२:३४

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

भारतीय बिदेशमन्त्रीले राष्ट्रपती भण्डारीलाई भेट्ने

२०७६, ५ भाद्र बिहीबार ०९:१०

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

गाेरखामा पहिरोले एक घर बगायो, २९ घर जोखिममा

२०७६, ५ भाद्र बिहीबार १२:२२

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

प्रधानमन्त्री ओलीले सिंगापुरबाट भिडियोमार्फत मन्त्रिपरिषद् बैठकको नेतृत्व गर्ने

२०७६, ५ भाद्र बिहीबार १८:००

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

आयुष्मानको पारिश्रमिक ३ गुणाले बढ्यो

२०७६, ६ भाद्र शुक्रबार १३:१८

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

बसन्त थापा मगरको स्वरमा ‘आमाले बोकेको भारी’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १३:२२

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

मिना निरौलाको स्वरमा ‘तीज आयो’ सार्वजनिक

२०७६, ५ भाद्र बिहीबार १५:५९

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

नेकपा नेतामा अनुशासनको कमीः प्रचण्ड

२०७६, ६ भाद्र शुक्रबार १४:२१

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

सभापति देउवाद्वारा गौरा पर्वको शुभकामना

२०७६, ६ भाद्र शुक्रबार १४:४९