आकाश तारा बयक
सुर्खेत, २४ पुस। कर्णाली प्रदेश सरकारले किसानका लागि ‘प्रोत्साहन कार्यक्रम’ ल्याएको छ। राष्ट्रिय किसान आयोगले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले कर्णालीका किसानलाई आत्मनिर्भर बनाउन ‘प्रोत्साहन कार्यक्रम’ ल्याइएको जानकारी दिइन्। मन्त्री केसीले प्रदेशका १० वटै जिल्लाका किसानको जीवनस्तर उकास्न सरकारले प्रोत्साहन कार्यक्रम ल्याएको बताइन्।

‘कर्णालीको गरीबी हटाएर किसानको जीवनस्तर उकास्न किसान लक्षित विभिन्न कार्यक्रम आउँदै छन्,’ उनले भनिन्, ‘किसानलाई प्रत्यक्ष रूपमा राहत पुग्ने गरी कृषक पेन्सन, गरीबी तथा वास्तविक कृषकको पहिचान, किसान सरकार हातेमालो लगायतका कार्यक्रम सञ्चालन गरिनेछ।’

कृषिलाई कर्णाली प्रदेशको समृद्धिको पहिलो आधार बनाएर कार्यक्रम सञ्चालन गरिने बताउँदै उनले भनिन्, ‘किसानले उत्पादन गरेका वस्तुको बजार नहुँदा समस्या भएको छ। अब प्रदेश सरकारले बजारीकरणको जिम्मा लिनेछ।’ कृषिमा थप आकर्षण बढाउन प्रोत्साहन अनुदानको समेत व्यवस्था गर्न लागिएको उनको भनाइ थियो।

प्रदेश तथा केन्द्रस्तरमा कृषि प्रसार, अनुसन्धान, विकास तथा किसानका समसामयिक समस्यासम्बन्धी छलफल तथा अन्तरक्रिया गर्न कार्यक्रम आयोजना गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय किसान आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठ, कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, आयोगका पदाधिकारी र प्रदेशका १० वटै जिल्लाका अगुवा कृषक सहभागी थिए।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार