त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आंगिक क्याम्पसहरूलाई परिपत्र गर्दै निर्वाचनको पूर्वतयारी गर्न निर्देशन दिएको छ। पछिल्लो १२ वर्षमा दोस्रो पटक हुन लागेको निर्वाचनको विषयलाई लिएर विद्यार्थी नेताहरूमा पनि उत्साह बढेको छ भने केही त तयारीमा पनि जुटिसकेका छन्। यसै विषयमा आधारित रहेर अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जका विद्यार्थी नेता शिवम साहसँग नेपाली पब्लिकका लागि सुरज खनालले लिएको अन्तरवार्ताः

पछिल्लो पटक २०७३ मा स्ववियु चुनाव हुन नसकेका क्याम्पसहरूमा फेरि चुनाव हुने भन्ने कुरा बाहिर आइरहेको छ, यसबारेमा प्रस्ट पारिदिनुहोस् न?

– पछिल्लो १० वर्षमा देशभरिका कुनै पनि क्याम्पसमा स्ववियु चुनाव हुन पाएको थिएन। आजभन्दा दुई वर्ष अगाडि त्रिभुवन विश्वविद्यालयले नै चुनावका कार्यहरू अगाडि बढाउने निर्णय गरी २०७३ साल फागुन १८ गतेसम्ममा मिति तोकिएको थियो। तर, मधेशको परिवेशमा रहेको राजनीतिक अस्थिरता, मधेश आन्दोलन लगायतका मुद्दाहरूले गर्दा उक्त मितिमा चुनाव हुन सकेन।

पछिल्लो दुई वर्ष बितिसक्दा पनि चुनाव हुन नसकिरहेको अवस्थामा पुस २३ गते सोमबार पुनः स्ववियु चुनाव गराउने विषयमा औपचारिक बैठकमार्फत त्रिविले निर्णय गरेको जानकारी बाहिरिएको छ। चुनावको स्पष्ट मिति तोक्न बाँकी भए पनि आवश्यक तयारी गर्न भनिसकेको छ, जुन स्वागतयोग्य रहेको छ। यसका साथै विद्यार्थी आन्दोलनले नयाँ उचाइ पाउँछ भन्ने हामीले विश्वास पनि लिएका छौँ।

तपाईंले प्रतिनिधित्व गर्ने ठाकुरराम बहुमुखी क्याम्पसमा २०७३ को चुनाव स्थगित हुनुको कारण के थियो?

– सर्वप्रथम म क्याम्पसको विद्यार्थी त हो, तर म यो क्याम्पस मात्र होइन केन्द्रीय सदस्यको नाताले क्याम्पसहरूको प्रतिनिधित्व गर्दै आएको छु। २०७३ सालको चुनावको सन्दर्भमा भन्नुपर्दा चुनावको कार्य अन्तिम चरणमा थियो। चुनाव लगभग अन्तिम चरणमा पुगिसकेको थियो तर, मधेशवादी दलका साथीहरू उहाँहरूको मुद्दा सम्बोधन नभएका कारण चुनावको विपक्षमा उभिनुभयो। र, उहाँहरूको आन्दोलनका कार्यक्रमहरू पनि जारी रहेका कारण चुनाव सफल हुन सकेन।

जुन कुराले गर्दा उहाँहरू आन्दोलनमा उत्रिनुभयो, के ती सबै माग सम्बोधन भइसकेका हुन् त? अब हुने चुनावमा त्यस्तो स्थगित हुनसक्ने अवस्था कत्तिको छ?

– सम्भवतः उहाँहरूको माग सम्बोधन भइसकेको हुनुपर्छ। स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभाको चुनाव सम्पन्न भइसकेको हुनाले पनि अबको स्ववियु चुनाव निःसन्देह हुने कुरामा विश्वस्त हुन सकिने अवस्था रहेको छ। आशा छ, अबको चुनावमा उहाँहरू पनि सहभागी हुनुहुनेछ, चुनावलाई सफलताका साथ सम्पन्न गराउनमा उहाँहरूको पनि भूमिका रहनेमा मैले विश्वास लिएको छु।

तपाईं आफैँ पनि आउँदो चुनावमा ठाकुरराम बहुमुखी क्याम्पसको भावी स्ववियु सभापतिको प्रत्यासी हुनुहुन्छ भन्ने सुनिन्छ नि?

– त्यस विषयमा अन्तिम निर्णय पार्टीको हुनेछ। मैले आफ्नो आन्तरिक तयारी थालिसकेको छु। यद्यपि, यस विषयमा अन्तिम निर्णय पार्टीको हुनेछ।

ठाकुरराम क्याम्पसको इतिहासलाई हेर्दा नेपाली कांग्रेस निकट नेविसंघ हावी हुँदै आएको छ, यसपटक तपाईंहरूको तयारी कस्तो छ?

– विगतमा धेरैपटक नेविसंघले जिते पनि अहिले सम्पूर्ण संगठन उत्तिकै शक्तिशाली भएर आएका छन्। चुनावी मैदानमा सबै संगठनबीच कडा प्रतिस्पर्धा हुने स्थिति रहेको छ।

तत्कालीन एमाले र माओवादीबीचको पार्टी एकतापश्चात् विद्यार्थी संगठनमा पनि ध्रुवीकरण देखिएको छ, यसपालिको चुनावमा त्यो ध्रुवीकरणले फरक पार्छ कि पार्दैन?

– दुई ठूला शक्तिहरू मिलिसकेको अवस्थामा केही फरक पार्दैन भन्ने कुरामा हामी विश्वस्त छौँ। केही कारणवश विद्यार्थी संगठनहरूको एकता अहिलेसम्म भइनसकेको अवस्था भए पनि आउने एक हप्ताभित्र दुवै संगठन सहकार्य र हातेमालो गर्दै विनाविवाद हामी स्ववियु चुनावको तयारीमा जुट्ने छौँ।

लोकप्रिय

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

काठमाडौँ सुपर च्याम्पियन्स टिमकी मालिक बनिन् नायिका रेखा थापा

४ चैत्र २०७५, सोमबार

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

विप्लवका विद्यार्थी नेता पक्राउ गर्न प्रहरीद्वारा त्रिचन्द्र कलेज घेराऊ

४ चैत्र २०७५, सोमबार

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

प्रशासनलाई टेर्दैनन् व्यवसायी, पसलमा मूल्यसूची नै छैन

५ चैत्र २०७५, मंगलवार

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

शिक्षासेवी एवं युवा उद्यमी रेग्मी इजिप्टमा सम्मानित

४ चैत्र २०७५, सोमबार

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

तीन दिनसम्म मेघ गर्जनसहित पानी पर्ने

४ चैत्र २०७५, सोमबार

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

मापदण्ड विपरीतका तीन पाउरोटी उद्योगमा छापा

४ चैत्र २०७५, सोमबार

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

चैत्र १५ देखि शुक्लाफाँटा पर्यटन महोत्सव हुँदै

५ चैत्र २०७५, मंगलवार

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

‘अधुरो सपना’ लिएर आए कवि रगवीर विश्वकर्मा

४ चैत्र २०७५, सोमबार

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

तिलोत्तमाका सामुदायिक विद्यालयमा छात्रालाई निःशूल्क स्यानिटरी प्याड

४ चैत्र २०७५, सोमबार

अनुहार होइन मन रङ्ग्याउँ !

अनुहार होइन मन रङ्ग्याउँ !

६ चैत्र २०७५, बुधबार

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

दुई विषयमा स्नातकोत्तर बिनु मोडलिङ क्षेत्रकी चम्किलो तारा

४ चैत्र २०७५, सोमबार

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

प्रदीप खड्काको ‘लभ स्टेशन’ अष्ट्रेलियामा पनि प्रदर्शन हुने

५ चैत्र २०७५, मंगलवार

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

मधेश आन्दोलनबाट उदाएका युवा नेता संसदमा गर्दैछन् जनताको पक्षमा संघर्ष

५ चैत्र २०७५, मंगलवार

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

नेपाली साहित्यमा महिलाको भूमिका महत्वपूर्ण

५ चैत्र २०७५, मंगलवार

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

नेपाल भूमिमा क्षेत्रीय अशान्तिको विजारोपण

५ चैत्र २०७५, मंगलवार