काठमाडौँ – मलेसियामा सम्पन्न ‘१६औँ ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता-२०१९’ मा पदक विजेता खेलाडी एवम् अफिसियल्सको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। मे ३ तारिखदेखि ६ तारिखसम्म भएको १६औँ संस्करणको उक्त प्रतियोगितामा नेपाली खेलाडीहरुले ३ स्वर्ण र १ कास्य जितेका थिए।

यस क्रममा ४० वर्षभन्दा माथि उमेर समूहमा विनोदमान श्रेष्ठ, ३० वर्षमाथि उमेर समूहमा विवस घिमिरे र ३० वर्षमुनि उमेर समूहमा नै कुमार चौलागाईले स्वर्ण हात पारेका थिए।

३ खेलाडी सहभागी भएको उक्त प्रतियोगिता तीनै जनाले स्वर्ण र १ खेलाडीले स्वर्णसहित कास्य जित्दै महत्वपूर्ण उपलब्धि हासिल गरेका खेलाडीहरु विनोदमान श्रेष्ठ, विवस घिमिरे, कुमार चौलागाई र प्रशिक्षक रञ्जनमान श्रेष्ठ तथा टीम मेनेजर जितेन्द्र पसाद साहलाई सोमबार स्वदेश फर्किने क्रममा विमानस्थलमा भव्य स्वागत गरिएको हो।

सो अवसरमा ओकिनवा गोजु-रियो कराते संघका केन्द्रीय सचिव पुरन गिरीले सबै खेलाडीले स्वर्ण पदक जितेर देशको नाम उच्च बनाएको बताए। उनले भने, ‘सीमित स्रोत र साधनको उपयोग गरेर पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा यस्तो उपलब्धि हासिल गर्नु भनेको खेलाडीको मेहनत र प्रशिक्षकको सही मार्ग निर्देशनको नतिजा हो।’ यसले आगामी दिनहरुमा पनि खेलाडीहरुमा उत्कृष्ट प्रदर्शन गर्न हौसला प्रदान गर्ने उनले बताए।

त्यस्तै ३ खेलाडीसहित टीम म्योजरको नेतृत्व गरेर मलेसिया गएका प्रशिक्षक रञ्जनमान श्रेष्ठले आफूहरुले मेहनतअनुसारको फल प्राप्त गरेको बताए। उनले भने, ‘हामी स्वर्णपदक जित्नेमा पहिल्यै विश्वस्त थियौँ, किनकी हामी आफ्नो मेहनत र लगनशीलतामा विश्वास गर्छौँ।’

व्यक्तिगत तथा संघमार्फत आफ्नै खर्चमा प्रतियोगितामा सहभागी भएर देशको नाममा पदक जितेकोमा खुशी व्यक्त गरे। उनले भने, ‘राज्यले फुटिकौडी सहयोग गरेको छैन, हामी आफैँले स्रोत जिताएर विश्वमा नेपालको नाम पुर्‍याउन सफल भयौँ यसमा हामी खुशी छौँ।’ सरकारको सहयोग बिना नै यस्तो उपलब्धि हासिल गरेर आफूहरुले सरकारलाई चुनौती दिएको प्रशिक्षक श्रेष्ठले बताए। प्रशिक्षक श्रेष्ठले ‘नेपाल भ्रमण वर्ष-२०२०’ लाई ध्यानमा राख्दै ‘१७औँ ओकिनवा गोजु-रियो खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिता–२०२०’ नेपालमा गर्नका लागि आफूहरुले उद्घोष गरेको जानकारी दिए।

त्यसमा त्यहाँ उपस्थित सम्पूर्ण देशका प्रतिनिधिहरुले सहभागी हुने वाचा गरेको श्रेष्ठले बताए। मलेसियाको इन्द्र मुलिया-इपो पेराक स्टेडियममा सम्पन्न प्रतियोगिताका अवसरमा नेपाली खेलाडी एवं अफिसिलयको टोलीले नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारसमेत गरे।

पदक विजेता खेलाडीहरुलाई विमानस्थलमा स्वागत गरेर हौसला बढाउन संघका पदाधिकारीहरु, समाजसेवी, खेलप्रेमी, राजनीतिज्ञ तथा परिवारजनसमेत भेला भएका थिए। खेलाडी एवम् प्रशिक्षकसहितको टोली विमानस्थलमा आइपुग्ने बित्तिकै ओकिनवा गोजु-रियोका सचिव पुरन गिरी उपाध्यक्ष राजेशमान श्रेष्ठ, काठमाडौँ क्षेत्र नम्बर १ बाट प्रदेश सभा सदस्य दिपेन्द्र श्रेष्ठ, समाजसेवी रमेशसिंह डंगोल, सुवर्ण वैद्य, विनोद शाही, जलतराज वैद्य, निर्मल कुइँकेल, केदारमान राज भण्डारीले टिका लगाएर स्वागत गरेका थिए।

त्यस्तै, नेपालकी पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, महिला नेतृ मीनु मानन्धर तथा खेलप्रेमि राजन राजभण्डारी राजेश राना, पवन जंग ठकुरी, ओकिनावा गाेजुरियाे कराते संघका केन्द्रीय सदस्य कविन्द्र बस्याल र खेलाडीका परिवारजनले खादा ओडाएर स्वागत गरे। बधाई ज्ञापन तथा स्वागतका अवसरमा रातो कुमारी सेवा समितिका अध्यक्ष प्रकाश तण्डुकारले पनि बधाई दिए।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

‘रन फर एजुकेशन’ प्रतियोगिता सम्पन्न

२०७६, ३२ श्रावण शनिबार १३:०४

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

मस्त ‘मर्निङ वाक’, स्वस्थ जीवन

२०७६, ३२ श्रावण शनिबार १६:४६

इन्साफ

इन्साफ

२०७६, ३२ श्रावण शनिबार १२:००

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

नेकपाका यी नेताले पाए केन्द्रीय विभागको जिम्मेवारी (सूचीसहित)

२०७६, ३२ श्रावण शनिबार १४:१६

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

लुम्बिनी विकास कोषमा बेथिति, कार्यान्वयन भएन गुरुयोजना

२०७६, ३२ श्रावण शनिबार ०९:३४

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

पुडासैनीको घटनाबारे छानवीनको माग गर्दै प्रदर्शन

२०७६, ३२ श्रावण शनिबार १०:४१

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

कुमार पौडेल ‘इन्काउन्टर’: थन्कियो गृहको प्रतिवेदन

२०७६, ३२ श्रावण शनिबार ०९:०७

रोजगारीका नाममा आफ्नैले ठग्छन्

रोजगारीका नाममा आफ्नैले ठग्छन्

२०७६, ३२ श्रावण शनिबार ०७:१०