पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकार तथा स्थनीय सरकारले जनताले अनुभूति गर्ने गरी विकास निर्माणका कार्यहरूलाई अगाडि बढाएको बताएका छन्। प्रदेश सरकारको लगानीमा पोखरा– २३ ठूलाखेतमा बन्न लागेको पुलको सिलान्याश गर्दै मुख्यमन्त्री गुरुङले संघीयता आएपछि स्थानीय सरकारहरू जनताको घरघरमा विकास र पूर्वाधार निर्माणमा जुटेको बताएका छन्।

मुख्यमन्त्री गुरुङले पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा बनेको सरकारको शासन पद्धति नै अहिलेसम्म चलिरहेको बताउँदै अलिकति अधिकार हेरफेरबाहेक जनताले अनुभूति गर्ने गरी कुनै परिवर्तन हुन नसकेको दाबी गरे। ‘समय र सरकार फेरिएसँगै सामान्य परिवर्तनबाहेक केही भएन,’ उनले भने, ‘सरकार उही गतिमा चलेको छ । परिवर्तनको कुनै गुञ्जायस छैन।’

उनले यसअघि बनेको कुनै सरकारले खहरे खोला संरक्षण गर्न पहल नगरेको बताउँदै त्यसलाई पूरा गर्न प्रदेश सरकार लागिपरेको बताए। ‘पोखरेली फेवाताल देखाएरै अर्थोपार्जन गरिरहेका छन्,’ उनले भने, ‘तर फेवाताल अतिक्रमण रोक्न सकेनन्। पोखराले फेवाताल अतिक्रमण गरेर हुन्छ ?’

फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे। ‘आजसम्म फेवाताल संरक्षण गर्न कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माण गर्न आखिर प्रदेश सरकार नै चाहिँदो रै’छ ।’

उद्घाटन समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले गाउँको विकास गर्नका लागि नै संघीयता ल्याएको बताउँदै गण्डकी प्रदेशलाई समृद्ध बनाइछाड्ने अठोटका साथ प्रदेश सरकारले काम गरिरहेको बताए ।

कार्यक्रमा प्रदेश सांसदद्वय राजीव पहारी, रामजी बराल, जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारीलगायतले बोलेका थिए।

९० दशमलव ७५ मिटर लामो पुलको निर्माण १५ महिनामा सक्ने लक्ष्य लिइएको छ । प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा नीलगिरि कन्स्ट्रक्सनले पाएको छ । पुल ९ मिटर फराकिलो हुनेछ ।

पुल निर्माणपछि पर्यटकी क्षेत्र पञ्चासे, पोखरा वडा नम्बर २३ को ठूलाखेत, चैनपुर, हपर्न, भदौरे तामाङ्गी र घाँटीछिनाका करिब १५ हजार नागरिक वर्षायाममा समेत सहजरूपमा आवतजावत गर्न पाउनेछन्।

लोकप्रिय

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

चन्दा उठाउनाले विद्यार्थी आन्दोलन कमजाेर बन्यो: अनेरास्ववियू

२०७६, २ श्रावण बिहीबार १९:१७

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

पूर्णकलाको स्वरमा ‘काँकरीको अचार’ तीजगीत सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:०८

बुद्ध मूर्ति तोडफोड

बुद्ध मूर्ति तोडफोड

२०७६, २ श्रावण बिहीबार ११:३५

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

मोतिहारीबाट छाडिएको डिजेल आज अमलेखगन्ज आइपुग्ने

२०७६, २ श्रावण बिहीबार ०६:३५

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

‘नरहरीनाथ गाउँपालिकाको सडक निर्माण कार्य पुन: शुरु’

२०७६, २ श्रावण बिहीबार ०८:४८

भैँसीले बचाएको १४ जनाको परिवार

भैँसीले बचाएको १४ जनाको परिवार

२०७६, २ श्रावण बिहीबार २०:१९

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

नेपालले स्वनिर्णय गर्ने आधार गुमाएको त्यो दिन

२०७६, २ श्रावण बिहीबार १४:३५

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

‘अछुत जून’ र ‘मनको पहिरो’ सार्वजनिक

२०७६, २ श्रावण बिहीबार ०९:३०

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

कुलमान घिसिङले फट्याइँ गर्न थाले

कुलमान घिसिङले फट्याइँ गर्न थाले

२०७६, २ श्रावण बिहीबार १९:२९