काठमाडौँ, २५ पुस। इन्डोनेसियाको फुटबल लिग च्याम्पियन पर्सिजा जाकर्ता क्लबले नेपालका मिडफिल्डर रोहित चन्दसँगको सम्झौता थप गरेको छ।

यस अघि रोहितको सो क्लबसँगको सम्झौता २०१८ डिसेम्मरसम्म थियो। रोहितले इन्डोनेसियाको फुटबल लिगमा त्यहाँको पर्सिजा जाकर्ता क्लबबाट खेल्दै लिग उपाधि जिताउनुका साथै प्रतियोगिताकै उत्कृष्ट खेलाडीको उपाधि जित्न सफल भएका थिए।

पर्सिजा व्यवस्थापनले विज्ञप्ति जारी गर्दै रोहितसँगको सम्झौता थप गरिएको पुष्टि गरेको हो। पर्सिजाका प्रबन्ध निर्देशक जेडे विडिएडेद्वारा जारी विज्ञप्तिमा रोहितसँग सम्झौता थप गर्ने निर्णय गरेको उल्लेख छ। विज्ञप्तिमा उत्कृष्ट खेलाडी रोहित अझै पर्सिजाका लागि आवश्यक भएको उल्लेख गरिएको छ।

रोहित अहिले बिदा मनाउन नेपालमा छन्। सम्झौता थप गर्ने क्लबको निर्णयसँगै अब छिट्टै जकार्ता जाने रोहितले ट्वीटमार्फत बताएका छन्। सन् २०१७ पर्सिजामा मासिक तीन हजार ५०० अमेरिकी डलरमा अनुबन्धित भएका थिए। त्यससँगै सबैभन्दा धेरै कमाउने नेपाली फुटबल खेलाडी हुन सफल भएका थिए। एन्फा एकेडेमीका उत्पादन रोहितले सन् २००९ देखि व्यावसायिक फुटबल खेल्न थालेका हुन्। मच्छिन्द्र क्लबबाट फुटबल खेल्न थालेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भएका थिए।

लोकप्रिय

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

बी एण्ड सी अस्पतालमा बिरामीलाई तस्करीको गुणस्तरहीन औषधि

३ माघ २०७५, बिहीबार

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

‘केसीसँग भएको सम्झौताअनुरुप चिकित्सा विधेयक परिमार्जन गर्न माग’

३ माघ २०७५, बिहीबार

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

प्रधानसेनापति र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

३ माघ २०७५, बिहीबार

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

कांग्रेसले माग्यो प्रदेशको स्थायी राजधानी ‘बुटवल’

२ माघ २०७५, बुधबार

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

व्यापार वार्ताका लागि चिनीयाँ उपप्रधानमन्त्री अमेरिका जाँदै

३ माघ २०७५, बिहीबार

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

प्रदेशको स्थायी राजधानी माग्दै कांग्रेस सडकमा (फोटो फिचर)

३ माघ २०७५, बिहीबार

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

पाठेघरको मुखको क्यान्सर हुनबाट कसरी बच्ने?

३ माघ २०७५, बिहीबार

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

‘जहाज खरिदमा कमिशनकै लागि बिचौलिया खडा गरियो’

३ माघ २०७५, बिहीबार

सामान्य अङ्कले घट्यो शेयर बजार

सामान्य अङ्कले घट्यो शेयर बजार

३ माघ २०७५, बिहीबार

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

वाइडबडी प्रकरण: तथ्यको जगमा सत्यको खोजी गर्न कांग्रेसको माग

२ माघ २०७५, बुधबार

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

अफगानिस्तान युद्ध अन्त्य गर्ने उपाय खोज्न अमेरिकी विशेषदूत पाकिस्तानमा

३ माघ २०७५, बिहीबार

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

वन कार्यालयका ६ कर्मचारी कारवाहीमा, २ जना बर्खास्त

२ माघ २०७५, बुधबार

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

गिरिजाप्रसाद र सुशीलको नामका अस्पताल विघटन राजनीतिक संस्कारविपरीत

३ माघ २०७५, बिहीबार

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

डा. केसीलाई काठमाडौँ ल्याइयो, अवस्था अझै चिन्ताजनक

1 घन्टा

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएकै छ: डा. भट्टराई

२ माघ २०७५, बुधबार