अर्जुन भुसाल, काठमाडौँ –

चर्चित लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ एल्वमको यो गीत अहिले निकै चर्चामा छ। समाजको यथार्थ चित्रण बोकेको गीतले श्रीमान्, बालबच्चा छाडेर परपुरुषसँग लाग्दाको बेफाइदाका बारेमा बोलेको छ। गीतले कारुणिक भाव बोकेको छ।

प्रशस्त धन कमाई परिवारसँग सुखसयलमा रमाउने रहर बोकेर विदेश छिरेका श्रीमान् घर फर्कंदा बालबाच्चाको बिचल्ली पारी श्रीमतीले परपुरुषसँग विवाह गरेको खबर पाउँछन्। बालबालिका सहाराविहीन भएको देख्दा उनी भावविभोर हुन्छन्। भएभरका गरगहना र सम्पत्ति लुटी परपुरुषले पनि धोका दिएपछि श्रीमती पनि बिचल्लीमा पर्छिन्।

माताको भेषमा भिक्षा माग्दै उनी श्रीमान् र बालबच्चालाई हेर्न पुग्छिन। पीडा सहन नसकेपछि आत्माहत्या गर्छिन्। उनको बिचल्ली बनाउने परपुरुष पनि जेल पर्छन्। सुमधुर क्रियशनबाट बजारमा आएको गीतमा विष्णु खत्री र देवी घर्तीले स्वर भरेका छन्। लय, शब्द र परिकल्पना पनि खत्रीकै हो। गीतको भिडियोमा गायक खत्री, साया भण्डारी, दिलीप रेग्मी, प्रल्हाद सुवेदीले अभिनय गरेका छन्।

बालकलाकारको भूमिकामा शिक्षा थापा र आविष्कार थापा छन्। कुसंस्कारको चित्रण गर्दै सभ्य समाज निर्माणमा टेवा पु¥याउने उद्देश्य राखेर गीत बनाएको गायक खत्री बताउछन्।

‘श्रीमान् विदेश गएपछि धन सम्पत्तिसमेत लिएर श्रीमती अर्कैसँग हिँड्ने गरेका घटना बढिरहेका छन्’, उनले भने, ‘परपुरुषसँग लाग्दा हुने सम्भावित जोखिम गीतबाटै औँल्याउने काम गरेको हुँ।’ गीतले परपुरुषसँग लागिरहेका र लाग्न खोजिरहेकाहरुलाई समेत सचेत बनाउने उनले बताए।

(रासस)

लोकप्रिय

नेकपाको सचिवालय बैठक शुरु

नेकपाको सचिवालय बैठक शुरु

२०७६, ४ आश्विन शनिबार १६:३९

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड,  एकलाख डलरको खर्च

अमेरिकी मोस्ट वान्टेडलाई लैजाने विमान चार्टर्ड, एकलाख डलरको खर्च

२०७६, ३ आश्विन शुक्रबार १७:२१

सलमान र अक्षयको भिडन्त पक्का

सलमान र अक्षयको भिडन्त पक्का

२०७६, ३ आश्विन शुक्रबार १७:०८

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

बेलायती महारानीद्वारा संविधान दिवसको शुभकामना

२०७६, ३ आश्विन शुक्रबार १३:१४

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

साफ यु–१८ः नेपाल र भुटान मैदानमा (लाइभ हेर्ने लिङ्कसहित)

२०७६, ५ आश्विन आईतवार १४:५८

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

‘कबड्डी कबड्डी कबड्डी’ मा दर्शकको लर्को

२०७६, ३ आश्विन शुक्रबार १२:५९

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

देउवाको बोलीप्रति राष्ट्रपतिको व्यंग्य

२०७६, ४ आश्विन शनिबार ०९:४८

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

टेलिकमको फोरजी सेवा मुलुकको २०–२५ वटा शहरमा पुग्ने

२०७६, ४ आश्विन शनिबार १३:१८

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

सेनाकाे हवल्दारसँग मिलेर आफ्नै श्रीमानको हत्या

२०७६, ४ आश्विन शनिबार १५:४५

‘रणहार’लाई मदन पुरस्कार प्रदान

‘रणहार’लाई मदन पुरस्कार प्रदान

२०७६, ३ आश्विन शुक्रबार १७:३६

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

म्युनिख विमानस्थललाइ गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा

२०७६, ४ आश्विन शनिबार १८:००

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

बलात्कार गरेको कसुरमा सात वर्ष ६ महिना कैदकाे सजाय

२०७६, ३ आश्विन शुक्रबार १६:०८

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

झिनामसिनामै अल्झिए मुख्यमन्त्री

२०७६, ४ आश्विन शनिबार १०:५६

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

संविधान दिवसमा सी चिनफिङको फोन, लीको सन्देश

२०७६, ४ आश्विन शनिबार १०:२३

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

२०७६, ३ आश्विन शुक्रबार १०:५८