ताप्लेजुङ – आज सम्पन्न तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। साविक विजेता पुलिस क्लबले नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै उपाधि चुमेको हो।

मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारस्थित नारायणी माविको खेल मैदानमा पुलिसले आर्मीलाई २५–१७, २५–१३ र २५–१९ अङ्कको जित निकालेको हो। खेलको शुरुआतदेखि नै खेलमा पुलिस हाबी भएको थियो। उत्कृष्ट ब्लकिङ गरेकै कारण आर्मीलाई हराउन सजिलो भएको पुलिस क्लबका प्रशिक्षक सरोज श्रेष्ठले बताए। पुलिस ईम रानाको कप्तानीमा मैदानमा उत्रिएको थियो। उपाधिसँगै पुलिसले रु तीन लाख ५१ हजार ५०० तथा उपविजेता आर्मीले रु एक लाख ७६ हजार २५१ पुरस्कार प्राप्त गर्‍यो। सेमीफाइनल पुग्न सफल एपीएफ क्लब र गण्डकी प्रदेशले रु ५०/५० हजार पुरस्कार प्राप्त गरे।

विधागततर्फ पनि पुलिकै खेलाडीको वर्चश्व रह्यो। उत्कृष्ट खेलाडी पुलिसका कुलबहादुर थापाले रु १५ हजार प्राप्त गरे। उत्कृष्ट सर्भर पुलिसका विशाल विक, उत्कृट सटर पुलिसका इमबहादुर रानामगर, उत्कष्ट ब्लकर पुलिसकै दीपकराज जोशी, उत्कृष्ट स्पाइकर आर्मीका धनबहादुर भट्ट, उत्कृष्ट डिफेन्डर पुलिसका भिम गाहामगर तथा उत्कृष्ट प्रशिक्षक पुलिसका सरोज श्रेष्ठ घोषित भए।

उनीहरुले जनही रु सात हजार पुरस्कार पाए। विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, टंक आङ्बुहाङ, होमकुमारी साँवा लिम्बुले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए। ‘पर्यटन प्रवर्द्धनका लागि भलिबल’ नारासहित यही वैशाख २२ गतेदेखि शुरु भएको सो प्रतियोगितामा ८ टिमको सहभागिता थियो। प्रतियोगिताको उद्घाटन सांसद योगेश भट्टराईले गरेका थिए।(रासस)

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३