परासी – प्रदेश नं. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मृत्यु संस्कारलाई समयसापेक्ष बनाउन आवश्यक रहेको बताएका छन्।

मृत्यु संस्कारका बारेमा पछिल्लो समय बहस चलिरहेका बेला उनले बदलिँदो समयसँगै मृत्यु संस्कारलाई पनि रूपान्तरण गर्न नसकिए त्यसप्रतिको विश्वास गुम्ने विचार व्यक्त गरे।

तत्कालीन नेकपा एमाले स्कुल विभागका केन्द्रीय सदस्य बद्री खनालकी आमा कमलादेवी खनालको सातौँ दिनको पुण्य तिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बर्दघाट नगर कमिटीले आज (शुक्रबार) बिहान श्रद्धाञ्जलिसभा आयोजना गरेको थियाे।

श्रद्धाञ्जलिसभामा मुख्यमन्त्री पोखरेलले भने, “पुरानो समयमा पीडा भुल्ने उपाय नहुँदा त्यसबेला एक किसिमको संस्कार निर्माण भएको थियो, त्यसलाई समय सापेक्ष रूपमा रूपान्तरण गर्दै जानुपर्छ, त्यसो गर्न नसकिए संस्कृतिप्रति नै विश्वास टुट्दै जाने र यसले समाज नै कमजोर हुन्छ।”

उनले संस्कृति बलियो भएमा मात्र समाज बलियो हुने भन्दै समयअनुसारको संस्कार र संस्कृति भएमा संरक्षण पनि हुने र राष्ट्रलाई पनि सवल बनाउन सकिने बताए।

पर्दापछाडि रहेर कमलादेवी जस्ता हजारौँ आमाले देश र पार्टीप्रति जिम्मेवार योद्धाहरूलाई प्रेरणा दिने काम गरेको मुख्यमन्त्री पोखरेलले बताए।

भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले कमलादेवी खनालको निधनले पार्टी र कम्युनिष्ट आन्दोलनलाई नै अतुलनीय क्षति पुगेको बताए। सो अवसरमा परिवारका तर्फबाट स्व. कमलादेवीका छोरा बद्री खनालले उनको योगदान र जीवनीबारे प्रकाश पारेका थिए। (रासस)

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६