अन्ततः सर्वोच्च अदालतले एनसेलको लाभकरसम्बन्धी मुद्दालाई जेठ २१ गतेसम्मका निम्ति थातीमा राख्ने आदेश गरेको छ। एनसेलसँगको लाभकर विवाद जेठ २१ गते टुङ्गो लगाउने भन्दै यस अवधिसम्म कुनै कर नलिन पनि अदालतले ठूला करदाता कार्यालयलाई आदेश दिएको छ। एनसेललाई पुँजीगत लाभकरबापत ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार रुपैयाँ तिर्नुपर्ने ठूला करदाता कार्यालयले तय गरेको थियो।

एनसेलले ठूला करदाता कार्यालयले निर्धारण गरेको करमध्ये यसअघि २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ कर बुझाएको थियो। बाँकी ३९ अर्ब ६ करोड रुपैयाँ थप कर बुझाउन ठूला करदाता कार्यालयले ताकेता गरिरहँदा एनसेलले वैशाख ९ गते ठूला करदाताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो। यसले आयकर ऐन २०५८ को व्यवस्थाअनुसार ठूला करदाता कार्यालयले गरेको कर निर्धारण कानूनसम्मत नभएको भन्दै मुद्दा दिएको हो। एनसेलले २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार रुपैयाँ पहिल्यै करबापत बुझाइसकेकाले अब तिर्न बाँकी १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार रुपैयाँ मात्र हुन्छ भनेर अदालत गएको छ। यही मुद्दालाई वैशाख २४ गते सर्वोच्च अदालतले जेठ २१ गते मात्र टुङ्गो लगाउने निर्णय गर्‍यो।

अनाधिकारिक कुरा गर्ने हो भने सत्तासीन पार्टी नेकपाका नेताहरूलाई चुनावको बेलामा १० अर्ब रुपैयाँ एनसेलले चन्दा दिएको चर्चा पनि खुबै चलेको छ। त्यसैगरी नेपाली कांग्रेसलाई पनि चुनावमा चन्दा दिएको चर्चा बजारमा व्याप्त छ। एनसेलले यही मामिलालाई सल्टाउनका निम्ति यति ठूलो रकम चन्दाबापत दिएको भन्ने पनि छ।

ठूला करदाता कार्यालयले निर्धारण गरेको कर र एनसेलले बुझाउँछु भनेको करको रकममा २५ अर्ब रुपैयाँभन्दा बढीको अन्तर देखिन्छ। पुँजीगत लाभकर कायम गर्दा ठूला करदाता कार्यालयले यति ठूलो अन्तर कसरी पार्‍यो? आश्चर्यलाग्दो विषय बनेको छ। पुँजीगत लाभकर विवाद शुरु भएपछि एनसेलका तर्फबाट आधिकारिक र अनाधिकारिक तवरबाट विभिन्न भनाइ आइरहेका छन्। अनाधिकारिक कुरा गर्ने हो भने सत्तासीन पार्टी नेकपाका नेताहरूलाई चुनावको बेलामा १० अर्ब रुपैयाँ एनसेलले चन्दा दिएको चर्चा पनि खुबै चलेको छ। त्यसैगरी नेपाली कांग्रेसलाई पनि चुनावमा चन्दा दिएको चर्चा बजारमा व्याप्त छ। एनसेलले यही मामिलालाई सल्टाउनका निम्ति यति ठूलो रकम चन्दाबापत दिएको भन्ने पनि छ। जे होस्, ठूला करदाता कार्यालयले निर्धारण गरेको रकम नदिने अडानमा एनसेल देखिन्छ।

एनसेललाई लगाइएको यो पुँजीगत लाभकरको विषय धेरै नै जेलिएको छ। बेलायतको रेनल्ड होल्डिङदेखि मलेसिया र बेलायतकै एक्जिएटा इन्भेष्टमेन्ट कम्पनीसम्म जेलिएको यो विषय नेपालकोे सन्दर्भमा भने प्रस्ट छ। एनसेल नेपालको कानूनअनुसार दर्ता भएको कम्पनी हो। त्यसैले यसका साझेदार कम्पनीहरू विश्वको जुन कुनै भागमा भए पनि उनीहरूले नेपालको कानून मान्नैपर्छ र नेपालमा गरेको व्यवसायको पुँजीगत लाभकर तिर्दिनँ भनेर सुख पाउनेवाला छैन।

तर, यसबीचमा एनसेलले नेपालको यो पुँजीगत लाभकर विवादलाई बदनियतपूर्वक लगानी विवाद भनेर विश्व बैंकअन्तर्गतको इन्टरनेसनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युट (आईसीएसआईडी)मा पुर्‍याएको छ। खासमा यो संस्था पुँजीगत लाभकरको विवाद हेर्ने नभएर विदेशी लगानीकर्ताको सम्पत्ति संकटग्रस्त अवस्थामा कुनै मुलुकले पुर्‍याउन खोज्यो भने त्यसको मध्यस्थता गरी विवाद मिलाउनका निम्ति खडा भएको हो। पुँजीगत लाभकर विवादलाई नदेखाई एनसेलले आफ्नो सम्पत्ति संकटग्रस्त बनाउन लागियो भन्दै अन्तर्राष्ट्रिय आर्थिक कानून दुरुपयोग गरी यो संस्थामा उजुरी दिन पुगेको छ। यो आफैँमा दुराशययुक्त छ।

खासमा यो संस्था पुँजीगत लाभकरको विवाद हेर्ने नभएर विदेशी लगानीकर्ताको सम्पत्ति संकटग्रस्त अवस्थामा कुनै मुलुकले पुर्‍याउन खोज्यो भने त्यसको मध्यस्थता गरी विवाद मिलाउनका निम्ति खडा भएको हो। पुँजीगत लाभकर विवादलाई नदेखाई एनसेलले आफ्नो सम्पत्ति संकटग्रस्त बनाउन लागियो भन्दै अन्तर्राष्ट्रिय आर्थिक कानून दुरुपयोग गरी यो संस्थामा उजुरी दिन पुगेको छ। यो आफैँमा दुराशययुक्त छ।

एनसेल नेपालमा स्थापना भएपछि नेपालको नियम कानूनअनुसार चली नै रहेको थियो। यो विशाल राशिको कर नतिर्नका लागि या आंशिक रूपमा तिर्नका लागि नेपालकै आर्थिक प्रशासनमा रहेका कर्मचारी र राजनीतिक वृत्तले सिकाएका हुन्। एक पूर्वअर्थसचिवले सार्वजनिक रूपमै भनेका छन्, ‘एनसेलले यो बहानाबाजी वा कर नतिर्ने कुरा आफ्नो बुद्धिले गरेको होइन।’ त्यसैले प्रस्ट छ, एनसेललाई कर नतिर्न प्रेरित गर्ने हामी नै हौँ र हाम्रा राजनीतिक नेता र अर्थ प्रशासनका ठूला कर्मचारीले नै एनसेललाई यस मामिलाबाट जोगाउनका निम्ति कर विवादलाई सम्पत्ति विवाद भन्दै आईसीएसआईडीमा पठाएका हुन्।

तर, अर्बौं रुपैयाँ आर्जन गरिरहेको एनसेलले यो विवाद गरिरहनुको अब कुनै औचित्य छैन। ढिलोचाँडो उसले कर फर्स्याैट गर्नैपर्छ। सधैँभरि सरकारमा बस्नेहरू कमाउने इच्छा राख्ने मात्रै पुग्दैनन्। त्यसैले आफूलाई एनसेलले नेपालको कानूनअनुसार सच्याउनै पर्छ। अन्यथा नेपालको पसल बन्द गरेर उसले हिँड्नुपर्छ। त्यसो त एनसेल नेपालबाट गइदेओस् भन्ने इच्छा राखेर कर धेरै तोकेको पनि हुनसक्छ। एनसेललाई नेपालबाट भगाउन एउटा ठूलै शक्ति लागेको पनि हुनसक्छ। यसबारेमा प्रस्टसँग एनसेलले मात्रै भन्नसक्छ। जे भए पनि एनसेलले नेपालको आफ्नो पसल बन्द गरेर नहिँड्ने हो भने उसले अन्तर्राष्ट्रिय अदालत वा मध्यस्थकर्ताको सहारा नलिई नेपालमै सेटलमेन्ट गर्नुपर्छ, यस विवादको सम्मानजनक समाधान पनि त्यही नै हो।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६