काठमाडौं – दोश्रो क्वालिफाएरमा चेन्नई सुपर किंग्ससँग पराजीत हुँदै दिल्ली क्यापिटल्स आईपिएलबाट बाहिरिएको छ। शुक्रबारको खेलमा दिल्ली चेन्नईसँग ६ विकेटले पराजित भयो। चेन्नईका दुवै ओपनरले अर्धशतकीय पारी खेलेपछि दिल्लीको पहिलोपटक फाईनल पुग्दै पदक उचाल्ने सपना तुहिएको हो।

१ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा चेन्नईका लागि फाफ डु प्लेसीसले ३९ बलमा ७ चौका र १ छक्काको मदतमा ५० रन बनाए भने अर्का ओपनर शेन वाटशनले आक्रामक व्याटिङ गर्दै ३२ बलमा ३ चौका र ४ छक्काको मदतमा समान ५० रन नै बनाए। यसैगरी सुरेश रैनाले १३ बलमा ११ रन, अम्बाती रायडुले २० बलमा अविजित २० रन र कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा ९ रन बनाए। दिल्लीका लागि ट्रेन्ट बोल्ट, अमित मिश्रा, इशान्त शर्मा र अक्षर पटेलले समान १–१ विकेट लिए।

यसअघि पहिले व्याटिङ गरेको दिल्ली व्याटिङमा गतिलो प्रदर्शन गर्न सकेन। निर्धारित २० ओभरमा उसले ९ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो। उसका लागि रिषभ पन्तले २५ बलमा २ चौका र १ छक्काको मदतमा ३८ रन, कोलिन मुन्रोले २४ बलमा ४ चौकाको मदतले २७ रन, शिखर धवनले १४ बलमा ३ चौकाको मदतमा १८ रन र कप्तान श्रेयस एयरले १८ बलमा १ चौकाको मदतमा १३ रन र एस रुदरफोर्डले १२ बलमा १ छक्काको मदले १० रन बनाए। दिल्लीका अन्य व्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

दिल्लीलाई सस्तोमा समेट्ने क्रममा चेन्नईका बलरदिपक चाहर, हरभजन सिंह, रविन्द्र जडेजा र ड्वेन ब्राभोले समान २–२ विकेट लिए। भने इमरान ताहिरले १ विकेट लिए। चेन्नईले अब फाइनलमा मुम्बईको सामना गर्नेछ। यसअघि पहिलो क्वालिफायरमा चेन्नईलाई पराजीत गर्दै मुम्बई फाइनलमा पुगेको हो।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८