सुर्खेत – कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले ज्येष्ठ नागरिक राष्ट्रका अमूल्य निधि भएको बताएका छन्। उनले राष्ट्र निर्माणमा ज्येष्ठ नागरिकको ठूलो योगदान रहेकाे बताएका हुन्।

कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको ‘ज्येष्ठ नागरिक देशदर्शन’ कार्यक्रमअन्तर्गत आज (शनिबार) बिहान देशदर्शन यात्रा तय गरेका यहाँका ज्येष्ठ नागरिकको सुखद एवं सफल यात्राको कामना गर्दै मन्त्री रावलले राष्ट्र निर्माणार्थ उनीहरूको ठूलो योगदान रहेको बताए।

“ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा र बालबालिकाको शिक्षादीक्षा दिन तथा युवालाई उत्पादनसँग जोड्न राज्य लाग्नुपर्छ,” मन्त्री रावलले भने, “अब ज्येष्ठ नागरिकलगायत सबैलाई राज्यप्रति गर्व गर्ने वातावरण बनाउँछौँ।” प्रदेश सरकार यहाँका ज्येष्ठ नागरिकका लागि अभिभावक बनेर काम गर्ने उनको भनाइ थियो ।

सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवलीले विसं २०७४ को ‘ज्येष्ठ नागरिक सेवा, सम्मान र संरक्षण हाम्रो अभियान’ भन्ने प्रादेशिक नाराको प्रत्याभूति गराउन प्रदेश सरकारले ‘ज्येष्ठ नागरिक देशदर्शन’ कार्यक्रम राखेको जानकारी दिइन्।

अधिकृत ज्ञवलीले स्पर्शसहितको माया ज्येष्ठ नागरिकले पाउनुपर्छ भन्ने नीति राज्यले ल्याएको बताइन्। यसलाई कार्यान्वयनमा ल्याउन र समाजमा ज्येष्ठ नागरिकलाई सम्मानित एवं संरक्षित वातावरण दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदेश सरकारले चालू आवमा रु. ८ लाख बजेट यो कार्यक्रमका लागि छुट्याएको थियो।

प्रदेश सरकारले पहिलोपटक देशदर्शन गर्ने कार्यक्रम राखेको भन्दै सुर्खेतका ज्येष्ठ नागरिकद्वय गङ्गाराम भट्टराई र खगिसरा अधिकारीले प्रदेश सरकारप्रति कृतज्ञता प्रकट गरेका छन्।

यता जुम्लाका ज्येष्ठ नागरिक मीमबहादुर महतले ज्येष्ठ नागरिकको भावना बुझ्ने सरकार पाएको भन्दै कर्णाली प्रदेश सरकारलाई धन्यवाद दिए।

‘ज्येष्ठ नागरिक देशदर्शन’ कार्यक्रममा सल्यान, सुर्खेत र जुम्ला जिल्लाका ३५ जनाको सहभागिता रहेको छ। मन्त्रालयका प्रतिनिधि देवी सुवेदी र वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक सीता शर्माको नेतृत्वमा यात्रामा हिँडेको ज्येष्ठ नागरिकका लागि मेडिकल किट बक्सको पनि व्यवस्था गरिएको छ।

यात्रामा सहभागी ज्येष्ठ नागरिकले अर्घाखाँचीको सुपादेउराली, पाल्पाका विभिन्न स्थान, कास्कीको पोखरा, गोर्खाको मनकामना र नवलपरासीको शाश्वतधामको दर्शन अवलोकन गर्ने सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले जनाएको छ। (रासस)

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६