काठमाडाैँ – लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरको रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ ८ जना स्रष्टाहरूलाई सम्मान गरेको छ। यसपटक गङ्गादेवी चौधरी स्मृतिसम्मानबाट वरिष्ठ आख्यानकार मती पद्मावती सिंह, इतिहासशिरोमणि बाबुराम आचार्य शोधसम्मानबाट अग्रज साहित्यिक अनुसन्धाता मोदनाथ प्रश्रितलाई सम्मान गरिएको छ।

तर यसवर्षदेखि काव्यक्षेत्रका लागि मात्र प्रदान गरिने गरी ‘गोपालप्रसाद रिमाल काव्यसम्मान’ स्थापना गरि वरिष्ठ कवि दिनेश अधिकारीलाई यो सम्मान प्रदान गरिएको हो। सम्मानित स्रस्टाहरूलाई प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद्, शताब्दी पुरुष सत्यमाहन जोशीले दोसल्ला ओढाएर सम्मान प्रदान गरेका थिए। सम्मानमा ताम्रपत्रसहित नगद पनि समावेश छ। गङगादेवी चौधरी स्मृतिसम्मानमा नगद एक लाख एक रुपियाँ र अन्य सबै सम्मानमा नगद एकाउन्न हजार एक रुपियाँ रहेको छ।

प्रमुख अतिथिको आसनबाट आफ्नो मन्तव्य प्रकट गर्दै संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘विगत २५ वर्षमा राष्ट्र–निर्माणमा यस संस्थाले जुन योगदान पुर्‍याएको छ, त्यो अत्यन्त महत्वपूर्ण र अनुकरणीय पनि छ। यसका गतिविधिहरूले भावी पुस्तालाई समेत प्रेरणा दिएको छ।’ उनले विभिन्न उदाहरणहरू दिँदै भने, ‘भौतिक विकासले मात्र देश सम्पन्न हुन सक्तैन, यसका लागि देश सिर्जनाले पनि समृद्ध हुनुपर्छ।

यस भूमिकामा साहित्यकला मन्दिर निजी स्तरमा स्थापित भएर पनि यसले राष्ट्रले गौरव गर्ने कार्यहरू गरिरहेछ। त्यसको एउटा ज्वलन्त उदाहरण हो, स्रष्टाहरूको सम्मान गर्ने यस संस्थाको अविराम कार्य।’ समारोहका सभापति एवम् यस संस्थाका अध्यक्ष बसन्त चौधरीले स्वागत मन्तव्य प्रकट गर्ने क्रममा भने, ‘सिर्जनाका अनेक रूप, अनेक विधा हुन्छन्। तर, त्यसको मूलमा भने एउटै तत्वले वास गरेको हुन्छ।’ भाव र त्यसको उद्दीपन। कुनै पनि अभिव्यक्तिअघि यही प्रक्रिया चल्दछ।

सम्मानित स्रस्टाहरूको तर्फबाट बोल्दै कवि दिनेश अधिकारीले भने, ‘कवि एवम् परिवर्तनका संवाहक गोपालप्रसाद रिमालको विशिष्ठ योगदानको सम्मान गर्दै पहिलोपटक उनको नाममा काव्यसम्मानको स्थापना गरेर साहित्यकला मन्दिरले साहित्यजगत्लाई नै तिरिनसक्नु गुण लगाएको छ। उनको नाममा स्थापित यो काव्यसम्मान पहिलो वर्षमै ग्रहण गर्ने मलाई अवसर प्राप्त भएकोमा यसलाई मैले मेरो कविपुस्ताले पाएको एउटा महत्वपुर्ण सामाजिक स्वीकति हो भन्ने ठानको छु। एउटा माध्यम हुने अवस र पाएको छु।’

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३