महेन्द्रनगर – सुदूरपश्चिम प्रदेशको वन, उद्योग पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पर्यटन उद्योगबाटै प्रदेशको समृद्धि सम्भव रहेको बताएका छन्। उनले डडेल्धुराको अलिताल गाँउपालिकाले आयोजना गरेको धार्मिक पर्यटन तथा खेलकुद महोत्सवको समापन कार्यक्रममा बोल्दै राज्यमन्त्री रावलले सो कुरा बताएका हुन्।

उनले सुदूरपश्चिम प्रदेश थुप्रै पर्यटकीय क्षेत्रको सम्भावना बोकेको प्रदेश भएको उल्लेख गर्दै यसको भौतिक पुर्वाधार निर्माणसँगै उचित प्रचारप्रसार पनि गर्न सके समृद्धि सजिलै सम्भव हुने बताए। स्थानीय तहले आयोजना गर्ने विभिन्न महोत्वसले स्थानीय स्तरमा रहेका पर्यटकीय क्षेत्रको विकासका लागि महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ।

‘हामी कहाँ दार्चुलामा शैल्य शिखर मालिकार्जुन, अपि हिमाल, बैतडीमा त्रिपुरासुन्दरी भगवती, बाजुरामा बडिमालिका, अछाम रामारोशन, खप्तड लगायतका थुप्रै पर्यटकीय गन्तव्यहरु छन्। यसको विकासका लागि मन्त्रालय गुरुयोजनाका साथ अगाडि बढिरहेको छ,’ राज्यमन्त्री रावलले भने। ‘विकास निर्माणमा सबैले साथ दिनुपर्छ विकास सबैले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरे यो सम्भव हुन्छ,’ उनले थपे।

संघीयता कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै सुदूरपश्चिम प्रदेशलाई गरिबी, पछौटेपनको अन्त्यसहित सामाजिक रुपान्तरण र भौतिक विकासलाई सँगसँगै अगाडि लैजानुपर्ने उनको भनाइ छ। त्यस्तै पर्यटन क्षेत्रको विकासका योजना प्रदेश सरकारको प्राथमिकतामा परेको उनको दावी छ। पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनका लागि निजी क्षेत्रको पनि महत्वपूर्ण भूमिका रहेको औँल्याउदै राज्यमन्त्री रावलले यसका लागि लगानीमैत्री वातावरण तथा सुरक्षाका प्रत्याभूति सरकारले दिने उनको भनाइ छ।

गत वैशाख २३ गतेबाट सुरु भएको आलिताल महोत्सवको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए। आलिताल गाउँपालिका विकासका लागि पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको मुल आयोजक समितिका संयोजक लोकश बोहाराले बताए। उनले पाँच दिने महोत्सवमा सथानीय उद्योग तथा व्यापारको व्यवसायीकरण, आलितालमा भ्रमण, खेलकुदका प्रतियोगितासमेत सञ्चालन गरिएको ।

राज्यमन्त्री रावलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महोत्सव सफल पार्नमा सहयोग गने विभिन्न संघ सस्था तथा व्यक्तिहरुलाई गाउँपालिकाले सम्मान गरेको छ। महोत्सव अवधिमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहेको थियो।

लोकप्रिय

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

पर्वतमा बम विष्फोट, दुईकाे अवस्था गम्भीर

२०७६, ६ जेष्ठ सोमबार १०:४२

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

कर्मचारी-भूमाफियाको मिलेमतोमा मैतीदेवी मन्दिर बेचियो

२०७६, ६ जेष्ठ सोमबार ०६:३०

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

पर्साको उत्तरी भेग झब्रहामा प्रहरीको छापा

२०७६, ६ जेष्ठ सोमबार २०:०९

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

कञ्चनपुरमा पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक मेला हुँदै

२०७६, ५ जेष्ठ आईतवार १९:१८

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

छेला औद्योगीक क्षेत्रको काम तत्काल सुरु हुने

२०७६, ६ जेष्ठ सोमबार २०:२०

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

राजनीतिमा मौलाउँदो अमर्यादित चरित्र

२०७६, ६ जेष्ठ सोमबार २०:००

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

कृष्ण र सिर्जुको स्वरमा ‘रेलिमै’ (भिडियोसहित)

२०७६, ५ जेष्ठ आईतवार ०६:५४

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

‘नेपाल–भारतका सुरक्षा निकायबीच राम्रो समन्वय छ’

२०७६, ६ जेष्ठ सोमबार ०९:५९

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

जनता माविलाई रुंगटाको ५ लाख सहयोग

२०७६, ६ जेष्ठ सोमबार १९:४८

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

‘अपहरणमा परेँ’ भन्दै आफ्नै बाबुसँग पैसा माग्ने पक्राउ

२०७६, ५ जेष्ठ आईतवार १७:३२

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

गण्डकीका १ सय १० पर्यटकीय गन्तव्य सार्वजनिक

२०७६, ५ जेष्ठ आईतवार १४:४३

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

कप्तानबिना प्रदेश २ को क्रिकेट टोली घोषणा

२०७६, ६ जेष्ठ सोमबार २०:०१

तिलोत्तमामा पुनः नापी शुरू

तिलोत्तमामा पुनः नापी शुरू

२०७६, ६ जेष्ठ सोमबार १८:५६

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४