दोलखा – जिल्लाको उत्तरी भेगमा रहेको गौरीशंकर गाउँपालिकाले घर नम्बर कायम गरी नम्बर प्लेट टाँसेबापत चर्को शुल्क लिएको भन्दै स्थानीयले विरोध गरेका छन्। गाउपालिकाले घर नम्बर प्लेट टाँस गर्दा एक हजार रुपैयाँ शुल्क लिने गरेको छ।

गाउँ कार्यपालिकाको निर्णय अनुसार वडा नम्बर ५ सुरीबाट घर नम्बर टाँस्ने कामको शुरुआत भएको छ। आफ्नो घरमा पनि नम्बर टाँसिएको तर छिमेकी गाउँपालिकाहरुमा कतै पनि यति चर्को शुल्क लिएको नपाइएकोले आफूले तत्काल उक्त रकम नतिरेको सुरीका टिका भूजेलले बताए। ‘पैसा भएकालाई त एक हजार केही नहोला। तर हातमुख जोर्न पनि धौधौ भएकालाई त यो निकै महँगो भयो,’ भूजेलले भने, ‘केन्द्रबाट आएको बजेट सदुपयोग गर्न नसकेर बेरुजु बढेको ठाउँमा जनतालाई किन यति चर्को शुल्क लिएको हो? बुझ्न सकिएन।’

वडाबाट पाइने सेवाबाट वञ्चित गर्लान् भन्ने लागेर मात्र आफूले एक हजार रुपैयाँ तिरेको सुरीकै अर्का एक स्थानीयले बताए। गत आर्थिक वर्षमा दोलखाका स्थानीय तहमध्ये सबैभन्दा बढी गौरीशंकर गाउँपालिकाको ७ करोड ५१ लाख ६० हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको कार्यालयले गरेको अन्तिम लेखा परीक्षणको प्रतिवेदनमा उल्लेख छ।

गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्काले भने घर नम्बरको प्लेट टाँसिएबापत मात्र एक हजार शुल्क नलिएको दावी गरे। प्रत्येक वडामा रहेका घर तथा व्यक्तिको प्रोफाइल तयार गर्न, घर निर्माणको प्रमाणपत्र तयार गर्न तथा सबै घर परिवारको व्यक्तिगत डाटा तयार गर्नका लागि शुल्क लिइएको उनको दाबी छ। गाउँपालिकाले यस अघि कुनै शीर्षकमा पनि कर वृद्धि नगरेको उनले बताए।

वडागत प्रोफाइल निर्माण, व्यक्तिगत डाटा तयार गर्ने तथा घर निर्माण सम्पन्न प्रमाणपत्र दिँदा खर्च भएर बचेको रकम सम्बन्धित वडामा नै फिर्ता गरी वडाले चाहेको विकास योजनामा खर्च गरिने भएकाले यसमा कसैले पनि चित्त दुखाउन आवश्यक नरहेको अध्यक्ष खड्काको भनाइ छ।

नौ वडा रहेको गौरीशंकर गाउँपालिकामा ५१ सयभन्दा बढी घरको निर्माण सम्पन्न भइसकेको छ।

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३