मेलम्ची – सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा साहसिक खेल बञ्जीजम्पका लागि पूर्वाधार निर्माण शुरु गरिएको छ।

आर्थिक वर्ष २०७६/७७ देखि हालसम्मकै लामो झोलुङ्गे पुल निर्माण गरिने हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। एनएल जोशी कन्सल्टेन्सीद्वारा तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार बञ्जीजम्प निर्माणका लागि रु. ५ करोड ३९ लाख लाग्ने अनुमान गरिएको छ।

गाउँपालिकाका अध्यक्ष शेर्पाले लागत अनुमान धेरै भएकाले निर्माणका लागि ‘सस्पेन्सन ब्रिज डिभिजन’लाई आग्रह गरिएको बताए। परियोजना प्रतिवेदनअनुसार बञ्जीजम्पको उचाइ १ सय ७३ मिटर र झोलुङ्गे पुल ३ सय ७० मिटर लामो हुनेछ।

बन्न लागेको झोलुङ्गे पुल देशको हालसम्मकै लामो पुल हुने भएकाले प्राविधिक रूपमा चुनौतीपूर्ण रहेको गाउँपालिकाका इञ्जिनीयर शेरबहादुर राईले बताए। उनका अनुसार देशमा हाल २ सय५० मिटरभन्दा लामो झोलुङ्गे पुल निर्माण भएको छैन। (रासस)

हेलम्बु गाउँपालिका–१ हेलम्बुको ङिमादावा पाङगाङमा बनाइने झोलुङ्गे पुल पाङगाङ र धवागाङ गाउँलाई जोड्दछ। उक्त पुल बनेपछि एक गाउँबाट अर्को गाउँ पुग्न लाग्ने ५ घन्टा समयसमेत बचत हुने इञ्जिनीयर राईले बताए।

सो स्थानमा बञ्जीजम्प तयार भएपछि अझ बढी पर्यटक आउने र बञ्जी गर्नेले हेलम्बुको सेमीसिताङ हिमालका साथै नजिक रहेको मेलम्ची खानेपानी आयोजनाको अम्बाथानस्थित मुहानको समेत अवलोकन गर्न सक्ने अध्यक्ष शेर्पाले बताए।

सन् १९९८ मा प्रकाशित पर्यटनसम्बन्धी ‘वेभ’ नामक पत्रिकाका अनुसार विश्वको सबैभन्दा अग्लो २ सय २० मिटर उचाइ बञ्जी दक्षिण अफ्रिकामा छ। त्यसपछि १ सय ६० मिटर अग्लो बञ्जी सिन्धुपाल्चोककै भोटेकोशी नदीमा विसं २०५६ देखि सञ्चालनमा आएको छ। हेलम्बुमा अब बन्ने बञ्जीको उचाइ भोटेकोशीको तुलनामा १३ मिटर बढीको हुनेछ। (रासस)

लोकप्रिय

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

प्रदेश प्रहरी गठन नहुँदै हतारमा गाडी खरिद

२०७६, ३२ श्रावण शनिबार १५:१८

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

हरि विष्टको ‘माइतीको देश २’ बजारमा

२०७६, ३१ श्रावण शुक्रबार ०७:३३

विविध घटनामा चारको मृत्यु

विविध घटनामा चारको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार १७:५५

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

लाल आयोग प्रतिवेदनमा दरबार हत्याकाण्डको व्याख्या

२०७६, ३२ श्रावण शनिबार ०८:३७

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

बेलबारी फुटबल क्लब मोरङद्वारा ताप्लेजुङ–११ टाइबेकरमा पराजित

२०७६, ३२ श्रावण शनिबार १०:२८

उमेर १०३, कमाइ तीन हजार

उमेर १०३, कमाइ तीन हजार

२०७६, ३२ श्रावण शनिबार ०७:२९

समतल रात

समतल रात

२०७६, ३१ श्रावण शुक्रबार १७:२२

नेपाल-भारत एजेन्डा पुरानै

नेपाल-भारत एजेन्डा पुरानै

२०७६, ३१ श्रावण शुक्रबार ०८:१६

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

‘नारी स्रष्टाहरु आफैँमा प्रशंसनीय र धन्यवादका पात्र छन्’

२०७६, ३१ श्रावण शुक्रबार १७:३५

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

‘इक्यान’ का बराल र गुरुङद्वारा राजीनामा

२०७६, ३१ श्रावण शुक्रबार ११:०५

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

बेवारिसे व्यक्तिले नयाँ जीवन पाए

२०७६, ३१ श्रावण शुक्रबार १३:५७

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

राजधानीमा चौथो थाई शैक्षिक मेला शुरु

२०७६, ३२ श्रावण शनिबार १४:१९

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

दाङको विश्वास काष्ठ फर्निचरमा आगलागी, ६५ लाखको क्षति   

२०७६, ३२ श्रावण शनिबार ११:३३

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा फेरी क्षेप्यास्त्र परीक्षण

२०७६, ३२ श्रावण शनिबार ०७:१९

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

कश्मीरमा गोली हानाहान, ८ जना सैनिकको मृत्यु

२०७६, ३१ श्रावण शुक्रबार ०६:४३