बुटवल – रुपन्देहीको तिलोत्तमामा रहेको शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) मा ‘मोनो रेल’ सञ्चालनमा आएको छ। रोटरी क्लब अफ बुटवल र तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोगमा उक्त क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माेनो रेल सञ्चालनमा ल्याइएको हो। रोटरी डिष्ट्रिक्ट ३२९२ ले तयार पारेको ‘बाल रेल’ परियोजना संचालनमा ल्याइएको छ।

एक करोडको रेल परियोजना सञ्चालनमा ल्याउन रोटरी क्लबको ४५ लाख खर्च भइसकेको रोटरी क्लब अफ बुटवलका अध्यक्ष नारायणप्रसाद पन्थले जानकारी दिए ।

वनबाटिकामा शुक्रबार एक कार्यक्रमको आयोजना गरी रोटरी इण्टरनेशनल नेपाल भुटानका गभर्नर चिन्तामणि भट्टराई र तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बिहार तथा अनुसन्धानका अध्यक्ष बाबुराम अर्याललाई बाल रेलको साँचो हस्तान्तरण गरे।

मोनो रेल परियोजना हस्तान्तरण कार्यक्रममा बोल्दै डिष्ट्रिक्ट गभर्नर भट्टराईले बालबालिकाको बृहत्तर विकासका लागि परियोजना निर्माण गरिएको बताए। उनले शहरमा बालबालिका खेल्ने रमाउने ठाउँको अभाव हुँदै गएकाले बालबालिकाको मनोविज्ञानमा असर नपरोस् भन्ने उद्देश्यले बाल रेल निर्माण गरिएको बताए।

कार्यक्रमका विशिष्ट अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरे रेल परियोजनाको उद्घाटन गरी रेल आफैँले चलाएर हिँड्दा गौरवको अनुभूति भएको अनुभव सुनाए। उनले रेलसँगै आउँदो आर्थिक वर्षको अन्त्यसम्ममा भ्यू टावरको पनि निर्माण पूरा भएपश्चात् वन बिहारका लागि आउने पर्यटक चार गुणाले वृद्धि हुने बताए।

वनबाटिकाको थप विकासका लागि अनुसन्धान केन्द्र, सामुदायिक वन तथा अन्य सरोकारवालाहरूलाई राखेर एकीकृत गुरुयोजना समेत बनाउँदै जानकारी दिदै त्यसपश्चात् पनि सहकार्यलाई निरन्तरता दिन रोटरीलाई आग्रह गरे।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष डा. नारायणप्रसाद पन्थको सभापतित्व, सचिव दया भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा रोटरीका डिष्ट्रिक्ट एसिष्टेण्ट गभर्नर कृष्णप्रसाद अर्याल, क्लबका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौल, वन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्याल, सचिव खिमलाल पाण्डेलगायतले बोल्दै बालबालिका केन्द्रित कार्यक्रम ल्याउनु सकारात्मक भएको बताएका थिए।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३