नरहरि पौड्याल, पोखरा – सरकारी विद्यालयको गुणस्तर खस्कँदै गइरहेको बेला पोखराको एक सरकारी स्कूलमा भने वर्षेनी विद्यार्थीको चाप थेगिनसक्नु छ। नयाँ प्रविधिको प्रयोग र अंग्रेजी माध्यमबाट पठनपाठन थालेको पोखरा महानगरपालिका –३३ भरतपोखरीस्थित सरस्वती टीका माध्यमिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो।

अभिभावक र विद्यार्थीको बदलिदो चाहना अनुसारको पठनपाठन थालेपछि अन्य निजी र सरकारी विद्यालयबाट समेत यस विद्यालयमो विद्यार्थीहरु भर्ना भएका छन्। पछिल्लो चार वर्षको अवधिमै विद्यार्थीको संख्या बढेर करिब १२ सय पुगेको छ। व्यवस्थित इ–लाइब्रेरी, प्रावि तहमा श्रव्यदृश्य र अन्य तहमा प्रोजेक्टरको प्रयोगबाट हुने पठनपाठनका कारण विद्यालय विद्यार्थी र अभिभावकको रोजाइमा परेको हो।

सामुदायिक विद्यालयको गिर्दो साखलाई चम्काइ दिएपछि गण्डकी प्रदेशभर यस विद्यालयको चर्चा हुन थालेको छ। २०७१ सालमा जम्मा ३ सय ५० विद्यार्थी रहेकामा अर्को वर्षमात्रै २ सय ५३ थपिएका थिए। त्यसैगरी २०७३ मा ६ सय ९१, २०७४ मा ९ सय ४०, २०७५ मा १ हजार ७६ विद्यार्थी रहेकामा नयाँ शैक्षिक सत्रबाट ११ सय ८७ विद्यार्थी विद्यालयमा अध्ययनरत छन्।

व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले न्यून शुल्कमा अंग्रेजी माध्यमबाट गुणस्तरीय शिक्षा दिन सकेका कारण नै विद्यार्थी बढेको बताउँछन्। ‘यहाँ कार्यरत सबै शिक्षकदेखि कर्मचारी समेतका छोराछोरी यसै विद्यालयमा अध्ययन गर्ने भएकाले पनि सबैतिर सकारात्मक प्रभाव परेको हो,’ उनले भने, ‘राम्रो नतिजा र व्यवस्थापन नै हाम्रो सफलताका आधार हुन्।’

अध्यक्ष आचार्यले राम्रा शिक्षकहरुलाई प्रोत्साहित गर्न सरकारले तोकेकोभन्दा बढी अतिरिक्त सेवासुविधा दिइएको बताए। ‘गत वर्ष विद्यालयले उत्कृट नतिजा ल्याएको छ। हामीमा उत्साह थपिएको छ,’ उनले भने, ‘अभिभावक र विद्यार्थीको चाहनाअनुसार पढाउन सके सरकारी विद्यालयप्रति पनि आकर्षण हुने रहेछ।’ विद्यार्थीको सुविधाका लागि विद्यालयले तीनवटा बससमेत सञ्चालनमा ल्याएको छ।

प्रधानाध्यापक नन्दलाल काफ्लेले २०७१ सालदेखि वर्षे र हिउँदे बिदासमेत कटौती गरिएको बताए। ‘विद्यार्थीको मूल्याङ्कन प्रणालीलाई प्रभावकारी बनाउन वर्षमा चार चरणमा परीक्षा लिने गरेका छौँ,’ उनले भने।

विद्यालयले १० कक्षासम्मै अंग्रेजी र नेपाली माध्यमबाट पठनपाठन हुने गरेको छ। अंग्रेजी माध्यममा पढाउँदा अभिभावकले केही शुल्क तिर्नु पर्छ। विद्यालयमा २३ सरकारी दरबन्दी र ३१ निजी स्रोतका शिक्षक कार्यरत छन्। अन्य २३ कर्मचारीसहित विद्यालयमा ७७ जना कर्मचारी रहेका छन्।

नयाँ प्रविधिको प्रयोग गर्दै विद्यालय

विद्यालयले यस वर्षदेखि प्रविधिमा आधारित नमूना कक्षा सञ्चालनमा ल्याउँदै छ। विद्यालयमा प्रविधिको प्रयोगको लागि सञ्चार मन्त्रालयमार्फत आइसीटी ल्याब कार्यक्रम स्वीकृत भइसकेको अध्यक्ष आचार्यले जानकारी दिए।

अध्यक्ष आचार्यका अनुसार केही कक्षालाई प्रोजेक्टरका माध्यमबाट पठनपाठन गराउन नमूना कक्षा सञ्चालन गरिनेछ। ‘शुरुमा ७ देखि १० कक्षासम्मलाई नमूना कक्षाका रुपमा विकास गर्ने योजना राखेका छौँ’, उनले भने।

मोबाइल एप्सबाट विद्यार्थीको जानकारी

प्रविधिलाई पछ्याउँदै आएको विद्यालयले अघिल्लो वर्षदेखि सरस्वती टीका मोबाइल एप्स सञ्चालनमा ल्याएको छ। एण्ड्रोइड मोबाइलमा डाउनलोड गरी हेर्न सकिने उक्त एप्समार्फत अभिभावकले विद्यार्थी विद्यालय पुगे नपुगेको, गृहकार्य गरे नगरेको लगायतका गतिविधि घरबाटै जानकारी पाउनसक्ने व्यवस्था मिलाइएको छ।

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८