काठमाडौं – अबदेखि बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गरेको भन्दै फेरि अर्को निर्देशन जारी गरेको छ। राष्ट्र बैंकले केही दिनअघि मात्र निक्षेप संकलनमा उपहार योजना सञ्चालन गर्न नपाइने निर्देशन जारी गरेको थियो। त्यसको लगत्तै हिजो आइतबार फेरि अर्को निर्देशन जारी गर्दै तीन महिनाभन्दा कम अवधिको मुद्दती निक्षेप लिन नपाइने निर्देशन जारी गरेको छ।

बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनमा अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंकले कडाइ गरेको हो। लगानीयोग्य रकमको अभाव झेलिरहेका बैंकहरूले सीसीडी सन्तुलनमा राख्न उच्च ब्याजदरका साथै उपहार योजनामा समेत सञ्चालन गरेर अस्वस्थ प्रतिस्पर्धा गर्न थालेपछि राष्ट्र बैंक कठोर बनेको हो।

पछिल्लो समय लगानीयोग्य रकमको अभाव भएसँगै बैंक तथा वित्तीय संस्थाले मुद्दती बचतमा उच्च ब्याजका साथमा अन्य आकर्षक उपहार योजनासमेत ल्याएर निक्षेप तान्ने गरेका थिए। यसअघि बैंकहरूले ६० दिनको, ७५ दिनको मुद्दती निक्षेप योजना समेत सञ्चालन गर्ने गरेका थिए।

साथै, मुद्दती निक्षेपको समयावधि समाप्त नहुँदै पूर्वनिर्धारित ब्याजदर कायम हुने गरी ग्राहकले चाहेको बखत जहिले पनि झिक्न पाउने गरी मुद्दती निक्षेपसमेत स्वीकार गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। केही बैंकहरूले मुद्दती निक्षेप जतिसुकै बेला झिक्न पाइने गरी योजना सञ्चालन गरेका थिए। बैंक तथा वित्तीय संस्थाले अब त्यस्ता योजनासमेत सञ्चालन गर्न नपाउने भएका छन्।

त्यस्तै, अबका दिनमा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन गर्दा सुनचाँदीको सिक्कालगायत कुनै पनि किसिमका सिक्का उपहारहरू प्रदान गर्न नपाउने भएका छन्।

लोकप्रिय

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

लुम्बिनी जनरल इन्स्याेरेन्स र नबिल बैंकबीच बैंकास्योरेन्स सम्झाैता

२०७६, ८ जेष्ठ बुधबार १९:०१

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

वडाध्यक्ष हुनु त बलबहादुरजस्तो

२०७६, ८ जेष्ठ बुधबार १६:००

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

बेवारिसे शवको सनाखत, हत्या अभियोगमा चार जना पक्राउ (अपडेट)

२०७६, ७ जेष्ठ मंगलवार २०:०५

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

पाँचथरमा २ परिवारका ९ जनाको बीभत्स हत्या

२०७६, ७ जेष्ठ मंगलवार ०८:३६

पत्रकार रावललाई ज्यान मार्ने धम्की

पत्रकार रावललाई ज्यान मार्ने धम्की

२०७६, ७ जेष्ठ मंगलवार १३:०१

आर्थिक कूटनीतिको मस्यौदा तयार

आर्थिक कूटनीतिको मस्यौदा तयार

२०७६, ७ जेष्ठ मंगलवार ०७:५४

पर्यटन विकास अब प्याकेजमै

पर्यटन विकास अब प्याकेजमै

२०७६, ७ जेष्ठ मंगलवार २१:१४

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

राज्य सञ्चालनमा असल नियत-एउटा पक्ष मात्रै रहेछ

२०७६, ७ जेष्ठ मंगलवार १८:२०

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

शिलु भट्टराईले गाइन् पहिलो पटक भजन गीत (भिडियोसहित)

२०७६, ८ जेष्ठ बुधबार ०९:३१

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

बालकको मृत्यु भएपछि अस्पतालमा तोडफोड

२०७६, ७ जेष्ठ मंगलवार १७:४०

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

एचआईभी संक्रमितद्वारा पहिलोपटक सगरमाथा आरोहण

२०७६, ८ जेष्ठ बुधबार १७:०६

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

स्कूल बसमा क्षमताभन्दा बढी विद्यार्थी नबोक्न ट्राफिकको आग्रह

२०७६, ७ जेष्ठ मंगलवार १९:४८

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

नौ जनाको हत्या गरेर मानबहादुरले कसरी आत्महत्या गरे ?

२०७६, ८ जेष्ठ बुधबार ०६:३१

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

ट्रक र मोटरसाईकल ठोक्किदा एकजनाको मृत्यु

२०७६, ७ जेष्ठ मंगलवार २२:१६

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

बालिकालाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने होटल सञ्चालक पक्राउ

२०७६, ८ जेष्ठ बुधबार १८:५६