वीरगंज – एभिन्युज टेलिभिजनको वीरगंजस्थित ब्यूराे कार्यालयमा तोडफोड भएको छ। मुखमा पट्टि बाँधेका केही व्यक्तिहरुको समूहले वीरगंज श्रीपुरस्थित कार्यालयमा तोडफोड गरेको हो। ‘भित्र छिर्ने ढोकाको सिसा फुटाइदिएका थिए,’ जिल्ला प्रहरी कार्यालय पर्साका एसीपी रेवती ढकालले नेपाली पब्लिकसँग भने, ‘भित्र भने छिरेका रहेनछन्।’ घटनाबारे थप अनुसन्धान र आक्रमणकारीहरुको खोजी भरहेको उनले बताए।

एभिन्युज टेलिभिजनका केन्द्रीय ब्यूराे प्रमुख राजु श्रेष्ठले भने घटनाको कडा निन्दा गरेका छन्। घटनाबारे नेपाली पब्लिकसँग कुरा गर्दै उनले समाजवादी पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेको दावी गरेका छन्। ‘सुशील पाण्डेले चलाएको  ‘सकस राजनीति’ कार्यक्रममा चित्त नबुझेर उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव माइक फ्याँकेर निस्केका थिए,’ श्रेष्ठले भने, ‘त्यही विरोधमा मेरो हैसियत यो हो भनेर देखाएका हुन्।’ उनले तत्काल आक्रमणकारीको खोजी गरेर कारवाही गरिनुपर्ने बताए।

समाजवादी पार्टी नेपाल पर्साका एक नेताले आफ्ना केही आक्राेशित कार्यकर्ताहरूले ताेडफोड गरेकाे हुनसक्ने बताए। राष्ट्रियस्तरकाे सञ्चारमाध्यमबाट आफ्नाे नेतामाथि दुर्व्यवहार हुँदा कार्यकर्ता आक्रोशित हुनु स्वभाविक नै हाे। उनले भने, ‘यही आक्रोशमा घटना भएको हुनसक्छ। यस विषयमा पार्टीले पनि जानकारी  लिने काम गरिरहेकाे छ।’

यस्तै, सो कार्यक्रमका सञ्चालक सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ। आफूलाई समाजवादी पार्टी नेपालका कार्यकर्ता भन्दै ९८५१००५१८० नम्बरबाट ज्यान मार्ने धम्की आएको एभिन्यूज खबरले बताएकाे छ।

 

लोकप्रिय

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

विद्यालयको निर्माणाधीन भवनमा आगजनी (फोटोफिचर)

२०७६, ४ श्रावण शनिबार १८:०५

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

बहिरा कलाकार सुजल बमको ‘झिमझिम परेली’ गीत सार्वजनिक

२०७६, ३ श्रावण शुक्रबार १९:३९

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

जंगली च्याउ खाँदा उदयपुरमा १२ जना सिकिस्त

२०७६, ५ श्रावण आईतवार १९:०४

नेकपा विप्लवको भूमिगत सञ्जाल

नेकपा विप्लवको भूमिगत सञ्जाल

२०७६, ५ श्रावण आईतवार ०७:२१

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

गर्भपतन गराउँदा किशोरीको मृत्यु, प्रेमी पक्राउ

२०७६, ४ श्रावण शनिबार १७:२७

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

‘विद्युत् प्राधिकरणले सूचना लुकाएर अपराध गरेको छ’

२०७६, ३ श्रावण शुक्रबार १९:२०

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

बागलुङकाे मनाङडाँडामा जिपले किच्दा बालकको मृत्यु 

२०७६, ५ श्रावण आईतवार १२:१३

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

करेसाबारी : स्वस्थ र सम्मुन्नत जीवनको तयारी

२०७६, ३ श्रावण शुक्रबार १६:४२

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

जुम्लामा वडाध्यक्ष कुटिए, प्रहरी लखेटिए

२०७६, ३ श्रावण शुक्रबार १२:०८

‘नीला गोलार्द्ध ’ लोकार्पण

‘नीला गोलार्द्ध ’ लोकार्पण

२०७६, ४ श्रावण शनिबार १६:१९

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

सुदूरपश्चिममा पनि ढुवानी सेवा ठप्प

२०७६, ३ श्रावण शुक्रबार १९:२५

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

डाइभर्सन बग्यो, मालवहाक गाडी ठप्प

२०७६, ५ श्रावण आईतवार १२:४२

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

किन डुबानमा पर्‍यो वीरगञ्ज ?

२०७६, ३ श्रावण शुक्रबार ०८:४७

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ओम अस्पतालबीच सम्झौता

२०७६, ३ श्रावण शुक्रबार १३:५०

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

नेकपा विप्लवका नेता माइला लामा पक्राउ

२०७६, ५ श्रावण आईतवार ०६:३८