काठमाडौं – ठूला र पूर्वाधार लगानीका क्षेत्रमा मात्रै लगानी गर्ने उद्देश्यले स्थापना भएको नेपाल इन्फास्ट्रक्चर बैंकले साढे ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ। स्थापना भएको एक महिनामै अर्थात् गत फागुन २२ गतेदेखि औपचारिक कारोबार शुरू गरेको उक्त बैंकले चैत मसान्तसम्ममा ४९ करोड ६७ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको रिपोर्ट सार्वजनिक गरेको हो।

चुक्तापूँजी १२ अर्ब रहेको बैंकले सो अवधिमा चुक्तापूँजीबापत उठाएको रकमको लगानीबापत २८ करोड ४५ लाख ३५ हजार रुपैयाँ ब्याज आम्दानी गरेको रिपोर्टमा उल्लेख छ। बैंकले सो ब्याज रकममध्ये १० करोड २१ लाख ६ हजार कर्मचारी खर्च र १ करोड २७ लाख ३३ हजार ब्याज खर्च र करखर्च गरी उक्त परिमाणमा खुद नाफा कमाएको हो।

उक्त बैंक औपचारिक रूपमा सञ्चालनमा आए पनि हालसम्म जनताबाट कुनै निक्षेप संकलन भने गरेको छैन र कर्जा लगानी पनि गरेको छैन। बैंकले जनताबाट निक्षेप उठाउन त पाउँछ तर कर्जा लगानी भने आफ्नै निक्षेप धितोमा राखेको अवस्थामा बाहेक सर्वसाधारण जनता वा व्यावसायिक फर्महरूमा गर्न पाउँदैन।

हाल बैंकले गरेको ब्याज आम्दानी बैंक तथा वित्तीय संस्थाहरूलाई दिएको सापट वा सरकारी ऋणपत्रमा गरेको लगानीको प्रतिफल हो। हाल इन्फास्ट्रक्चर बैंकले आफ्नै बैंकभित्र भौतिक तथा मानवीय पूर्वाधार निर्माण गर्दै छ भने लगानीसम्बन्धी योजना निर्माण गरिरहेको छ। नयाँ आर्थिक वर्षसँगै बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न शुरू गर्ने सम्भावना रहेको बैंक स्रोतले जनाएको छ।

बैंकले कमाएको साढे ४९ करोड रुपैयाँ नाफा भने एक महिना अवधिको मात्रै नभएर प्रोमोटरहरूको चुक्तापूँजी भुक्तानी भएको दिनदेखिको भएको समेत बताइएको छ।

लोकप्रिय

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत प्रस्थान

२०७६, ६ भाद्र शुक्रबार १५:५४

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

अदालतमा अस्मिताले दिइन् बयान, रवी र युवराजको बयान भएन

२०७६, ८ भाद्र आईतवार १८:१५

नयाँ बरियतामा नेपाल एक स्थान तल

नयाँ बरियतामा नेपाल एक स्थान तल

२०७६, ६ भाद्र शुक्रबार १५:२५

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

किन मागे पाकिस्तानी बिदेशमन्त्रीले नेपालसँग सहयोग?

२०७६, ६ भाद्र शुक्रबार १३:५६

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

मेसी र सुआरेजविना मैदान उँत्रदै बार्सिलोना

२०७६, ८ भाद्र आईतवार १५:१३

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

संसदीय समितिद्वारा चाबहिल–साँखु सडकको अनुगमन

२०७६, ६ भाद्र शुक्रबार १६:३२

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकको मृत्यु

२०७६, ८ भाद्र आईतवार ११:३९

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

रवी लामिछानेको पक्राउले उब्जाएका प्रश्नहरु

२०७६, ८ भाद्र आईतवार १७:५५

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

नेपालमा यसरी खोल्न पाइन्छ हतियार कारखाना !

२०७६, ६ भाद्र शुक्रबार १४:३७

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

अभद्र व्यवहार गरेको भन्दै विमानबाट ओरालिए एनआरएनका अध्यक्ष भवन भट्ट

२०७६, ८ भाद्र आईतवार १३:२७

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

‘नेपाली अभिनेत्रीको ठूलो चाहाना’

२०७६, ६ भाद्र शुक्रबार १८:०६

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२ हजार दरका ९५ थान नक्कली भारुसहित दुई पक्राउ

२०७६, ६ भाद्र शुक्रबार १७:५८

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

प्रिज्मा र प्रिन्सीको म्युजिक भिडियो सार्वजनिक

२०७६, ८ भाद्र आईतवार १५:३५

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

नेपालगञ्जमा प्लास्टिकको प्रयोग निषेध गरिने

२०७६, ६ भाद्र शुक्रबार १३:१३

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

इंग्लिस प्रिमियर लिगमा आज तीन खेल हुँदै

२०७६, ८ भाद्र आईतवार १६:४३